भर्खरै :

संरक्षणको लागि आवाज खोज्दै गरेको एक ऐतिहासिक बस्ती ः पशुपति

  • आश्विन १२, २०७७
  • इन्द्रमान महर्जन
  • विचार

इतिहासको आफ्नै महत्व र ऐतिहासिकता हुन्छ । संरक्षण र आवश्यकताको हिसाबले धेरैभन्दा धेरै बस्ती सङ्कटपूर्ण अवस्थामा पुगिसकेको छ । हिजोको दिनमा ऐतिहासिक र सांस्कृतिक महत्व र आवश्यकता बोकेर विकसित भइरहेका र भइसकेका मानव बस्ती आज एकाएक हराउन लाग्दा संरक्षणको लागि आवाज उठाउने कसले ? यस्तै यस्तै समस्या बोकेर उभिएको एउटा बस्ती हो राजधानीको लिच्छवीकालीन महत्व बोकेको जयबागेश्वरीस्थित पशुपतिको प्राचीन नेवार बस्ती ग्वलः । ग्वलःदेय् अर्थात् ग्वलः बस्ती । यहाँ नेवार मूल समुदायको बसोबास छ । जसलाई नौ ग्रहको समिश्रण पनि भन्ने गरिन्छ । भनाइ जेजस्तो भए पनि यसको महत्व कम छैन ।
हिजोसम्म यसको महत्व र ब्याख्या गर्दै गर्दा यसको संरक्षण र आवश्यकताले कहिल्यै प्रश्रय पाएन । बस्तीलाई महत्वहीन बनाउँदा यसले दिने प्रतिफल नकारात्मक नै हुने गर्छ । यसले सभ्यतालाई नास गराउँछ । परिकल्पनाले मात्र सबथोक बन्ने हो भने यसले दिने परिणाम सधैँ नकारात्मक हुने गर्छ । यसको महत्वबारे ब्याख्या एउटा सिङ्गो बस्ती र समुदायले गरिरहेका हुन्छन् । जसको महत्वलाई तपाईँ–हामीले बुझ्नु आवश्यक देखिन्छ ।
स्थानीय निकायअन्तर्गत रहेका हरएक सम्पदा स्थानीयकै अधिकार कमी हुँदै गर्दा सङ्कटमा पर्दै गएको छ । विगत लामो समयदेखि ऐतिहासिक महत्वको वस्तु संरक्षण गर्ने उद्देश्यले खोलिएको पशुपति क्षेत्र विकासले पछिल्लो समयमा गर्दै आएको कार्यले के उक्त क्षेत्रको संरक्षण गर्ला ? यो सोचनीय विषय छ । जसले सृष्टिको रचना गरे उसैको बस्तीमाथि आक्रमण गर्नु के लाजमर्दो विषय होइन ? भन्ने गरिन्छ, अरू ठाउँमा गरेको पापको पशुपतिमा आएर पखालिन्छ  । तर पशुपतिको नाममा पाप गरे मुक्ति पाउन असम्भव छ । आजसम्म जसले पशुपतिलाई गलत दृष्टिकोण लगाए उसको मुक्ति न हिजो भयो न आज ।
काठमाडौँको इतिहासलाई पल्टाउँदा ग्वलः अर्थात् जयबागेश्वरी नेवार बस्तीको नाम नजोडिकन पूरा हुँदैन । हरेकको महत्व आफ्नो क्षेत्रमा आफ्नै तरिकाले हुने गर्छ जुन कुरा हामीले बुझ्नु आवश्यक छ । नेपालको ऐतिहासिकतामाथि रहेर चित्रण गर्नुपर्दा ग्वलः अर्थात् पशुपति क्षेत्रको इतिहास बुझ्नु अति आवश्यक छ । आज आएर गुरूयोजनाको नाममा पशुपतिको इतिहासलाई एउटा कुनामा थुपार्दा के भविष्यले साँच्चिकै पशुपति देख्न पाउँछ ? हरेकपल्ट नेपाल पर्यटन बोर्डले पशुपतिको जात्रा पर्वका तस्बीर खिचेर आफ्नो ख्याति कमाउँदै छ । विश्व सम्पदा क्षेत्रमा समेत यसको नाम उल्लेख छ । नेपालका हरेक जीवन्त सम्पदाले आफ्नो छुट्टै पहिचान र ऐतिहासिकता बोकेको छ । यसको महत्वबारे जति ब्याख्या गरे पनि कम हुन्छ । पछिल्लो समयमा पशुपति आसपासका सम्पदा के–कति कारणले संरक्षण हुनसकेन ? संरक्षणका लागि के कति कदम चालिए ? यसको लेखाजोखा हुनैपर्छ । हिजो संरक्षणको नाममा
बाँकी पृष्ठ ६ मा
संरक्षणको…
खोलिएको संस्थाको लेखाजोखा पनि हुनैपर्छ । यसको कदम तत्काल चालिनु आवश्यक देखिन्छ । पछि गएर विश्व सम्पदाको नाममा अस्तित्वसमेत नहुने गरी संयुक्त राष्ट्र सङ्घले कदम चाले कसले बोलिदिने ? नेपालको हरसमुदायको इस्ट देवताको रूपमा पुजिने पशुपतिनाथलाई संरक्षणको तत्काल आवश्यकता देखिन्छ र गुरूयोजनाको नाममा ऐतिहासिक बस्ती पशुपति क्षेत्र विकास कोषले जुन कदम चालेको छ त्यो तत्कालै बन्द गरिनुपर्छ । संरक्षणका कार्य थालनी गरी महत्व र ऐतिहासिकता झल्काउने खालको कदम तत्काल चाल्न आवश्यक देखिन्छ ।
के सडक संरचना र भौतिक निर्माणमात्रै विकास हो ? के संरक्षण नभएका बेवारिसे फालिनुमात्र विकास हो ? के संरक्षणका नाममा तत्काल आवश्यक कदम चाल्न नसक्नु विकास हो ? के हो त विकास ? कता आवश्यक छ विकास ? संरक्षण केलाई भनिन्छ ? यी र यस्ता प्रश्नको उत्तर खोज्न आवश्यक छ । हरेक क्षेत्रको महत्वलाई कम स्थान नदिइयोस् भन्ने यस लेखको मुख्य आशय हो । विगत लामो समयदेखि खतराको चपेटामा पर्दै आइरहेको यस प्राचीन नेवाः बस्ती ग्वलः अर्थात् प्राचीन जयबागेश्वरीको संरक्षणको लागि स्थानीय तह, प्रदेश सरकार, विभिन्न सङ्घ–संस्था र धार्मिक सङ्गठनले आज बोल्नैपर्छ र पशुपति क्षेत्र विकास कोषको कार्यनीतिबारे सबैले बोल्नैपर्छ । नत्र संस्थाको औचित्य के ? नेपालको पहिचान छोडेर विभिन्न योजना गुरूयोजनाको नाममा त्यसको इतिवृत्ति नै समाप्त पार्दै गर्दा संरक्षण संवद्र्धनको नाममा जे–जति कार्य भइरहेका छन् त्यसको लेखाजोखा गर्नुपर्छ । यसको आवश्यक कामकारबाही चाले केही हुने देखिन्छ । यसको महत्व पछि गएर संसारले चिनेको भन्दा महत्वपूर्ण हुने देखिन्छ । बस्तीको विकास गर्न केही न केही स्थानीयले योगदान दिए पछि पनि नदेला भन्न सकिन्न । आवश्यक कदम चालेर यसको संरक्षण र संवद्र्धनको लागि अघि बढ्न सके, यसबारे बुझाउन सके सुनमा सुगन्ध हुने देखिन्छ । यसको महत्व, ऐतिहासिकताबारे हरेक समुदायलाई बुझाउँदै यसको संरक्षणको लागि आवश्यक कदम चालेर समुदायस्तरमा चनचेतना फैलाउनु हतार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *