भर्खरै :

अपराध नियन्त्रण गर्न कडा कानुन आवश्यक

भोक, रोग, शोक र आपराधिक क्रियाकलापको कारण कुनै पनि नेपाली मर्ने छैनन्, मर्नु पर्दैन भन्ने प्रधानमन्त्री केपी ओलीको ‘महावाणी’ लोकाचारको निम्ति भनिएको घटनाक्रमले देखाएको छ । बेपत्ता पार्ने, बेश्यालय पु¥याउने, मिर्गौला बेच्ने, बलात्कार गर्ने र एसिड प्रहार गर्ने घटना बारम्बार दोहोरिरहेका छन् । यी घटनाका कारण न सरकारले खोजेको छ न त उचित कारबाहीको निम्ति कदम नै चालेको छ । के सरकार र प्रशासनको दायित्व बलात्कार गर्ने, बेपत्ता पार्ने, बेश्यालय पु¥याउने र मानवका अङ्ग प्रत्यङ्ग बिक्री वितरण गरिरहेको सूचीमात्रै तयार गर्ने हो, तथ्य तथ्याङ्कमात्र सङ्कलन गर्ने हो ? आर्थिक वर्ष ०७६÷०७७ मा २४४९ वटा बलात्कृतसम्बन्धी घटना घटेको जानकारी प्रकाशमा आएको छ । यी घटना त प्रहरी प्रशासन या सार्वजनिक भएका घटनामात्र हुन् । अन्य त्यस्तै बलात्कृतका घटना कहाँ कति छन् न प्रहरीले लेखाजोखा ग¥यो न त सरकारले पहल ग¥यो ।
सरकारले अपराधीलाई उचित सजाय गर्ने व्यवस्था नगरेसम्म यस्ता आपराधिक घटनाहरू दोहोरिरहनेछन् । आपराधिक घटनाहरू नियन्त्रण गर्न या अन्त्य गर्न कडा सजायको आवश्यकता छ । एसिड आक्रमण गरेपछि मात्र सरकारले एसिड प्रहार गर्ने अपराधीलाई कारबाहीको प्रक्रिया अघि बढाउने होइन । त्यसरी नै बेपत्ता पार्ने काम भइरहेको छ, महिला बेचबिखन कार्य भइरहेको छ, अङ् प्रत्यङ्ग (मिर्गौला) बेच्ने काम भइरहेको छ । तर, तिनीहरूमाथि उचित कारबाही भइरहेको छैन । अपराधीलाई निरुत्साहित गर्नैपर्छ । मान्छे मार्ने, बेपत्ता पारेर हत्या गर्ने, बलात्कार गरेर हत्या गर्ने, बेश्यालय पु¥याउने अपराधीहरूलाई १०÷२० वर्ष जेलमा कोचेर अपराध नियन्त्रण हुँदैन, अपराधीहरू निरुत्साहित हुँदैनन् । मान्छे मार्दा, बलात्कार गर्दाको कारबाही १०÷२० वर्षको जेल होइन, मृत्युदण्ड नै दिइनुपर्छ ।
सरकारले एसिड प्रहार गर्नेलाई केसअनुसार बढीमा २० वर्षसम्म जेल राख्ने व्यवस्था ग¥यो । तर, बलात्कार गरेका, बलात्कार गरेर हत्या गरेका, बेश्यालय पु¥याएका, अङ्ग प्रत्यङ्ग बेचबिखन गरेका अपराधीहरूलाई थप कडा सजायको व्यवस्था गरिएको छैन । कसैले मारेपछि, मारेसरह दुव्र्यवहार या अपराध गरेपछि सर्वश्वसहित मृत्युदण्डको व्यवस्था गर्नुपर्छ । अरू मुलुकमा भ्रष्टाचार गर्दा, अनियमित गर्दा, कुटपिट गर्दासमेत मृत्युदण्डको व्यवस्था गरिएको छ । अतः बलात्कार गर्ने, बेपत्ता पार्ने, बेश्चालय पु¥याउने, हत्या गर्ने, अङ्ग बेचबिखन गर्नेमाथि मृत्युदण्डसम्मको सजाय आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *