क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
नयाँदिल्ली, १५ असोज । सामूहिक बलात्कारमा परेकी उत्तर प्रदेशको हाथरस जिल्लाकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ । परिवारका सदस्यका अनुसार २० वर्षीया उनी जिब्रो काटिएको र कम्मरको हाड भाँचिएर बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उनको मङ्गलबार राती दिल्लीको सफदरजङ्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । पीडितलाई सोमबार अलीगढ मुस्लिम युनिभर्सिटी मेडिकल कलेजबाट सफदरजङ्ग अस्पताल ल्याइएको थियो । पछिल्लो दुई हप्तादेखि उनी मृत्युसँग लडिरहेकी थिइन् ।
हाथरस पुलिसले घटनाका चारै जना अभियुक्तलाई गिरफ्तार गरेर हिरासतमा लिएको बताइएको छ ।
१४ सेप्टेम्बरमा आमा र भाइसँग खेतमा घाँस काट्न गएका बेला उनको चार जनाले सामूहिक बलात्कार गरेको परिवारका सदस्यले बताएका छन् । पीडितका भाइले भनेका छन्, ‘दिदी, आमा र दाइ घाँस काट्न गएका थिए । भाइ घाँस लिएर पहिल्यै घर फर्कियो । आमा अगाडि घाँस काटिरहेकी थिइन्, दिदी अलि पछाडि थिइन् । दिदीलाई तानेर उनीहरूले बलात्कार गरे । बेहोस अवस्था आमाले फेला पारिन् ।’ बलात्कारीले उनीमाथि निर्मम कुटपिट गरेका थिए । म¥यो भनेर छोडेर गएका थिए ।
पीडित युवतीलाई बेहोस अवस्थामा सुरुमा स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो । त्यहाँबाट अलीगढ मेडिकल कलेजमा रेफर गरियो । मेडिकल कलेजमा १३ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरियो । सोमबार थप उपचारका लागि सफदरजङ्ग अस्पताल लगियो । जहाँ उनले अन्तिम श्वास लिइन् ।
पीडितका भाइले भनेका छन्, “दिदीको जिब्रो काटिएको थियो । कम्मरको हड्डी भाँचिएको थियो । शरीरको एक भाग काम गरिरहेको थिएन । बोल्न सकिरहेकी थिइन् । कुनै प्रकारको इशारामात्र गरिरहेकी थिइन् ।”
सामूहिक बलात्कारको आरोप गाउँको उच्च जातिका चार जनामाथि लागेको छ । प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी दमन :
भारतको उत्तरप्रदेश राज्यको बुलगार्थी गाउँका चारजनाको सामूहिक बलात्कारको शिकार १९ वर्षीया महिलाको शव भारतीय प्रहरीले जबरजस्ती गाडिएपछि बिहीबार नयाँदिल्लीमा भएको प्रदर्शनमा सहभागीलाई पक्राउ गर्दै भारतीय प्रहरी । तस्विर ः एएफपी
Leave a Reply