क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना सङ्क्रमणका कारण अस्पतालमा भर्ना भएका छन् । उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या भएको स्वास्थ्य स्रोतले जनाएको छ । कोरोनाले सङ्क्रमित भएको २४ घण्टा बित्न नपाउँदै उनलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको हो । यसअघि चिकित्सकहरूले उनको स्वास्थ्यमा खतरा हुनसक्ने बताएका थिए । बढी वर्ष र बढी तौलको कारण उनको स्वास्थ्यमा थप असर पर्नसक्ने चिकित्सकहरूको भनाइ सार्वजनिक भएको थियो ।
कोरोना रोग रुघाखोकीमात्र हो, समय बदलेसँगै रोग भाग्छ भनी भाइरस रोगलाई बेवास्ता गर्ने राष्ट्रपति ट्रम्पलाई नै रोगले च्यापेपछि उनी देशवासीसामु मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा नै शिर निहु¥याउन बाध्य भए । संसारकै शक्तिशाली नायक ट्रम्पलाई कोरोना रोग लागेको कारण अब त उनी चेतेका होलान् भनी अमेरिकी जनता सावधानी अपनाउँदै छन् । कोरोनाको कारण संसारकै सबभन्दा बढी आफ्नो देशमा मृत्यु भए पनि उनले त्यस रोगलाई हलुका ढङ्गले लिए । अझ उनी राष्ट्रपतिका हालका उम्मेदवार बाइडेन राष्ट्रपति भएका भए २० लाख मानिस मर्थे भनी एउटा गल्ती छोप्न अर्काे गल्ती गर्न पुगे । राष्ट्रपति ट्रम्पको लापरबाहीकै कारण अमेरिकामा सबभन्दा बढी कोरोना सङ्क्रमित भए र सङ्क्रमणको कारण निधन भए ।
विश्व स्वास्थ्य सङ्गठनको मूल्य र मान्यताको उल्लङ्घन गर्ने, कोरोना भाइरसप्रति बेवास्ता गर्ने, भाइरस नियन्त्रण गर्ने कामबाट हात झिक्ने एक नम्बरका नायक हुन् – ट्रम्प । मास्क लगाएपछि आफ्नो इज्जत जाने, आफ्नो प्रतिष्ठामा चोट पुग्ने सम्झेर उनले झन्डै मास्कको बहिष्कार नै गरे । अस्पताल निरीक्षणको क्रममा एकपटक एकक्षण मास्क लगाएका राष्ट्रपति ट्रम्प मास्क लगाउनु मुकुण्डो लगाउनु जस्तै ठाने । आफूले मास्क नलगाउनु अन्यथा होइन तर देशवासीलाई मास्क नलगाउन पनि उनले अपिल गरे । अहिले उनी कोरोनाबाट पीडित छन् । विभिन्न देशका राष्ट्र प्रमुखहरूले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । नेपालका प्रम ओलीले पनि उनको स्वास्थ्यलाभको कामना गरे । संसारकै सबभन्दा झूटको राजनीति गर्ने राष्ट्र प्रमुखमा ट्रम्प नै अगाडि छन् । शक्तिको राजनीति गर्ने ट्रम्प झूट राजनीतिकै कारण पतन हुनेमा शङ्का छैन ।–
Leave a Reply