भर्खरै :

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना अस्पतालबाटै काम गर्ने योजना

वासिङ्टन, १७ असोज (एपी) । कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका हुन् ।
ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीले जानकारी दिएका छन् ।
उनलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपाय अपनाइएको छ । उनका विभिन्न औषधि मिश्रित खोप दिइएको चिकित्सकले जनाएका छन् ।
उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको आठ ग्राम खुवाएको हो । उक्त औषधि शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाइ छ ।
राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उन मास्क लगाएको अवस्थामा देखिएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् ।
अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आपूmले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताए ।
अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेको बेलामा उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित भएका हुन् ।
उनी अहिले ७४ वर्षका हुन् । यो उमेर समूह कोरोना सङ्क्रमितको लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।
विश्वमै सबैभन्दा धेरै मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *