क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
कठमाडौँ, १९ असोज (वासिङ्गटन) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सक डा. सीन कोन्लीले राष्ट्रपतिलाई अक्सिजन दिइएको स्वीकार गरेका छन् । तर, अघिल्लो दिनसम्म उनले यो कुरा पुष्टि गर्ने मानेका थिएनन् ।
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वाशिङ्टनस्थित द वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरमा ट्रम्प भर्ना भएका छन् ।
यसअघि अमेरिकी सञ्चारमाध्यमले ट्रम्पलाई कोरोना भाइरस सङ्क्रमण भएको पहिल्यै थाहा भइसकेको जनाएका थिए ।
तर बिहीबार फोक्स न्यूज च्यानलमा देखा पर्दा पनि ट्रम्पले त्यसबारे केही खुलाएका थिएनन् ।
सङ्क्रमणको जोखिमलाई लिएर कतिपयले त्यसको आलोचना गरे । तर, पदासीन राष्ट्रपतिको स्वास्थ्य स्थितिबारे विरोधाभासपूर्ण जानकारी दिने ट्रम्प प्रशासन पहिलो भने होइन ।
अमेरिकी राष्ट्रपतिहरूले आफ्नो स्वास्थ्य समस्यालाई लुकाउने इतिहास लामै रहेको छ ।
सन् १८१३ मा राष्ट्रपति जेम्स म्याडिसनको प्रशासनले कङ्ग्रेसका सदस्यहरूलाई भेट्न उनी असमर्थ रहेको जानकारी गरायो ।
तर, आन्द्रासम्बन्धी समस्या र ज्वरो आएर एक महिनादेखि उनलाई बिसन्चो भएको विषयमा प्रशासनले केही पनि बताएन ।
उनी यतिसम्म बिरामी भए कि आफूकहाँ ल्याइने गरिएका कङ्ग्रेसका दस्तावेजहरू पनि उनी पढ्न नसक्ने भए ।
सन् १८९३ मा राष्ट्रपति ग्रोभर क्लेभल्यान्डले मुखको क्यान्सरको उपचार गराए । तर उनले आफू बिरामी भएको र शल्यक्रिया गराउनुपरेको कुरा बाहिर नजाओस् भन्ने चाहे ।
अस्पतालबाट सूचना चुहिन सक्ने आशङ्कामा राष्ट्रपति क्लेभल्यान्डले आफ्ना साथीको एउटा पानीजहाजमै चिकित्सकहरूबाट शल्यक्रिया गराए ।
चर्चित घटना
सबैभन्दा चर्चित घटना सम्भवतः राष्ट्रपति फ्र्याङ्किलन डी. रूजवेल्टको हुनुपर्छ ।
सन् १९३३ देखि १९४५ सम्म राष्ट्रपति रहेका रूजवेल्ट ‘लेग ब्रेसेज’ बिना हिँड्न सक्दैनथे ।
तर ह्वाइट हाउसले राष्ट्रपतिको स्वास्थ्यमा पक्षाघातको असर परेको कुरा जनताबाट सधैँ लुकाउने प्रयत्न गरिरह्यो ।
अनि, अमेरिकाका सबैभन्दा कान्छो राष्ट्रपतिको स्वास्थ्यमा समस्या रहेको कुरा बाहिर आउन कैयौँ वर्ष लाग्यो । उनी ‘एड्रिनल डिस्अर्डर’ बाट पीडित थिए ।
ती स्वास्थ्य समस्याहरू वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो सङ्क्रामक रोगसँग सम्बन्धित थिएनन् ।
आउँदो नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग ट्रम्पको प्रतिस्पर्धा हुनेछ । शनिबार राष्ट्रपति ट्रम्पले आफू चुनावी प्रचारप्रसार अभियानमा फर्किन चाहेको बताएका थिए ।
Leave a Reply