भर्खरै :

शिक्षामा अराजकता किन ?

यति बेला कोरोना कहरका कारण देशैेभरका शिक्षण संस्थाहरू लगभग बन्द अवस्थामा छन् । कोरोना सङ्क्रमणबाट जोगिन र जोगाउन प्रायःजसो विद्यालय कलेजले वैकल्पिक शिक्षणका लागि अनलाइन कक्षा सञ्चालन गर्देैै आइरहेका छन् । यसो हुँदा एक आपसमा भौतिक दुरी कायम गरी निर्धारित पाठ्यक्रम तोकिएको समयमा पूरा गर्न सहजीकरण भएको छ । त्यतिमात्र नभई प्रविधिको उचित प्रयोगले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अतुतरूपमा जोड्न सक्षम भएको छ । वास्तवमा अनलाइन कक्षा त्यति प्रभावकारी नदेखिए पनि अहिलेकोे परिस्थतिमा यसैमार्फत अघि बढ्नुपर्ने बाध्यता छ । विद्यालय, कलेज अनि विश्वविद्यालयसम्मै अध्ययनरत विद्यार्थीहरूलाई अनलाइनबाट अध्यापन गराउँदै परीक्षा लिने तयारी थालिंँदै आएको छ । पछिल्लो समय जुम एप्स माइक्रोसफ्ट टीम, गुगल क्लासरूमलगायतका विभिन्न एप्समार्फत अनलाइन कक्षाका अलावा शैक्षिक, आर्थिक, राजनीतिक, धार्मिक विषयहरूबारे सेमिनार, गोष्ठी तथा बैठकहरूसमेत सञ्चालन हुनु सम्बन्धित सबैको लागि खुसीको कुरा हो । कुनै पनि खालको विषम परिस्थितिमा पनि शिक्षण क्रियाकलाप रोक्न मिल्दैन चाहे युद्धकोे बेला नै किन नहोस् । किनकि, शिक्षाजस्तो महत्वपूर्ण क्षेत्र ठप्प भएमा लाखौँ–करोडौँको भविष्य अन्धकार हुने सम्भावनालाई नकार्न सकिन्न । यद्यपि, समयमै परीक्षा हुन नसक्दा हजारौँ लाखौँ विद्यार्थी र तिनका अभिभावकहरू चिन्तित देखिएका छन् । लामो समय यस्तै स्थिति रहे बेरोजगार तथा मानसिक रोगीहरूको सङ्ख्या वृद्धि भई भयावह परिस्थितिको सामना गर्नुपर्ने विज्ञहरूको भनाइ मनासिब छ । जसको कारण समाजमा थप अपराध र हिंंसाजन्य गतिविधि बढ्न सक्छ । यस्तो सङ्कटबाट जोगिन केन्द्र सरकार, प्रादेशिक सरकार, स्थानीय तहलगाायत सबै नागरिकहरूले गम्भीरतापूर्वक आक्षनो दायित्व पूरा गर्नुुपर्ने खाँचो तड्कारो छ ।
शिक्षा क्षेत्रमा दत्तचित्त भई काम गर्ने र समाजलाई उचित मार्गदर्शन गर्ने शिक्षक, प्राध्यापकहरूले पनि निःस्वार्थ र लगनशील भइ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दछ । तर, आफ्नो जिम्मेवारी पूरा गर्दै आएका कतिपय शिक्षक÷प्राध्यापकहरू समेत असुरक्षित देखिन्छन् । महिनाँैदेखि तलब–सुविधा हातमा थाप्न नपाइकन पनि वर्षौँदेखि अध्यापन कार्य गर्दै आइरहेका शिक्षक÷प्राध्यापकहरूले शोषण र अन्याय भोग्नुपर्ने स्थिति कायम नै छ । सरकारी होेस् वा निजी स्कूल, कलेज अथवा विश्वविद्यालय सबैतिर उस्तै विभेद हुने भएकोले शिक्षण पेशा नै अस्थिर बन्न पुगेको अनुभव गरिंँदै छ । आखिर किन र कहिलेसम्म शिक्षामा अराजकता हुने हो ? अर्कोतर्फ शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा हुने राजनीतिक भागबन्डा र नियुक्तिले शैक्षिक वातावरण बिथोलिँदै आएको अनुभूति सबैले गरेका छन् । हालैमात्र विश्वविद्यालका एक जना उपप्राध्यापकलाई निर्घात कुटपिट गरी घाइते बनाइएको दुःखद खबर सुन्दा जोसुकै शिक्षक प्राध्यापक स्तब्ध हुनु स्वाभाविक हो । आफ्नैै गुरूको हात खुट्टा भाँच्ने विद्यार्थीहरूले जीवनमा कदापि कहिल्यै कसैलाई न्याय दिनसक्ने छैनन् । यसको ठीकविपरीत गुरूदक्षिणाको कुपरम्परा स्थापित गर्न खोज्ने ती विद्यार्थी र तिनलाई पृष्ठपोेषण गर्ने जिम्मेवार विद्यार्थी सङ्गठनहरूलार्ई लज्जाबोध हुनुपर्दछ । आफ्नै शिक्षकमाथि हात हाल्ने दुःसाहस गर्नेले आफ्नै मातापितालाई पिट्न बेर लाउँदैन । यस्ता विद्यार्थीहरूबाट देश समाजले के आशा गर्ने ? यस घटनाले केबल एक गुरूको अपमानमात्र नभई देशको शिक्षा क्षेत्रमा सरकारको उदासिनता राजनीतिक दल र नेताहरूकै पिछलग्गू विद्यार्थी सङ्गठनहरूको गैरजिम्मेदारीलाई प्रतिनिधित्व गर्दछ । जस्तो उच्च शिक्षाको केन्द्र मानिने विश्वविद्यालयमा घटित उक्त घटनाबाट यहाँ कस्तो खालको जनशक्ति उत्पादन गर्न खोजिंदै छ थाहा हुन्छ । विधि र प्रणालीअन्तर्गत सञ्चालन हुननसक्दा विश्वविद्यालय शैक्षिक नभएर युद्ध मैदानमा परिणत भएको दृश्यले पक्कै पनि शिक्षाक्षेत्रको वास्तविकतालार्ई उजागर गर्दछ । विश्वविद्यालयजस्तो प्रााज्ञिक उन्नयनको थलोमा राजनीतिक नियुक्ति र हस्तक्षेप नरोकिएसम्म प्राध्यापक अपमानित हुने शृङ्खला रोेकिने छैैन ।
विगत र वर्तमानका यी घटना शिक्षा क्षेत्र पनि माफियाहरूको चङ्गुलबाट अछुतो छैन भन्ने स्पष्ट गर्दछ । देश समाजभन्दा पनि व्यक्तिवादी विचार र प्रवृत्ति दोषी छ । अन्तर्राष्ट्रिय जगतमा प्राध्यापकहरू उच्च सम्मानित हुन्छन् जबकि हामीकहाँ विना कुनै दोष प्राध्यापक अपमानित हुन बाध्य हुन्छन् । लाखौँ विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राध्यापकमाथि निर्मम प्रहार गर्ने विद्यार्थीहरू देशको विद्यमान शैक्षिक अराजकताका उपज हुन् । आफ्नो माग पूरा गराउन सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, कुर्सी जलाउने, डेस्क–बेन्च भाँच्ने, सिसा फुटाउने, निर्दोष व्यक्तिलाई धम्क्याउने, तालाबन्दी गर्ने, आगलागी गराउनेजस्ता अवान्छित गतिविधिले केबल अराजकता निम्त्याउने हुनाले विद्यार्थीहरूले त्यसका वैकल्पिक उपायहरू रोज्नु आवश्यक छ । विज्ञप्ति प्रकाशन, छलफल, अन्तरक्रिया, संवादमार्फत अगाडि बढ्दा शैक्षिक वातावरणमा कुनै बाधा पुुग्दैन । पद, प्रतिष्ठा र आफ्नो स्वार्थ पूर्तिका लागि जस्तोसुकै हतकन्डा अपनाउनु गलत हो । शिक्षाको उद्देश्य भनेकै खराब आचरण छोड्नु हो । शिक्षा मानव सभ्यता रक्षाको लागि हो । आत्म–अनुशासन, नैतिकता, आज्ञाकारिता र इमानदारिता नै सच्चा विद्यार्थीको पहिचान हो । आजको प्रतिस्पर्धात्मक समयमा मेहनत र कडा परिश्रम गरेरमात्र सफलता हासिल गर्न सकिन्छ । बरू राज्यको विभेदकारी नीति र पक्षपातपूर्ण व्यवहारविरूद्ध आवाज बुलन्द गर्नु जायज छ । राज्यले शैक्षिक पदहरूमा राजनीतिक पृष्ठभूमि, नातावाद, क्रिपावाद नहेरी योेग्य र सक्षम व्यक्ति नियुक्ति गर्नु नै समयकोे माग हो । अतः विश्वविद्यालयमा शान्ति–सुरक्षाकोे प्रत्याभूति दिन नसक्ने सरकारले आम नागरिकको सुरक्षाको दायित्व कसरी पूरा गर्र्नसक्ला भन्ने अहम् सवाल पैदा भएको छ । घटनाका दोषीलाई सख्त कारबाही गरी पीडितलाई न्याय दिनु नै दुखेका मनहरू बुझाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *