भर्खरै :

जर्मनीमा कोरोना भाइरस ‘अनियन्त्रित’ रूपमा फैलिन सक्ने

लन्डन, २२ असोज । जर्मनीका शीर्ष स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको सङ्क्रमण अनियन्त्रित रूपमा फैलिनसक्ने चेतावनी दिएका छन् ।
उनीहरूले जर्मनीमा मानिसहरूले सामाजिक दुरी कायम गर्ने र अन्य स्वास्थ्य मापदण्डको पालना नगरेमा दैनिक १० हजारभन्दा बढी कोरोना सङ्क्रमित देखिनसक्ने चेतावनी दिएका छन् ।
सङ्क्रामक रोगका लागि रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर विलेरले भने, “पछिल्लो अवस्थाले मलाई चिन्तित बनाएको छ । आगामी साताहरूमा कस्तो अवस्था सिर्जना हुनसक्छ भन्ने विषयमा केही भन्न सकिँदैन ।“
“आगामी दिनमा दैनिक १० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित देखिन सक्नेछन् । कोरोना भाइरसको सङ्क्रमण अनियन्त्रितरूपमा फैलिनसक्छ,” उनले थपे ।
हाल जर्मनीमा दैनिक ४ हजारको आसपासमा कोरोना सङ्क्रमित थपिन थालेका छन् । यो सङ्ख्या अन्य युरोपेली मुलुकमा भन्दा कम हो । पछिल्लो २४ घण्टामा जर्मनीमा ४ हजार ५८ कोरोना सङ्क्रमित थपिएका हुन् । यो हालसम्मकै दैनिक देखिएको कोरोना सङ्क्रमित सङ्ख्याको उच्च सङ्ख्या हो ।
जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्फानले पछिल्लो समय अवस्था चिन्ताजनक बनिरहेको छ । जर्मनहरूले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेतर्फ जोड दिएका छन् ।
“हामी नागरिकहरूको विवेकी कार्यद्वारा जर्मनीलाई अहिलेसम्म यस सङ्कटबाट पार गराएका छौँ । किनभने तपाईँले कोरोना नियन्त्रणका लागि जारी गरेका नियमहरूलाई आक्षनो दैनिक जीवनमा समेट्नु भएको छ,” उनले भने ।
“हामीले यो उपलब्धिलाई दाउमा लगाउनु हुँदैन । राजधानीको स्थितिले देखाउँछ कि कतिपय लापरबाही, कहिलेकाहीँ अन्जानमा भएका गल्तीहरूले महामारीलाई थप बढाउन र महामारी विकास हुन सहयोग पुग्नसक्छ । त्यसकारण विशेष सावधानी अपनाउन आवश्यक छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *