भर्खरै :

काठमाडौंलाई सानो युरोप बनाउने हावादारी गफ

-कृतिका प्रजापति
‘सबैको सहयोग पाए, काठमाडौंलाई केही नभए पनि सानो युरोप बनाउन सक्ने क्षमता हामीसँग छ भन्ने विश्वास सबैलाई दिलाउन चाहन्छु ।’ उपयुक्त वाक्यांश काठमाडौं महानगरपालिकाका उपमेयर बिजेता हरिप्रभा खड्गी श्रेष्ठले अन्नपूर्ण पोष्टलाई २०७४ साल १५ जेठमा दिनुभएको अन्तरवार्ताको अंश हो । काठमाडौं महानगरपालिकाको पहिलो महिला उपप्रमुखको रुपमा चुनिनुभएकी खड्गीले काठमाडौं महानगरलाई एउटा सानो युरोप बनाउने भनी अति आश्चर्यलाग्ने विचार प्रस्तुत गर्नुभएको छ । उहाँको अभिव्यक्ति एउटा जिम्मेवार, विवेकशील र शिक्षित व्यक्तिले दिनेखालको अभिव्यक्ति होइन ।
युरोप आर्थिक रुपले विकसित देशहरूको समूह हो जसको क्षेत्रफल १०,१८०,००० वर्ग किलोमिटर छ । युरोपभित्र जर्मनी, इटाली, फ्रान्स, बेलायत, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, पोल्याण्ड, ग्रीस, युक्रेन, अस्ट्रिया, लक्जेमवर्गलगायतका सानादेखि ठूला अर्थतन्त्र भएका देशहरू सम्मलित छन्् । त्यहाँको औसत प्रतिव्यक्ति आम्दानी १२,४७५ डलर छ भने अधिंकाश देशहरूले कयौं वर्षदेखि युरोपेली संघको व्यवस्था अपनाएका छन् । त्यहाँको उद्योगधन्दा, प्रविधि, शिक्षा, ज्ञानविज्ञानआदि सबै क्षेत्रमा उल्लेख्य रुपमा विकास भइसकेका छन् । यहाँको रहनसहन, जीवनशैली, संस्कृति भिन्न किसिमको छ ।
तर नेपाल एक विकासोन्मुख देश हो । नेपालको क्षेत्रफल १,८१,१७१ वर्ग किलोमिटर छ भने यहाँको प्रतिव्यक्ति आम्दानी २५०० डलरको हाराहारीमा छ । यहाँका कलकारखाना, उद्योगधन्दा आदि सबै विदेशी लगानीबाट सञ्चालित छन् भने सरकारी संस्थानहरू नोक्सानमा गएका छन् । देश संघीय व्यवस्थामा गएको भर्खर हो । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रुपले विश्वमा नेपालको महत्वपूर्ण स्थान छ । यहाँको नदीनाला, हिमाल, पहाड, कला–संस्कृति, मठ–मन्दिर आदि नेपालको पहिचान हो । यी क्षेत्रहरूमा सरकारले लगानी गरी संरक्षण र प्रवद्र्धन गरी आर्थिक लाभ हासिल गर्न सकेमात्र देशको मुहार फेरिनेछ ।
यस मानेमा काठमाडौंलाई एउटा सानो युरोप बनाउने उपमेयरजीको प्रतिबद्धता हावादारी गफको रुपमा व्याख्या गर्न सकिन्छ । आफ्नो भूगोल सुहाउँदो विकासले मात्र आफ्नो ठाउँ र क्षेत्रको विकास सम्भव हुन्छ भन्ने कुरा उहाँमा अवगत हुनैपर्छ । काठमाडौं महानगरको पहिचान भनेको त्यहाँको जीवन्त कला संस्कृतिको संरक्षण, प्रवद्र्धन हो । अग्ला–अग्ला भवन, चिल्ला गाडी, चौडा सडक हुनुले त्यहाँको विकासलाई मापन गरिन्न । देशको समुन्नत हितको लागि त्यहाँको जीवन्त सांस्कृतिक सम्पदा संरक्षण नै आजको काठमाडौं महानगरको विकासको एउटा उपाय हो ।

स्थानीय निकायको चुनाव अगाडि पनि काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वारहरूले उपनगरहरू भएको र अन्तरिक्षमा उपग्रह पठाउने सेटेलाइट नगर, स्मार्ट सिटी, मेट्रो रेल चल्ने सिटी आदि आदि एजेन्डा जोडतोडका साथ उठाएका थिए । अचम्मको कुरा के छ भने मेट्रो रेल बनाउने कुरालाई सडक, कुलो बनाउनेजस्तो हल्का रुपमा लिइएको छ । जब कि मेट्रो सञ्चालनमा ल्याउन कुनै औपचारिक अध्ययन नै भएको देखिंदैन ।

यसैगरी उपमेयरका विजेता हरिप्रभाजीले आफ्नो अन्तरवार्तामा पाँच वर्षभित्र काठमाडांैमुनि रेल गुडाउने प्रतिबद्धता पनि जनाउनुभएको छ । स्थानीय निकायको चुनाव अगाडि पनि काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वारहरूले उपनगरहरू भएको र अन्तरिक्षमा उपग्रह पठाउने सेटेलाइट नगर, स्मार्ट सिटी, मेट्रो रेल चल्ने सिटी आदि आदि एजेन्डा जोडतोडका साथ उठाएका थिए । अचम्मको कुरा के छ भने मेट्रो रेल बनाउने कुरालाई सडक, कुलो बनाउनेजस्तो हल्का रुपमा लिइएको छ । जब कि मेट्रो सञ्चालनमा ल्याउन कुनै औपचारिक अध्ययन नै भएको देखिंदैन । नेपालकै एक यातायातविज्ञले मेट्रो रेलको लागि माटो खोस्रिनमात्रै पनि कम्तीमा तीन वर्ष लाग्ने बताउनुभएको छ । यस्तोमा पाँच वर्षभित्र रेल गुडाउने सपना देख्नु कति जायज छ, आफै मनन गर्नु उचित हुनेछ । अहिले सार्वजनिक यातायातमा यात्रा गर्न कष्टकर भइरहेको समयमा काठमाडौंमा रेल गुडाउने, सुरुङ मार्ग र सुरुङ रेलजस्ता कुरा पनि हावा गफ मात्र हो भनी विश्लेषण गर्न सकिन्छ । काठमाडौं उपत्यकाको व्यवस्थापकीय र वित्तीय हिसाबले मेट्रोल रेल सञ्चालन सम्भव छ÷छैन भन्ने यकिन नगरी हचुवाको भरमा रेल ल्याउने भनी मतदातालाई आश्वासन दिनु उचित काम ठहर्दैन । महत्वपूर्ण कुरा त, काठमाडौंमा पाँच वर्षभित्र किन रेल गुडाउने, सडक व्यवस्थापन किन भएन र त्यसको समाधान कसरी सम्भव देख्नुभएको छ उहाँहरूले प्रस्ट पार्नुभएको भए अझ राम्रो हुने थियो ।
सबैलाई जानकारी छ, काठमाडौंको जाम अहिले सबैको टाउको दुखाईको विषय बन्दै आएको छ । गाडीको चाप सडकले धान्न सकिरहेको छैन । दिनहुँ काठमाडौंमा यात्रा गर्ने यात्रुहरूले काठमाडौंको अव्यवस्थित सडकका कारण हैरानी भोगिरहेका छन् । आधा घण्टामा पुगिने बाटो अहिले डेढ घण्टा लाग्ने गरेको छ । कार्यालय, स्कूल, कलेजमा जानेलाई समयमा पुग्न चुनौती बनिरहेको छ । यस्ता समस्यालाई व्यवस्थित गर्नेतिर अब निर्वाचित नयाँ जनप्रतिनिधिको ध्यान जान आवश्यक देखिन्छ । र, आफ्ना नागरिकको सुरक्षाको निम्ति प्रतिबद्ध भएर काम गर्न सकेमात्र निर्वाचन जित्नुको औचित्य रहनेछ नत्र विदेशी कम्पनीले ठग्ने निश्चित छ । भारतमा अहिले चलाएको सुविधायुक्त रेल सेवामा यात्रुहरूले सीसीटिभीका सामान चोरी गरेको र बिगारेकोमा रेल सेवामा कार्यरत सबै लज्जित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *