भर्खरै :

चाँगुनारायणको वडा नं ९ मा नेमकिपा विजयी

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको सिंगो प्यानलले विजयी हासिल गरेको छ ।
नेमकिपाको तर्फबाट उम्मेदवार नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य गणेश त्यात जम्मा १०५१ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ९९४ मत प्राप्त गर्नुभएको छ ।
साविक ताथली गाविसमा नेमकिपाका उम्मेदवार महिला वडा सदस्य कमला भारती गिरी, दलित महिला सदस्य सुमित्रा दर्जी र वडा सदस्यहरुमा विद्यापति प्वार थापा र कृष्णराम बासुकला विजयी हुनुभएको छ ।

ताथली गाविसमा विगतमा पनि नेमकिपाले नै विजयी हासिल गर्दै आएको थियो ।
मंगलबार बिहान मतगणनाको परिणाम सार्वजनिक भए लगत्तै मतगणनास्थल खरिपाटीबाट निकालिएको विजयी जुलुस च्याम्हासिंह हुँदै ताथलीको फैढोकामा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले एनजिओ र आईएनजिओको पैसाले चुनाव जित्नु जनताप्रतिको घात हो र कुनै पनि कम्युनिष्ट पार्टीले विदेशीको पैसाको आडमा चुनाव जित्ने नगरेको बताउनुभयो ।
चाँगुनारायण नपामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले विजयी हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *