भर्खरै :

प्रचण्ड ‘सफल’ प्रधानमन्त्री ?

दोस्रो पटक प्रम बन्ने अवसर पाएका पुष्पकमल दाहालले आफ्नो कार्यकाल सा¥है ‘सफल’ भएको आत्म–प्रशंसा गरेको संवेदनशील र बुद्धिजीवी समुदायमा एक–आपसमा हाँसो साटासाट गर्ने अवसरको रुपमा देखियो । यसबारे १४–२० जेष्ठको ‘हिमाल’ साप्ताहिकले प्रम प्रचण्डलाई लेख्यो –‘… स्वघोषित ‘सफल’ को पगरी पहिरिने हैसियत भने बनाइसकेका छैनन् ।’ ‘शेरबहादुर देउवाको वैशाखीमा टेकेर सत्तामा’ टिकिरहेका पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वको मूल्याड्ढन गर्नेहरूले ‘बिचरा’ भन्न भ्याए । चौथो वरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकलाई नियुक्ति गर्नु, सर्वोच्च अदालतले बदर गर्दा सम्भवतः देउवाकै दबाबमा प्रधान न्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोगको ‘दुष्कर्म’ मा समेत उत्रिए ।(हिमाल–१४–२० जेष्ठ २०७४)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबमा संविधान संशोधन गरी तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप्ने घोषणा गरे । निर्वाचन आयोगलाई समेत चरम अप्ठेरोमा पारियो र आफैले तेस्रो चरणको निर्वाचनको झ्याली पिटे । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचन गर्न आयोगलाई दबाब दिए । यस्ता अन्योल र बाहिरी दबाबअनुसार काम गर्ने प्रमलाई कर्मचारी क्षेत्र र जनतामा अत्यन्त ‘नालायक’ प्रधानमन्त्रीको रुपमा लिइँदैछ ।
अदालतबाट जन्म कैद सजाय तोकेका युद्धकालीन जघन्य घटनाका अपराधीहरू, टीकापुर घटनाका हत्याराहरू र महोत्तरीमा एम्बुलेन्सबाट सिकिस्त विरामी बालिकालाई बाहिर निकालेर हत्या गरेका अपराधीहरूलाई उन्मुक्ति दिने कानुनी राजलाई अस्वीकार गर्ने व्यवहार प्रमबाट हुनु स्वयम् अपराधी मानसिकताको प्रदर्शन हो ।
यसकारण प्रम दाहाललाई पाखण्डी र आत्मश्लाघाका पर्यायका रुपमा सडक र गल्लीहरूमा सा¥है टिका–टिप्पणी सुनियो । प्रधानमन्त्री पद नेपालको संविधानअनुसार कुनै देशको भरिया र कुनै अरु पार्टीको आदेशपालक हुने गर्दैन, तर प्रचण्ड त्यसकै भरिया र तामेलदारीमा खटाएको निचोड निकाल्नेहरूको समाजमा कमी छैन । अलि सभ्य भाषामा भनियो – ‘प्रचण्ड सरकार भारतको कठपुथली सरकार हो ¤’
नयाँ सरकार कठपुतली नहोऊन् ¤
भारत के हो भारतीय नेताहरू के हुन् भन्नेबारे नेपाली कांग्रेसका सभापति बी.पी. विश्वस्त भएको कुरा २०३४ सालमा स्वास्थ्य लाभपछि भारतको विहारको राजधानी पटनामा त्यहाँका समाजवादीहरूसँगको छलफल रोचक थियो । तिनीहरुले भने – बी.पी नेपाल नजानु, हामी तिमीलाई प्रधानमन्त्री बनाएर पठाउँछौं ।
समाजवादीहरूसँगको त्यस वार्ताबारे के.बी. गुरुङले बी.पी. को भनाई उल्लेख गरे – तिमीहरूले बनाएर पठाइदिएको प्रधानमन्त्री तिमीहरूको हुन्छ, नेपालको हुँदैन ।’
पटना विमानस्थलमा पुगेका चन्द्रशेखर र विहारका मुख्यमन्त्री कर्पुरी ठाकुरले भनेका थिए – बी.पी. तिमी यहीं बस । नेपाल नजाऊ । हामी बहुदल घोषणा गरिदिन्छौं ।’
बी.पीले भने –‘तिमीहरूले घोषणा गरेको बहुदल तिमीहरूको हुन्छ हाम्रो हुँदैन ।’ (कान्तिपुर–कोसेली– १३ जेठ २०७४)
एकपटक नेपाली सेनालाई तालिम दिने एक भारतीय अफिसरले एमाओवादी तालिमेहरूसँग सोध्यो – तिमीहरू को हौ, अस्तिमात्रै हामी नेपाली सेनालाई तालिम दिएर पठाएका थियौं ।’
जवाफ दियो – ‘हामी माओवादी ¤’
भारतीय अफिसर आश्चर्य मिश्रित हाँसो हाँस्दै टाउको हल्लाउँदै गए ।
एमाओवादीहरूको तालिम, सिमला, चक्रघटी वा पूर्वी भारत जहाँ भए पनि आखिर १० वर्षे ‘जनयुद्ध’ को ‘चेन अफ कमाण्ड’ उतै हुनु स्वाभाविक हो । त्यस्तै नेपालको गणतन्त्र र बनाइएका प्रधानमन्त्रीहरूको भाषा जरुरै नेपाली होलान् तर भारतको सल्लाह, अनुरोध, निर्देशन वा संकेतलाई टार्न सक्नेछैनन्, किनभने भारतसँग हाम्रो राजनैतिक सम्बन्ध पुरानै हो । त्यसबाट मुक्ति पाउने अठोट अब आउने प्रधानमन्त्रीहरुले गर्नु आवश्यक छ ।
श्रमिक साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *