भर्खरै :

भक्तपुर नपाको आइसोलेसन केन्द्रमा बिताएका दिनहरू

भक्तपुर नगरपालिकाको एम्बुलेन्सबाट साँझ करीब साढे पाँचमा आइसोलेसन केन्द्रमा लग्न फोनको घण्टी बज्यो । “… हामी च्याम्हासिंह पुग्यौँ । ५-१० मिनेटमा तपाईँकोमा पुग्नेछौँ । तपाईँ तयार भएर बस्नुहोला ।” मैले तीन थान पुस्तक, डायरी र दुइटा कलम, मोबाइल चार्जर र आफूले खाँदै गरेको पारासिटामोल, एन्टिबायोटिक्स तथा भिटामिन सी र भिटामिन बी कम्प्लेक्सका ट्याबलेटहरू तथा लत्ताकपडा एउटा ब्यागमा हालें … र एम्बुलेन्सको प्रतिक्षामा बसेँ ।
विद्यालयमा जुममार्फत अनलाइन कक्षा सञ्चालन हुँदै थियो । प्रशासनिक कार्यहरू पनि करीब बन्द नै थियो । दिनमा दुई तीन ओटा कक्षाहरू लिइरहेको थिएँ । अनलाइन कक्षाका कारण बिहान ६ बजेबाट साँझ ८-९ बजेसम्म व्यस्त हुन्थेँ । बैठकहरू पनि अचेल अनलाइनबाटै भइरहेको थियो । त्यसैले पनि बिनाकाम घरबाट बाहिर निस्कने समय थिएन र निस्केको पनि थिइनँ । नजिकका केही साथीहरू पनि कोभिड सङ्क्रमित हुन थालेदेखि साथीहरूसँगको भेटघाट पनि करीब शून्यमा पुगिसकेको थियो ।
पछिल्लो पटक असोज १ गते देखि म लामो समयसम्म बाहिर बसेको थिएँ । सोही दिन करीब १५-२० मिनेट दिदी र भाइसँग भेट गरेको थिएँ । संयोग नै भन्नुपर्ला कन्टाय्क ट्रेसिङमा दिदी र भाइको पीसीआर पोजेटिभ देखियो । मलाई असोज ५ गते साँझबाट ज्वरो आउन थालेको थियो । मौसम परिवर्तनको कारणले ज्वरो आएको होला भनी त्यसलाई सामान्यरूपमा लिएँ । असोज ६ गते पनि ज्वरो घटेन, बरु ज्वरो बढेर झन्डै १०३ डिग्री फरेनहाइट पुग्यो । कन्टाय्क ट्रेसिङको लागि भाइलाई फोन गरी आफूमा ज्वरो रहेको र श्रीमतीलाई पनि खोकी आइरहेको जानकारी दिएँ । असोज ७ गते स्वाब परीक्षणको लागि हामी जनस्वास्थ्य कार्यालय, च्याम्हासिंहमा पुग्यौँ ।
कोभिडको सङ्क्रमण देखिन थालेको सुरुवाती दिनहरूबाटै दक्षिणको र उपत्यकाका नाकामा उचित क्वारेन्टिनको बन्दोबस्त नभएको र सीमा नाका खुकुलो भएकै कारण चाँडो सङ्क्रमण राजधानीमा फैलिने सम्भावना रहेको जनस्वास्थ्यविदहरूको भनाइ थियो । त्यसमाथि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउनलाई खुकुलो बनाउन थालिसकेको थियो । जे अनुमान थियो, आखिर त्यही भयो । आज राजधानी कोभिडको हट जोन बनिसकेको छ । उपत्यकामा सङ्क्रमण समुदायस्तरमा फैलिसकेको छ ।
भक्तपुर नगरमा कोभिडको सङ्क्रमण भुसको आगोझँै सल्कँदै थियो क्यारे ! जनस्वास्थ्य कार्यालय, च्याम्हासिंहमा कन्टाय्क ट्रेसिङबाट स्वाब दिन आउने ३-४ परिवार नै थिए । दसैँ भित्र्याउन सो¥ह श्राद्धको बेला आफन्तजनसँगसँगै बस्दा कन्टाय्क ट्रेसिङमा परेको बुझियो । मनमा चिसो पस्यो– “अब दसैँमा के होला ? यही रफ्तारमा जाने हो भने दसैँ र तिहारपछि स्थिति भयावह हुनेमा कुनै शङ्का छैन । … घरघरमा दसैँ त भित्र्याइयो तर सँगसँगै आमन्त्रित बिना नै पाहुनाको रूपमा कोरोना पनि भित्र्याउने भयौँ !” त्यसमाथि सामाजिक सञ्जालमा युट्युबहरूले भ्युअर्स बढाउन अनेक प्रकारका भ्रामक समाचारहरू प्रसारण गर्नमा उद्यत देखिन्छ । यसले गर्दा पनि ‘कोभिड भनेको केही होइन हाछ्युँ साछ्युँ गरेर भगाउने’ भनेझैँ भयो ।
असोजको ९ गतेसम्म ज्वरोले छोडेन । मनमा आशङ्का भयो, “कि त कोभिड भयो कि त टाइफाइड । … वा डेङ्गी पनि हुनसक्छ ।” सोही दिन मबाहेक कन्टाय्क ट्रेसिङमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएछ । त्यस पछि मलाई कोभिड नै भएको हुनुपर्छ भन्ने विश्वास भयो ।
अनि सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी देविका दनेखुलाई फोन गरेँ । सबै कुरा सविस्तार बताएपछि उनकै सल्लाहमा पारासिटामोलको डोज प्रतिदिन दुईबाट तीन बनाएँ, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स र एन्टीबायोटिक्स औषधि सुरु गरेँ । नभन्दै असोज १० गते बिहान ११ बजेतिर भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वको फोन आयो– “…तिम्रो रिपोर्टमा कोभिड पोजेटिभ देखिएको छ ।” ज्वरो आउन सुरु भएको दिन, असोज ५ गतेबाट नै परिवारका सदस्यहरूबाट अलगै बस्दै आएको कुरा सुनाई घरमा थप सङ्क्रमण हुन नदिन आइसोलेसन केन्द्रमै बस्ने भनेँ । घरमा ७-८ वर्षका छोराछोरी तथा तीन जना भान्जाभान्जीहरू थिए, त्यसमाथि साठी वर्ष उमेर कटेका आमाबुबा । होम आइसोलेसनमा केही असावधानी हुन गएमा पुरै परिवार सङ्क्रमित हुने सम्भावना थियो । आइसोलेसन केन्द्रमा केही गा¥हो होला तर थप सङ्क्रमणको सम्भावना कम हुने देखेर ब्रह्मायणी बहुउद्देशीय भवनको आइसोलेसन केन्द्रमा बस्ने बताएँ ।
कोभिड मौसमी रुघाभन्दा केही जटिल श्वासप्रश्वासको समस्या ल्याउने भाइरसजन्य रोगमात्र हो, अझ यसको मृत्यु दर पनि सार्स र मर्सभन्दा कम रहेको छ । यसकारणले पनि म विश्वस्त थिए– मलाई रोग नै लागे पनि केही जटिल समस्या नआउला । म कोभिड पोजेटिभ हुनुपर्छ भन्ने कुरा मैले अघिल्लो दिन नै निक्र्यौल गरिसकेको थिएँँ । त्यसैले अरूलाई झैँ मलाई कुनै मानसिक तनाब महसुस भएन । कस्तो विडम्बना ¤ कोभिड पोजेटिभहरूको लामो श्रृङ्खलामा कुनै सङ्कोच र कुनै तनाबबिना मैले स्वयमलाई समेटेँ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्र ब्रह्मायणी बहुउद्देशीय भवनमा सञ्चालन भएको पहिलो दिन, असोज १० गते साँझको ५ः४५ बजे पहिलो दिनको पाहुना बनेर पुगँे । एम्बुलेन्सबाट ओर्लेर पीपीई (Personal Protective Equipment)  ले पुरै छोपिएकी स्वास्थ्यकर्मीको अगुवाइमा केन्द्रको दोस्रो तल्ला पुरुष वार्ड बेड नं. ३० मा लगिएँ । सो क्रममा उनले आइसोलेसन केन्द्रमा बस्दा अपनाउनुपर्ने अनुशासनबारे जानकारी दिइन् । अनावश्यकरूपमा कोठाबाट बाहिर आउन नपाउने, सङ्क्रमितहरूबीच सामाजिक दुरी कायम गर्नु पर्ने, अनिवार्य मास्क लगाउनुपर्ने, शौचालय सफा गर्नुपर्ने, कसैसँग भेटघाट गर्न नपाउने, फोहोर डष्टबिनमा मात्र राख्नुपर्ने आदि ।
बेड नं. ३० रहेको झन्डै २४×१८ वर्ग फिटको कोठामा ४ वटा बेडलाई चार कुनामा राखेर भौतिक दुरी कायम गरिएको थियो । चार वटा बेडलाई २-२ बेड बीचमा प्लाष्टिकको पार्टिसन गरेको रहेछ । कोठामा एक जना बिरामी बस्ने बेड, सानो ¥याक, इलेक्ट्रिक जग, प्लाष्टिकको मेच र प्लाष्टिक झोला थियो । झोलामा एकएक ओटा मुलायम तौलिया, डिजिटल थर्मोमिटर, हात धुने ट्वाइयलेट साबुन, सानो आकारको मन्जन, दाँत माझ्ने ब्रस, सानो आकारकै हायन्ड स्यानिटाइजर र टिस्यु पेपर रोल रहेछ ।
एक बेडबाट अर्को बेडबीचको दुरी करीब १०-१२ फिट होला । उत्तर–दक्षिणी मोहडा फर्केका आइसोलेसन कोठाहरूका बीच पूर्व–पश्चिम चौडा पेसेज छ । पेसेजको बीच भागको भित्ताको एक छेउमा काठे बेन्चमा खानेपानी स्टेसन र विपरित भित्तामा स्वास्थ्य सामग्रीसहितको टेबल । स्टील टेबलको ठीक माथि ख्वप इन्जिनियरिङ कलेजका विद्यार्र्थीहरूले तयार गरेको स्वचालित स्यानिटाइजर मेसिन (AutomaticHand Sensor Sanitizer) रहेछ । स्टील टेबलमा रक्तचाप नाप्ने डिजिटल स्फिग्नोम्यानो मिटर र पल्स अक्सिमिटर (Pulse Oxymeter) थियो । स्वास्थ्य सामान प्रयोग गर्नु पूर्व सेन्सरमुनि हात पसाई हातलाई अल्कोहलले स्यनिटाइज गर्नुपर्ने रहेछ ।
स्वास्थ्यकर्मीले ब्लड प्रेसर नाप्ने सिकाइन् । डिजिटल स्फिग्नोम्यानो मिटर भएकोले रक्तचाप नाप्न सजिलो रहेछ । अनि फेरि उनले सँगै रहेको चिम्टाजस्तो औँला च्याप्न मिल्ने पल्स अक्सिमिटर (Pulse Oxymeter) को प्रयोग सिकाइन् । उनी भन्दै गरिन्, ‘यो माथिको अङ्कले मुटुको गति (पल्स) देखाउँछ भने तलको अङ्कले रगतमा अक्सिजनको मात्रा । …थर्मोमिटर प्रत्येक बिरामीलाई छुट्टाछुट्टै नै छ । प्रत्येक ५÷६ घण्टाको तापक्रम, रक्तचाप, पल्स र अक्सिजनको प्रतिशत नापेर हामीलाई टिपोट गराउनु होला ।” अनि पूर्वतिर फर्काएर राखेको सानो तख्तामा राखेको टेलिफोन देखाउँदै उनले कुरालाई निरन्तरता दिदै भनिन्, ‘८०२ नम्बरमा डायल गर्नुहोस् हामी सधँै तपाईँहरूको सेवामा रहन्छौँ । ८०१ नम्बरमा प्रशासनिक कार्यको लागि… अरू इमर्जेन्सी भएमा पनि फोन गर्नुहोला ।”
साँझको ८ः३० बजेतिर स्पीकर बज्यो । अघिसम्म स्पिकरबाट मधुरो धुन र मालाश्री गुन्जिरहेको थियो । “तपाईँहरूको बेलुकीको खाना आइपुग्यो, १० मिनेटपछि खाना लिन सामाजिक दुरी कायम गरी करिडोरमा आउनुहोला ।” माइकले ३-४ पटक सोही सन्देश सुनायो । खाना खाइसकेपछि डा. सुमित्रा चोलेख्वको फोन बज्यो । उनी जनस्वास्थ्य कार्यालयमा कार्यरत मेडिकल डाक्टर हुन् । उनले मेरो स्वास्थ्यको जानकारी लियो– “केही समस्या भए यही नम्बरमा फोन गर्नुहोला… हामी सधैँ ड्युटीमा नै हुनेछौँ ।”
भाइटल रिकर्ड (ज्वरो, रक्तचाप, पल्स र अक्सिजन सेचुरेसन) लिएर ८०२ मा टिपोट गराउन सन्देश आयो । बिहानको नास्ता आइपुगेको जानकारी पनि स्पिकरले नै दियो । घरमा भन्दा केही ढिला– बिहानको ८ः०० बजे । नयाँ ठाउँमा नयाँ दैनिकीअनुसार नास्ता । नास्ताको पाकेट खोलेर हेरँे– झोल भएको चना तरकारीको पाकेट, एउटा उसिनेको अण्डा र दुई पिस टोस (तताएको पाउरोटी) । नास्तासँगै चियाका लागि ३-३ ससाना टि–ब्याग र चिनीका पाकेटहरू र एक ओटा मेडिकल मास्क पनि । तातो वाफ लिनको लागि सानो बाटाको प्रबन्धको लागि अनुरोध गरेको थिएँ, बिहान पठाइदिन्छु भनेको थियो तर वाटा रहेनछ ।
मास्क प्रत्येक दिन फेर्नुपर्ने रहेछ । घरमा KN95 धोएर स्यानिटाइज गरेर महिनौँ चलाइयो, त्यो अवैज्ञानिक थियो तर हामीसँग अर्को विकल्प पनि थिएन । मास्कको हाहाकारको समयमा ‘बाघ’ खर्चेर जोरेको मास्क लाउन पाउनु पनि कम्ता थिएन !
चियाका पारखीका लागि दिनमा तीन पटक चिया बनाई खान सकिने रहेछ । चियामा क्याफिन Caffeine र थियो ब्रोमिन Theobromine तत्र्व हुन्छ । क्याफिनले शारीरिक कार्यलाई उत्प्रेरकको कार्य गर्छ भने थियो ब्रोमिनले रक्तनलीलाई चौडा बनाउने, पिसाब लाग्ने र मुटुको कार्यगति बढाउन मद्दत गर्छ । त्यसैले पनि अन्य अमलभन्दा चिया राम्रो मानिन्छ । ममा पनि चियाको क्याफिनको लत छ ।
बिहान र दिउँसो गरी दुई पटक करीडोर सरसफाइँ हुनेरहेछ । यस्तो बेला हामीहरू आफ्नो कोठामा नै बस्न स्पिकरले अग्रीम सूचना दिन्थ्यो । बाहिर वा भित्रबाट हुनसक्ने सङ्क्रमण रोकथामको एउटा राम्रो प्रयास यो पनि हो । बाहिरियाँ व्यक्तिको सम्पर्कका कोही पनि नपरून् । आफू बसेको कोठाको सरसफाइको जिम्मा हामी स्वयम्को रहेछ । यो पनि राम्रो । कोठामा कुचो लगाउने र डष्टबिनमा रहेको कुहिने र नकुहिने फोहरलाई करिडोरमा रहेको रातो र हरियो डष्टबिनमा राख्नुपथ्र्यो । कोठामा पनि कुहिने र नकुहिने फोहर अलग अलग राख्न दुइटा डष्ट बिनहरू दिएको भए फोहर छुट्याउन सजिलो हुने थियो ।

ममा ज्वरो घटेको थिएन, करीब १०१० । पारासिटामोलको डोज पनि तीनबाट चार बनाएको थिएँ तर पनि ज्वरो घट्ने लक्षण नै देखिएन । ‘यति लामो समयसम्म कहिल्यै ज्वरो आएको थिएन । ज्वरो यो अङ्कभन्दा माथि पुगे के गर्ने ? मलाई स्याहार गर्न को आउँछ ?’ – मन अशान्त भयो । घरमा पनि छोराको रुघा र ज्वरो कम नभएको खबर पाएको थिएँ । छोरालाई पनि कोभिड त भएन ? हुन त बिहानै फोनबाट घरमा आमाबुबालगायतका सबै कन्टाय्क टे«सिङ गरी सोको रिपोर्ट नआएसम्म कोही पनि बाहिर नजानु र घरभित्रै पनि सबै आआफ्नो कोठाभित्र सेल्फ क्वारेन्टिनमा रहनु, सबैले अनिवार्य मास्क लगाएर बस्नु भनेर सुझाएको थिएँ ।

दिउँसो २ः०० बजे तिर माइकबाट फेरि शरीरको भाइटल चेकजाँच गर्न जानकारी आयो । बिहान, दिउँसो र साँझ गरी तीन पटक प्रत्येक बिरामीको तथ्याङ्कलाई तालिकाबद्ध गर्ने रहेछ । म दिनमा पाँच पटक भाइटल रिडिङ लिन्थेँ । मेरो शरीरको औसत तापक्रम बिस्तारै ९६–९७ मा पुग्न थाल्यो, रक्तचाप सामान्य ११०÷७०, पल्स रेट ८०–८५ र अक्सिजनको सन्तृप्ता प्रतिशत ९५–९६५ रह्यो । स्वाभाविक कुरा हो यी भाइटल रिडिङले बिरामीको शारीरिक अवस्थाको जानकारी दिन्छ र सोहीअनुसार आवश्यक चिकित्सकीय सेवा उपलब्ध गराउन सहज हुनेछ ।
रगतमा अक्सिजनको सन्तृप्ता प्रतिशत (blood oxygen saturation) ले कोरोना भाइरसले फोक्सोमा पारेको असरको जाँच गर्ने रहेछ । कोरोना भाइरसले फोक्सोलाई बिगार गर्नुका साथै यसका केशिकाहरू (alveoli) बीच बाक्लो तरल पदार्थ जम्मा गरिदिनाले केशिकाहरूले कार्य गर्नसक्दैन र रगतमा अक्सिहेमोग्लोविनको मात्रा घट्दै जान्छ । रगतमा हुनुपर्ने अक्सिजनको मात्रा घट्नु भनेको अक्सिजनको सन्तृप्ता प्रतिशत (SpO2 %) कम हुँदै जानु हो । सामान्य अवस्थामा वयस्क स्वस्थ मानिसमा SpO2 % को मात्रा ९४–९६ प्रतिशत हुन्छ । SpO2 % को मात्रा ९२ प्रतिशतभन्दा कम भएपछि फोक्सोले बिस्तारै काम गर्न छोडेको भन्ने रहेछ । यस्तो अवस्थामा बिरामीलाई भेन्टीलेटरमा पु¥याउने गर्दछ । त्यसैले पनि कोभिडको बिरामीले समय नियमित रगतमा अक्सिजनको सन्तृप्ता प्रतिशत SpO2 % लिइराख्नुपर्ने रहेछ ।
दिउँसो ३ः०० बजेँतिर दिएँसोको खाजाको रुटिन रहेछ । खाजामा मःम, चाउमिन, नुडल्स वा रोटी तरकारी गरी बारैपिच्छे फरकफरक खाना उपलब्ध हुन्छ । सुरुका दिनहरूमा सङ्क्रमणको जोखिम कम गर्न बाहिरी खाद्य पदार्थलार्ई निषेध थियो । तर, पछि बिरामीको आवश्यकताअनुसार फलफुल तथा बिस्कुटहरूलाई बिरामीसम्म पु¥याउने प्रबन्ध पनि भयो ।
ममा ज्वरो घटेको थिएन, करीब १०१० । पारासिटामोलको डोज पनि तीनबाट चार बनाएको थिएँ तर पनि ज्वरो घट्ने लक्षण नै देखिएन । ‘यति लामो समयसम्म कहिल्यै ज्वरो आएको थिएन । ज्वरो यो अङ्कभन्दा माथि पुगे के गर्ने ? मलाई स्याहार गर्न को आउँछ ?’ – मन अशान्त भयो । घरमा पनि छोराको रुघा र ज्वरो कम नभएको खबर पाएको थिएँ । छोरालाई पनि कोभिड त भएन ? हुन त बिहानै फोनबाट घरमा आमाबुबालगायतका सबै कन्टाय्क टे«सिङ गरी सोको रिपोर्ट नआएसम्म कोही पनि बाहिर नजानु र घरभित्रै पनि सबै आआफ्नो कोठाभित्र सेल्फ क्वारेन्टिनमा रहनु, सबैले अनिवार्य मास्क लगाएर बस्नु भनेर सुझाएको थिएँ ।
एकातिर ज्वरो नघट्नु र अर्कोतिर खकारमा रगतको टाटा देखिनु । मलाई पिर प¥यो । लगतै ८०२ मा रिपोर्ट गरँे । केही समयपछि भक्तपुर जनस्वास्थ्य कार्यालयको प्रमुख तथा भक्तपुर नगरपालिकाको कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाको फोन बज्यो । मैले खकारमा रगत देखिएको पुनः रिपोर्टिङ गरेँ । डा. लासिवाले बिस्तारै भन्नुभयो, “अब अस्पताल जानुपर्छ ।” अस्पताल जानुपर्छ भनेबित्तिकै शरीरमा एकाएक पसिना छुट्न थालिसकेको थियो । “… अनि अरू के के समस्या छ ? छाती दुख्ने अनि श्वास फेर्न गा¥हो छ ?” “अरू त खासै समस्या छैन ।” – मैले जवाफ फर्काएँ । “ठीक छ म अस्पताल लान प्रबन्ध मिलाउँछु’ भनेर डा. लासिवाले फोन राख्नुभयो । आइसोलेसन केन्द्रमा नेट आउने जाने भइरहन्थ्यो । मोबाइलमा डाटा अन गरेँ र सर्च गरँे– Why blood seen in sputum of COVID patient ? मोबाइलको स्क्रिनमा देखिएको अगाडिको लिड्ढभित्र पसेँ । लेखमा लेखिएको थियो– The symptoms might seem alarming…the virus had extended to my lungs, and I started developing pneumonia. (यो चिन्ताजनक लक्षण हो… भाइरस फोक्सोमा पुगिसकेको हुनसक्छ र निमोनिया हुन थालिसकेको हुनसक्छ ।) लेखको केही लाइन पढिसक्दा नै शरीर पुरै पसिनाले भिजिसकेछ । शरीर नै ढल्ला जसो भाउन्न भयो, चक्कर लाग्न थाल्यो । पुरै लेख पढ्न सकिएन । मोबाइलको स्क्रिन अफ गरी एकछिन बेडमा अडेस लिएर मेचमा बसेँ ।
बिस्तारै मनमा अनेकौँ कुराहरू खेल्न सुरु थयो । के अब मलाई निमोनियाले गाँज्न थालिसकेको हो ? कोरोना भाइरस मेरो श्वासनली हुँदै छातीसम्म पुगेर फोक्सोलाई बिगार गर्ने तहसम्म पुगिसक्यो र ? उसो त मेरो कोभिड पोजेटिभको रिपोर्ट कार्डमा पनि स्पष्टै लेखिएको थियो– Real time RT-PCR positive, N-gene 24, ORF-gene 20 / S-gene 20  के यसले पनि पुष्टि गर्दैन र ? कोभिड– १९ को CT (Cycle Threshold)मान तुलनात्मक कम ! CT मान २० वा सोभन्दा कम भएमा बिरामीको शरीरमा भाइरसको सङ्ख्या धेरै रहेको बुझिने रहेछ र सोहीअनुसार बिरामीलाई आइसोलेसनमा राख्ने हो वा अस्पतालमा भर्ना गर्ने भन्ने निक्र्यौल गर्दोरहेछ । CT मान ३५ वा सोभन्दा बढी भए उसबाट स्वस्थ व्यक्तिमा सङ्क्रमण सार्ने सम्भावना ज्यादै कम हुनेरहेछ । यसको अर्थ यही हुन्छ कि ममा कोभिड भाइरसको सङ्ख्या ख्ष्चगक यिबम धेरै छ । मबाट अरू व्यक्तिलाई सङ्क्रमण गर्ने खतरा र आफैँ जोखिममा पर्ने सम्भावना उच्च रहेछ । अरूलाई हुनसक्ने सङ्क्रमणबाट बच्न त आइसोलेसनमा बस्दा हुन्छ तर आफैँ जोखिममा हुने सम्भावना त छँदै छ ।
भाइरसलाई नष्ट गर्न हाम्रो धेरै प्रकारका एन्टीबडीहरू उत्पादन हुन्छन् । ती एन्टीबडीहरू मध्ये सही एन्टीबडीले मात्र कोरोना भाइरसलाई नष्ट पार्न सक्छ । कुन प्रकारको एन्टीबडीले कोरोना भाइरसलाई मार्न सक्छ भन्ने लेखाजोखा हुन्छ । यसको लागि सयौँ हिट एन्ड ट्रायल
(-Hit and trial)  प्रक्रिया हुनुपर्छ । जसरी प्रत्येक तालाको लागि भिन्नाभिन्नै साँचो हुन्छ र सही साँचोले मात्र ताला खुल्छ, सोहीअनुरूप मेरो शरीरले यी उच्च सङ्ख्यामा रहेको भाइरसहरूलाई सही प्रकारको एन्टीबडीले मात्र मार्न सक्छ । सही समयमा हाम्रो शरीरभित्र सही प्रकारको एन्टीबडी उत्पादन भएमा मात्र यो जोखिमबाट बच्ने सम्भावना छ ।
जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (DCCMC) बाट फोन आयो । अस्पताल भर्नाको लागि केन्द्रमा जानकारी गर्न भन्नुभयो । मैले केन्द्रमा फोन गरी आफ्नो समस्या राखेँ । “छाती दुखेको छ ?” “छैन” “स्वास फेर्न समस्या छ ?” “छैन” “ज्वरो कतिको छ ?” “अहिले त ९९रु” “तपाईँको स्वर सुन्दा पनि तपाईँलाई गा¥हो छ जस्तो लाग्दैन । … तर तपार्इँ अस्पतालमै आउन चाहनु हुन्छ भने हामी बेड मिलाई दिन्छौँ । “धेरै नै गा¥हो भयो भने फेरि फोन गर्नुहोला । हुन्न ?” मैले पनि हुन्छ भनेर फोन राखेँ । यति कुराकानीले केही राहत महसुस भयो । त्यसैले तत्कालै अस्पताल जानुपर्ने मनस्थिति बदलेँ । मलाई थाहा छैन, यसको असर के होला ? साँझ देविकालाई फोन गरी बुझ्दा सिभिल अस्पतालमा कोभिडका बिरामीहरूमा पनि यस्तै लक्षण देखिएको सुनाइन् । सङ्क्रमण देखिएको १०÷१२ दिनपछि सामान्य हुँदै जान्छ भनेपछि मात्र केही राहत महसुस गरेँ । मसँगै बेड नं २९ मा बसेको बिरामीमा पनि ममा जस्तै खकारमा रगत देखिएको रहेछ । उसमा पनि ममा जस्तै लक्षण रहेको सुन्दा थप सान्त्वना मिल्यो । मैले बुझेँ कि बिरामी पर्दा रोगका बारेमा लेखिएका रचनाहरू पढ्दा पनि मानसिक तनाब आउने रहेछ । पछि थाहा पाएँ कोभिडका बिरामीको खकारमा रगत देखिने केसहरू धेरै कम रहेको कारण विशेषज्ञहरू के कारणले यस्तो समस्या आएको हो भन्ने निष्कर्षमा पुगिनसकेको रहेछ ।
केन्द्रमा बसेर २-४ वटा किताबहरू पढ्न सकाउँला भन्ने सोचेको थिएँ । तर, वातावरण अनुकुलित नहुनेरहेछ । एकै ठाउँमा बस्नु पर्दा साँच्चिकै गा¥हो हुँदोरहेछ, यति गा¥हो त आन्दोलनको समयमा महिनौँ दिन हिरासतमा बस्नुपर्दा पनि भएको थिएन । साथीभाइ तथा घरपरिवारसँगको बातचित र हिँडडुल गर्न नपाउँदा आफैँमा नैरास्यता तथा थकान महसुस हुँदोरहेछ । अनि साथीहरूलाई सम्झे, विशेषगरी कोभिड भएकाहरू । चिने जानेको कोभिडको सङ्क्रमण पुष्टि भएर सामान्य बनिसकेका साथीभाइ तथा दाइदिदीहरूसँग “आफूले केकस्तो लक्षणको सामना गर्नुपर्यो ?” भनी बुझेँ । सबैजसो असिम्पटमेटिक पाएँ । धेरैले ज्वरोे १÷२ दिन मात्र रहेको बताए । “…तर, मलाई ज्वरो हिजोसम्म नै थियो, लगातार ७÷८ दिन ज्वरोबाहेक अरू खास केही समस्या भएन– जस्तै सुख्खा खोकी, जिउँ दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध थाहा नहुने, छाती दुख्ने, स्वास फेर्न गा¥हो हुने आदि ।” – मनमनै सोचेँ । अधिकांशको एउटै बुझाइरहेछ, “…कोरोना भाइरससँग लड्न शारीरिक र मानसिक हतियार बलियो बनाउनुपर्ने रहेछ । पोषिलो र झोल पदार्थ प्रशस्त खाएर शरीरलाई शारीरिकरूपमा बलियो बनाउने र मानसिकरूपमा आफू ठीक हुन्छु भन्ने आत्मविश्वास बनाउने । पर्याप्त मात्रामा आराम गर्नुपर्नेरहेछ, मनमा अनावश्यक कुराहरू खेलाउनु हुँदैन, बरु दिउँसो निन्द्रा लाग्छ भने १÷२ घण्टा जति सुत्नुपर्नेरहेछ । यो समयमा मानसिक सन्तुष्टि ल्याउने क्रियाकलापमा केन्द्रित हुनु राम्रो रहेछ । मोबाइलमा सूचनामूलक भिडियोहरू हेर्ने, सामाजिक सञ्जालमा व्यस्त हुने, गीतहरू सुन्दै बस्ने …।
कोभिडको लक्षण फरक–फरक सङ्क्रमितलाई फरक–फरक ढङ्गको रह्यो । अघि भनेझँै यसको औषधि त एउटै रहेछ– शारीरिक र मानसिकरूपमा स्वस्थ हुनु । नियमित खाना खाने, खाना पनि रुचिकर बनाउन अमिलो पिरो अचार, प्रशस्त दाल, माछा–मासुजन्य पदार्थ, फलफुलहरूको नियमित सेवन, तातो सुप र प्रशस्त मात्रामा तातो पानीको सेवनले शरिरलाई रोगसँग लड्न बल प्रदान गर्ने कुरा स्पष्ट छ । बिहान बेलुकी दुई समय तातो बाफ लिनु पनि औषधिसरह हुँदोरहेछ । बाफले शारीरिक थकान मेटाउन मद्दत गर्छ । तर, केन्द्रमा बस्दा मैले बाफ लिने अवसर जुरेन । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भिटामिन सी र भिटामिन बी कम्प्लेक्स चाहिने रहेछ । अमिलो अचारहरू, सुन्तला तथा मौसम, कागती–पानी र मौसमी फलफुलहरूले आवश्यक खनिज, पानी, भिटामिन सी र डी प्रदान गर्छ । बिरामी हुँदाको समयमा, विशेषगरी ज्वरो आउँदा खाना रुचिकर नहुने भएकोले बिरामीको रुची र चाहनाअनुसारको खाना उपलब्धता हुनुपर्नेरहेछ । पेट नै खाली रहेमा त सामान्य रोगसँग पनि लड्न नसक्ने तथ्य छँदै छ । … तर, कोभिडका बिरामीहरूको लागि सबै सुविधाहरू आइसोलेसन केन्द्रले मात्र उपलब्ध गराउन सक्दैन । आवश्यक देखिएका आइसोलेसन केन्द्रमा ड्राइफ्रुट, बिस्कुट तथा फलफुलहरू बिरामी स्वयम्ले प्रबन्ध गर्नसक्ने छुट पो दिने हो कि ? यही कुरा आइसोलेसन केन्द्रको व्यवस्थापनमा केही सुधारहरू पो गर्नुपर्ने हो कि भनेर सम्बन्धित व्यक्तिलाई अनुरोध गरेँ । नभन्दै साँझ आइसोलेसन केन्द्र र व्यवस्थापनबारे यहाँ बसेकाहरूको अनुभव र सुझाव सङ्कलनको लागि जुम बैठक हुने लिड्ढ मेसेन्जरमा आयो । “यो हो नि तरिका…।” –मनमनै हर्षित भएँ । भनपाका गुनासालाई सामाजिक सञ्जालको माध्यमबाट लिएर तत्कालै, केही घण्टामै, समाधान गरेका धेरै उदाहरणहरू छन् । समाधान गरेसँगै कति त्यस्ता पोष्टकर्ताहरूको रिपोष्टहरू भाइरल भएका छन् । जनगुनासाहरू यति छोटो समयमै सम्बोधन सायदै कुनै स्थानीय तहमा होला भन्ने लाग्छ । भक्तपुर नगरपालिका त्यतिकै कहाँ सदाचारको टापु कहलिएको हो र ! जुन उपमा हिजो भनपाले प्राप्त गरेको थियो, आज पनि कायमै रहेको छ । यो यहाँका जनप्रतिनिधीहरूको तत्परता र इच्छा शक्ति तथा स्थानीय जनताको अपनत्व र समर्थनको द्योतक हो ।
मेसेन्जरमा जुम बैठकका लिङ्कहरू आउन थाल्यो । कोरोनाको कहरले सामाजिक क्रियाकलापहरू तथा अन्तरक्रियाहरू नभएकोे, साथीसङ्गतिबाट टाढा हुनुपरेको अवस्थामा थप परिवारबाट पनि टाढा रहेर आइसोलेसनमा बस्नुपर्दाको पीडा थप कष्टकर हुनसक्थ्यो । कोभिड महामारीको क्रममा मनोसामाजिक समस्याहरूबाट ग्रसित भएका अनेकौँ समाचारहरू बेलाबेलामा नछापिएका होइनन् । यस अवस्थामा केन्द्रमा भर्चुअल अन्तरक्रियाको सुरुवात भएको छ । यस्ता परामर्शहरू साप्ताहिक गर्नुपर्ने देखिन्छ । आइसोलेसन केन्द्र र होम आइसोलेसनमा बसेका सबै कोभिडका बिरामीहरूलाई पनि समेट्न सक्दो हो भने सुनमा सुगन्ध होला । केन्द्रमा फिजियोथेरापी कक्षा पनि भर्चुअल माध्यमबाटै भयो । दिनभर रातभर एकान्तवासको नाममा एकै ठाउँमा उही बेड र मेचमा मात्र रहँदा पनि शरीरका मासपेसीहरूको लागि जुन शारीरिक अभ्यास वा कसरत चाहिने हो त्यो प्राप्त हुनसक्दैन । यस्तो अवस्थामा आफू बसेकै ठाउँमा रहेर सामान्य कवाजका साथसाथै मेरुदण्डीय र श्वासप्रस्वाससम्बन्धी थेरापीको कक्षा हुनु पनि प्रशंसायोग्य रहेको छ । कोभिडका बिरामीहरूमा विशेषतः श्वाससम्बन्धी समस्याहरू देखिने रहेछ । फिजियोथेरापिष्टबाट केन्द्रमा लामो श्वास तान्ने (Deep breathing), बलपूर्वक खोक्ने (Huffing and Coughing) र छाती फुलाउने ( Chest Expansion)जस्ता आधारभूत अभ्यासहरू प्रदर्शित भयो । फिजियोथेरापिको अनलाइन प्रदर्शित कक्षामा केही बिरामी मात्रको उपस्थिति र त्यसमाथि नेटवर्कको लो व्यान्डविडले गर्दा आइसोलेसन केन्द्रको लागि खुला ठाउँको अभाव महसुस गरेँ । खरिपाटीस्थित विद्युत् तालिम केन्द्रको आइसोलेसनमा बिरामीहरू खुला स्थानमा शारीरिक अभ्यास गर्दा हुन् । भनपाको आइसोलेसन केन्द्रको कौशीमा भए पनि पालैपालो अभ्यास गराउन सकिन्छ ? शारीरिक अभ्यासको लागि जुम्बा, योगलगायतका कक्षाहरू पनि प्रदर्शित गर्न सकेको भए हुन्थ्यो भन्ने पनि लाग्यो । यस प्रकारका अभ्यासलाई नियमित गराउन थप प्रयासहरू गरेमा बिरामीहरू शारीरिक तथा मानसिकरूपले स्वस्थ हुनेछ ।
भर्चुअल माध्यमबाट केन्द्रमा रहेका बिरामीहरूसँग चिकित्सकीय परामर्श कार्यक्रमले पनि “हामी स्वस्थ छौँ” भन्ने मानसिकतालाई अझ दरिलो बनाउन मद्दत गर्यो । आवश्यकताअनुसार बिरामीसँग प्रत्यक्ष परामर्श गर्न सके बिरामीहरूले खुलेर आफ्ना समस्याहरू राख्ने थिए । तथापि भाइटल जाँचको मान टिपोट गराउँदा प्रत्येक दिन स्वास्थ्यकर्मीहरूले बिरामीहरूको शारीरिक अवस्थाबारे बुझ्दछ, जस्तै– ज्वरो छ वा छैन ? शारीरिक थकान छ वा छैन ? टाउको दुख्छ वा दुख्दैन ? राति निन्द्रा लाग्यो वा लागेन ? श्वास फेर्न समस्या छ वा छैन ? खाना स्वादिलो भयो कि भएन ? बिहानीको भाइटल नापको टिपोटमा गुड मर्निङ र रातिको टिपोटमा गुड नाइट भन्नै नछुटाउने । खकारमा रगत देखिएर मात्र होइन होला सायद, मलाई दिन नबिराई डा. लासिवा अथवा डा. चोलेख्वको फोन आए रहन्थ्यो । स्वास्थ्यकर्मीहरूको शिष्ट व्यवहार देखेर मनै हर्षित हुने ¤ रोगसँग लड्न आधाआधी बल त स्वास्थ्यकर्मीहरूको व्यवहारले नै दिंदो रहेछ ¤
मसँगैको बेडमा बस्ने साथीलाई तारन्तार उल्टी आउँथ्यो । सायद उसलाई त्यहाँको भौतिक अवस्थाले साथ दिएन कि ¤ खरीपाटी आइसोलेसनमा त कम्पाउन्डभित्र जहाँ तहीँ डुल्न पाउँछ रे, धुलिखेल अस्पतालको आइसोलेसनमा खानाको सुविस्ता धेरै राम्रो– घरैबाट वा बाहिरबाट खाना ल्याउन सकिने रै’छ भन्थ्यो । उसले यसरी बरोबर गुनासो गर्दा मैले बुझिसकेको थिएँ–उसलाई यो आइसोलेसन केन्द्रभित्र बस्न उकुसमुकुस भइराखेको छ । सुरुका केही दिन मैले पनि त्यही महसुस गरेको थिएँ र बिस्तारै अनुकुलित हुँदै गएँ । “आइसोलेसन केन्द्रको व्यवस्थापन चुनौतीपूर्ण छ । यस्तो नगर्दो हो त आइसोलेसन केन्द्रबाट कोभिडको सङ्क्रमण फैलने सम्भावना उत्तिकै रहन्छ ।” – साथीलाई म यसरी नै सान्त्वना दिन्थेँ ।

कोभिड– १९ पुष्टि भएको असोज २१ बाट पन्ध्रौँ दिन पुग्यो । डब्लूएचओको मापदण्डअनुसार असिम्टोमेटिक कोभिड– १९ को बिरामीले अनिवार्य १४ दिन आइसोलसनमा बस्नु पथ्र्यो र मैले सो समय कटाएँ । आइसोलेसन केन्द्रमा बसेको ते¥हाँै दिनमा डिस्चार्ज हुने खबर आयो । मन एकदमै गडगड भयो, मानौँ मुक्त पन्छीझैँ । आइसोलेसन केन्द्रमा डा. लासिवाले बधाई दिंदै सेकेन्डरी पीसीआर परीक्षण नहुने र अबको एक हप्ता घरबाट बाहिर ननिस्की बस्नु भन्ने सल्लाह दिनुभयो । आइसोलेसन केन्द्रबाट पहिलो नम्बरको डिस्चार्ज पत्र बोकेर म एम्बुलेन्सबाट घर पुगेँ ।

नयाँ वातावरणमा सबैलाई यस्तै हुँदो हो सायद । भनपाले आइसोलेसन केन्द्रको नियममा केही कडाइँ गरेको छ । हामी अनावश्यकरूपमा करिडोरमा निस्कन पाउँदैनौंथ्यो, करिडोरमा ३-४ जनाको जमघट देख्नेबित्तिकै स्पिकरबाट हुलमुल नगर्न जानकारी आउँथ्यो, झ्यालबाट केही फोहर फाले वा टाउको बाहिर निकाली चियाए भने पनि उसो नगर्नु त्यसो नगर्नु भनी सूचना आइहाल्थ्यो । हाम्रा गतिविधिहरू सीसी क्यामेराको निगरानीमा थियो तर कहिलेकाहीँ लाग्थ्यो–खाना पु¥याउन र सरसफाइको लागि सफाइ मजदुरहरू करीडोरसम्म आउँदा हामी कोभिड बिरामीहरू कुनै पनि कारणले बाहिर ननिस्कनु भन्ने खबर स्पीकरले सम्प्रेसन गर्दा लाग्छ के हामी साँच्ची नै छुनै नहुने प्राणी भयौँ र ? हामी स्वस्थ मानिसहरूको अगाडि पर्दैमा कोरोना सार्ने ल्याकत राख्छौँ त ? कर्मचारीहरू पीपीईमा रहँदा पनि यति धेरै ‘डर’ को वातावरण किन ?
सङ्क्रमण समुदाय स्तरमै फैलिसकेकोले पूरै परिवार आइसोलेसनमा बस्नुपर्ने अवस्था आइसकेको थियो । सरकारले कन्टाय्क टे«सिङलाई सीमित गरिसकेको थियो । कोभिडको बिरामीको घरका सदस्यहरूको पनि कन्टाय्क टे«सिङ गर्न स्थानीय नगरपालिकाले आनाकानी गरेको सुन्नु पर्दा ज्यादै खल्लो भएँ । ‘…अनि कसरी हामी रोग निवारणको चुरोमा पुग्न सक्छौँ ?’–मनमनै विचार गरेँ । सङ्घीय सरकारले कन्टाय्क टे«सिङको परिधिलाई सीमित ग¥यो भन्दैमा के स्थानीय सरकार पन्छिन पाउँछ ? आधारभूत स्वास्थ्य तथा सङ्क्रमित रोगको निदानको लागि स्थानिय सरकारले प्रत्याभुत गर्न कुनै कन्जुस्याइ गर्नहुन्न ।
कोभिड– १९ पुष्टि भएको असोज २१ बाट पन्ध्रौँ दिन पुग्यो । डब्लूएचओको मापदण्डअनुसार असिम्टोमेटिक कोभिड– १९ को बिरामीले अनिवार्य १४ दिन आइसोलसनमा बस्नु पथ्र्यो र मैले सो समय कटाएँ । आइसोलेसन केन्द्रमा बसेको ते¥हाँै दिनमा डिस्चार्ज हुने खबर आयो । मन एकदमै गडगड भयो, मानौँ मुक्त पन्छीझैँ । आइसोलेसन केन्द्रमा डा. लासिवाले बधाई दिंदै सेकेन्डरी पीसीआर परीक्षण नहुने र अबको एक हप्ता घरबाट बाहिर ननिस्की बस्नु भन्ने सल्लाह दिनुभयो । आइसोलेसन केन्द्रबाट पहिलो नम्बरको डिस्चार्ज पत्र बोकेर म एम्बुलेन्सबाट घर पुगेँ ।
आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएको आठ दिन घरैभित्र बिताएँ । कोभिडको सङ्क्रमण बढिरहेको छ, कोभिडले हामीलाई चाँडै बिदाबारी गर्ने लक्षण पटकै देखिन्न । समाचार पढिरहेछु – कोभिडबाट सामान्य जीवनमा फर्केकाहरूमा दीर्घकालीन रोग बन्दै ! … र मैले मनचार गरेँ कोभिड फोसिलको रूपमा कसैको शरीरमा नहोस् ।
 

One response to “भक्तपुर नपाको आइसोलेसन केन्द्रमा बिताएका दिनहरू”

  1. Milan K says:

    So impressive article…
    This article is awesome for us which makes us aware of COVID 19.

Leave a Reply

Your email address will not be published. Required fields are marked *