भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
कोरोनाको आक्रमण वा आतङ्क नभएको भए अहिले संसारकै आँखा यही नोभेम्बर ३ तारेखमा हुने संरा अमेरिकी राष्ट्रपतिको निर्वाचनको मतदान, इलेक्ट्रोरल चुनावहरूमा भएका थिए । तर, यसपालाको निर्वाचनमा कोभिड–१९ को आक्रमण प्रत्याक्रमणका कारण ध्यान पनि विभाजित भएको छ । साधारण धेरै अमेरिकी मतदाताहरूको ध्यान निर्वाचनतिर भन्दा कोरोनातिर केन्द्रित भएको छ । तैपनि राजनीति हो निर्वाचनले धेरैलाई छोडेको छैन । मतदानको मिति नोभेम्बर ३ । तर, अक्टोबर अन्तिम दिनसम्म आठ करोडभन्दा बढी मतदाताले मत दिइसके । कति सरल मतदान प्रक्रिया । हुलाकबाट पनि मत दिन पाइने । त्यति सुविधा हुँदाहुँदै पनि सबै मतदाताले मत दिँदैनन् । संरा अमेरिकामा राजनीति सर्वसाधारण जनतामा पुगेको छैन । जनता रोजगारीको निम्ति आफूलाई यति धेरै घोट्नुपर्छ, त्यहाँको अवस्था अब्राहम लिङ्कनको युगको जस्तो छैन । धनीले मात्र राजनीति गर्छ संरा अमेरिकामा । ठूलठूला मोटरकार उद्योगपतिहरू राष्ट्रपति निर्वाचनमा यति धेरै खर्च गर्छन् जसले गर्दा सस्तो रेलवे सेवाको विस्तार गर्ने भन्ने प्रत्याशीले जित्दैन, महँगो करको पक्षवालाले जित्छ । तसर्थ साधारण अमेरिकी राजनीतितिर रूचि राख्दैन । रोजगारी नै प्राथमिकता हुन्छ ।
हारे पनि सत्ता नछोड्ने हो ?
यसपालाका प्रमुख उम्मेदवार जोन बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । अरू पनि उम्मेदवार छन् । तर, उनीहरूको केही लाग्दैन । ट्रम्प सा¥है घमण्डी छन्, जोधाहा पनि छन् । ठूला उद्योगपति तर सरकारलाई कर ठग्न सिपालु । दृष्टान्तका लागि सन् २०१६ र २०१७ मा ट्रम्पले ७५० अमेरिकी डलरमात्र आयकर तिरे रे ¤ त्यसअघिका १५ वर्षमध्ये १० वर्ष त उनले आयकर नै बुझाएनन् रे । यो समाचारको ट्रम्पले सोझै खण्डन त गर्न सकेनन् बरू समाचारमा लेखिएको अङ्क गलत भएको मात्र भनेछन् । अमेरिकामा टार्न नसकिने दुइटामात्र विषय छन्, ती हुन्ः एउटा काल मृत्यु र अर्को हो कर । तर, ट्रम्पले काल त टार्न सक्छन् सक्दैनन् कर भने ठगे । अमेरिकी कर कानुन पनि कस्तो रहेछ जो छल्न सकिने रहेछ । उपमामा डोनाल्ड ट्रम्पले छले भन्ने चर्चा छ । अर्का उम्मेदवार बाइडेनको यस्ता ज्यादती सार्वजनिक भएका छैनन् । कोभिड–१९ लाई ट्रम्पले मास्क लगाउने कुराको सारै उपेक्षा गरे । क्षलोरिडाका चुनावी ¥यालीमा र खुला सभामा हजारौँ मानिस विनामास्क भेला भएका थिए । ट्रम्प कोरोना भो भनी अस्पताल पनि बसे तर ठीक भयो भनी बीचमै अस्पताल छाडे । ट्रम्पले केही महिनाअघि सार्वजनिक गरेका थिए, मतदानमा पराजित भए पनि सरलै सत्ता हस्तान्तरण गर्दैनन् । के भनेको यो ? निर्वाचन जितिहाले छोड्नै परेन सत्ता । तर, पराजित भए पनि सजिलो सत्ता नछोड्ने रे ! कुन दुनियाँको कुरा हो यो ?
यो भेट शिष्टाचार कि अशिष्टाचार
भारतको ‘रअ’ का बडाहाकिम सामन्तकुमार आए प्रधानमन्त्री ओलीसँग मध्यरातमा शिष्टाचार नाम दिएको भेट गरे । भोलिपल्टै गए ! हाम्रा प्रधानमन्त्री दङ्ग छन् सामन्तकुमारले त्यसरी भेट्दा । ओली हाम्रा प्रधानमन्त्री हुन् । उनीहरूका प्रधानमन्त्री को हुन् ? अनुसन्धान गर्नुपर्ने भएको छ यो घटनाले । त्यत्रो लामो समय के के शिष्टाचारका कुरा भए होलान् ! सर्वत्र जिज्ञासा छ । नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । नेपाल आफ्नो सूक्ष्म वा बृहद् दुवै तहको व्यवस्थापन आफ्नै गर्न खोज्छ र गर्न सक्छ पनि । नेपालको सुदूरपश्चिमको त्यत्रो विशाल भाग अतिक्रमण गर्ने, हाम्रो स्वीकृति त कता हो कता सूचनासम्म पनि नगरी चीनको मानसरोवर जाने मोटर बाटो निर्माण गर्ने, त्यो पनि प्रतिरक्षा मन्त्रालयअन्तर्गत । नेपालले त्यो भूमि हाम्रो हो, हाम्रो स्वीकृतिविना किन भारतले सडक बनायो भनी विरोध गर्दा त्यो कुरा अरूले सिकाएर गरेको हो भन्ने प्रतिक्रिया दिने भारतीय प्रमुख सेनापति नेपाली प्रमुख सेनापतिको निम्तोमा भोलि सम्मान थाप्न आउँदै छन् । उनलाई नेपालले स्वागत गर्नुपर्ने ? सम्मान गर्नुपर्ने ? यस्तो प्रावधान भारत स्वतन्त्र भएपछि गरिएको रहेछ । यो कसको अक्कल हो तर राम्रो भने अवश्य होइन । तसर्थ, यो पद्धति खारेज गरौँ । समान राजनीतिक हैसियतका दुई सार्वभौम मुलुकबीच यस्तो व्यवहार उपयुक्त हो र ? सके यसैपल्टबाट नभए यो नै अन्तिम हुने गरी खारेज गरौँ । यसो हुँदा साँच्चै सम्बन्ध सौहार्दपूर्ण हुनसक्छ ।
साँच्चै सँगै नअटाउने हो ?
पूर्वएमाले र पूर्वमाओवादी एकीकरणतिर भन्दा बहुकरणतर्फ निकै अघि बढिसकेका रहेछन् । केपी ओलीले प्रचण्डजीसँग जिज्ञासा राखेछन् र सोधेछन् । प्रचण्डजीले अब सँगै जान सकिन्न कि के हो भन्नुभएको छ । उहाँ आफैले विभाजनको कुरा गर्ने र बाहिर ओलीले फुट ल्याउन खोजे भन्दै हिँड्नुभएको छ, कार्यकारीको कुरा बुझ्न सकिएन । त्यो जुम्ल्याहा अध्यक्षको भेटमा पुष्पकमल दाहालले पनि भनेछन् । प्रधानमन्त्रीको सल्लाहकार समूहका सदस्यले भेटेर प्रदीप नेपाललाई अध्यक्ष बनाउने र ओली नवगठित एमालेको संरक्षक बन्ने प्रस्ताव गरेका रहेछन् । उनीहरू पार्टी फुटाउने मानसिकतामा छन् । भित्रभित्रै नेकपामा राजनीतिक कोरोनाले ग्रस्ट परिसकेको रहेछ । पार्टीभित्रको यो महाभारतको नयाँ पर्व परममित्र सामन्तकुमार आएपछि चरमरूपमा प्रकट भएको हो कि पहिलेदेखिकै हो ? एउटा जिज्ञासा । भारत सरकार नेपालको प्रधानमन्त्री फेर्न चाहन्छ कि ओलीजीकै निरन्तरता चाहन्छ ? त्यो अर्को जिज्ञासा हो । लिम्पियाधुरा क्षेत्र समावेश भएको नेपालको नक्सा प्रकाशन, संविधान संशोधन, अनि नयाँ नक्सा समाविष्ट पुस्तक प्रकाशन । प्रधानमन्त्रीले शिक्षा मन्त्रालयद्वारा प्रकाशित उक्त पुस्तक अकस्मात् वितरण बन्द गरिदिनुभयो । यो काण्ड निकै गम्भीररूपमा उठ्यो । के अब ओली र प्रचण्ड एउटै पार्टीमा बस्न साँच्चै सम्भव छैन त ? सम्भव भए यस्तो बबन्डर किन ? राजनीति सबैका लागि सधैँ दाहिने हुँदैन । यो तथ्य आत्मसात गरे राम्रो ।
१७ कार्तिक २०७७
Leave a Reply