भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
चराको धोती हुँदैन, नकचरोलाई लाज हुँदैन । सत्तारुढ नेकपाका नेताहरूको चर्तिकला देख्दा आजभोलि नेपाली जनता यस्तै अनुभूति गरिरहेका छन् । सत्तारुढ दलका दुई जना अध्यक्षले दिएका अभिव्यक्ति सुन्दा ‘…लाई भन्दा हेर्नेलाई लाज’ भएको छ । नेकपाका दुई अध्यक्षको भेटपछि दुई जनाले आ–आफ्ना पक्षधरहरूबीच ठीकविपरीत सन्देश दिए । ओली भन्छन्, “दाहालले पार्टी फोडौँ भने ।” दाहाल भन्छन्, “ओलीले पार्टी फोडौँ भने ।” भेट्ने मान्छे दुई अनि नतिजा पनि ठीकविपरीत दुई ¤ केटाकेटी झगडा गर्दा झगडिया केटाकेटीले एक आपसलाई दोष देखाउँदै आमाबुबाको वात्सल्य आफ्नोतिर तान्न खोज्छन् । नेकपाका नेताहरूको पनि उस्तै चाला देखियो ।
दुई नेताहरूबीचको झगडाको अन्तिम नतिजा के होला, अहिले नै निश्चय गर्न सकिन्न । किनभने नेकपाका नेताहरूबीच यस्ता झगडा बारम्बार हुने गरेका छन् । अनि अन्ततः आपसमा फुट्दा पस्केको भात पनि खोसिने पिरले मन भाँचिए पनि केही समय मिलेको नाटक गर्छन् । कुन बेला फेरि भाग मिल्दैन अनि आपसमा ङार्रङुर्र गर्न थाल्छन् ।
राजनीति यति निर्लज्ज र विकृत त कहिल्यै भएन । पञ्चहरू आपसमा जतिसुकै झगडिए पनि कम्तीमा पञ्चायत र पञ्चायती सिद्धान्त जोगाउने कर्तव्यबाट उनीहरू च्युत हुँदैनथे । नेकपाका नेताहरू अहिले सारा इज्जत र प्रतिष्ठा त्यागेर लाज पनि लजाउने जालझेल र षड्यन्त्र गरिरहेका छन् । शासक दलभित्रको अहिलेको झगडाको कारण कर्णालीको प्रादेशिक झगडालाई औँल्याइएको छ । तर, मोदीका ‘दूत’ रअका प्रमुख सामन्त गोयलको ओलीसँगको भेटघाट र त्यही समयमा दाहालपुत्रीहरूको दिल्ली भ्रमणलगत्तै नेकपाका दुई मुखियाहरूबीचको द्वन्द्वले उचाइ लिनु ‘काग बस्नु र हाँगा भाँचिनु एकैबाजी’ को संयोगमात्र पक्कै होइन । प्रधानमन्त्रीसँग गोयलको के कुरा भयो ? किन सार्वजनिक गरिएको छैन ? पदीय मर्यादाको कति ख्याल नगरी प्रधानमन्त्री गिरेर किन गुप्तचर प्रमुखसँग भेट्न तयार भए ? त्यही बेला किन दाहालपुत्रीहरू झापाबाट दिल्लीतिर उडे ? दिल्ली बसाइमा उनीहरूको बास कहाँ भयो ? अनि यी सबै दृश्यपछि राजनीतिको मोड कसरी बदलियो ?
दुई नेताहरूबीचको झगडाको अन्तिम नतिजा के होला, अहिले नै निश्चय गर्न सकिन्न । किनभने नेकपाका नेताहरूबीच यस्ता झगडा बारम्बार हुने गरेका छन् । अनि अन्ततः आपसमा फुट्दा पस्केको भात पनि खोसिने पिरले मन भाँचिए पनि केही समय मिलेको नाटक गर्छन् । कुन बेला फेरि भाग मिल्दैन अनि आपसमा ङार्रङुर्र गर्न थाल्छन् ।
घटनाक्रम नियाल्दा नेकपाका दुई अध्यक्ष भारतलाई कसले बढी विश्वासमा लिने दौडमा लागेको स्पष्ट छ । नेपाली जनताले नचाहेर पनि नेपाल अन्तर्राष्ट्रिय र क्षेत्रीय शक्ति सङ्घर्षको चङ्गुलमा फस्दै छ । नेकपा नेताहरू भने यो चङ्गुलमा खुसी खुसी फस्दै छन् । तर, यसबाट अन्ततः डावानलमा धकेलिने नेपाली जनता हो । महामारी अझ राँकिएकै छ । युरोपतिर जाडो लागेपछि महामारी अझ राँकिने भन्दै सरकारहरू पूर्वतयारीमा लागिसके । विश्व स्वास्थ्य सङ्गठन उत्तरी गोलाद्र्धका देशलाई जाडो महिना अझ कठिन हुनसक्ने भनी सजग बनाइरहेको छ । लाज नभएका नेपाली शासकहरू भने यतिबेला भएको थोरै इज्जत पनि गहतको झोलमा फालिरहेका छन् ।
नेकपा जुट्दा जनतालाई के लाभ भएको थियो र अहिले फुट्दा बेफाइदा हुने ¤ जुट्दा नेकपाका नेताहरूको चाकडीमा बस्नेहरूले ‘हात्तीमाथि बसेका महाराजाले फालेका केही असर्फी’ हात पारे होलान् । जनताको चुल्हो त अझ चिसिएकै छ । कोभिड सङ्क्रमित भएर, भएको रोजगारीबाट निकालिएर, ज्यान जोगाउन देश फर्केेका नेपाली युवाहरू आएकै बाटो फर्किनु पर्दा जनता रक्तआँसु चुहाउन बाध्य छन् । अनि, घुम्ने मेचमा बसेका शासक भने आ–आफ्नै डम्फुका तालमा मस्त छन् । मूर्ख शासक निरोका आधुनिक प्रतिरूपहरूको शासनबाट योभन्दा भयावह के नै आशा गर्न सकिन्छ र ? नकचरा शासक दल !
Leave a Reply