कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
पाँचथर, १७ कार्तिक । पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ ।
सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितलाई होम आइसोलेसनमै राखिए पनि फरक नपर्ने अन्य जिल्लाको उदाहरणलाई यहाँ पनि प्रयोग गरिएको छ तर सक्रिय सङ्क्रमित रहेका होम आइसोलेसनमा चिकित्सकीय सुझावअनुसारका संरचना छैनन् । होम आइसोलेसनका लागि आवश्यक पर्ने न्यूनतम संरचनाको अभावले सङ्क्रमण फैलन खतरा बढ्दै गएको छ ।
कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहँदा खाने, बस्ने, सरसफाइ गर्नेसहित दैनिक क्रियाकलाप एक्लै भएमात्रै सङ्क्रमण अन्य व्यक्तिमा सर्ने सम्भावना कम रहने चिकित्सकको सुझाव छ तर यहाँका अधिकांश घर परम्परागत तथा कच्ची छन् । पक्की घरमा समेत एक तलामा एक वा दुईदेखि तीन तलामा एक शौचालय तथा स्नानघर छन् । यस्ता घरमा सङ्क्रमितसहित अन्य व्यक्तिसमेत रहनुपर्ने बाध्यताका कारण सङ्क्रमण व्यापक हुनसक्ने आशङ्का स्थानीयवासीको छ । सहरको रूपमा विकास हुँदै गरेको फिदिमसहित जिल्लाका अन्य बजार शौचालय तथा स्नानघर घरबाहिर छन् । यस्ता स्थानमा बाध्यतावश सङ्क्रमितको अन्य व्यक्तिसँग सम्पर्क हुने सम्भावना रहने स्थानीयवासीको भनाइ छ । सङ्क्रमित तथा कन्ट्याक्ट टे«सिङमा परेकाबाट पर्याप्त सतर्कता अपनाउने गरेको पाइन्न ।
स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी होम आइसोलेसनका लागि उपयुक्त संरचना नभए पनि समुदाय स्वयं सचेत हुनसके सङ्क्रमणको व्यापक फैलावट रोक्न सकिने बताउनुहुन्छ । ‘छुट्टै संरचना नभए सङक्रमितले प्रयोग गरेका सामग्री र स्थानलाई सेनिटाइज गरेर अरूले प्रयोग गर्न सकिन्छ’, सुवेदीले भन्नुभयो । समुदायलाई सचेत तुल्याउने कुरा कुनै एक निकायको जिम्मेवारीमात्रै नरहेको सुवेदीको टिप्पणी छ । “पर्याप्त सचेतना र सजगताका लागि समुदायबाटै ठोस पहल र पालना हुनु आवश्यक छ”, सुवेदीले भन्नुभयो ।
समुदायमा सङ्क्रमण देखिए पनि सतर्कता र सजगता कमजोर रहेको स्वास्थ्य कार्यालयको ठम्याइ छ । “दैनिक भीड हुने सदरमुकामसहितका बजारमा मास्क र स्यानिटाइजरको प्रयोगको अवस्था नै कमजोर छ”, स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीको प्रश्न छ । यहाँका सङ्क्रमितलाई सघन उपचार कक्ष वा भेन्टिलेटर राख्नुपर्ने अवस्था आएमा ज्यानै जानसक्ने खतरा रहेकाले स्थानीय तहहरू तथा सरोकारवाला निकायले उच्च सतर्कता अपनाउन अपिल गर्दै आएका हुन् तर सरकारी निकायको तत्परतालाई समुदायस्तरबाट सहयोग हुन नसक्दा सङ्क्रमण फैलन मद्दत पुगिरहेको छ ।
पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल उपयुक्त संरचनाविहीन होम आइसोलेसनमा सङ्क्रमित बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्थानीय तहद्वारा स्थापित आइसोलेसन तथा अस्पतालको सेवाबाट समेत आम मानिस असन्तुष्ट रहेको नेपालको ठम्याइ छ । कोभिड अस्पतालमा शय्या पाउन भनसुन गर्नुपर्ने अवस्था छ । अध्यक्ष नेपालले भन्नुभयो, “गैरसरकारी क्षेत्रले आवाज उठाउनेभन्दा यो परिस्थितिमा अन्य काम गर्नसक्ने अवस्था छैन ।” कोभिड–१९ लाई समुदायस्तरमा समेत नजरअन्दाज र बेवास्ता गर्न नहुने भन्दै नेपालले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
Leave a Reply