भर्खरै :

बोलिभारियाली क्रान्ति बिथोल्ने योजना वासिङ्टनमा निर्मित

–सर्जियो अलेजान्द्रो गोमेज
संरा अमेरिकाको गैरपरम्परागत युद्धको सिद्धान्तविरोधी देशका सरकारहरूसित त्यही देशका जनतालाई भिडन्त गर्न उक्साउनु रहेको छ । यसरी त्यस साम्राज्यवादी शासनले मैदानमा सेना नउतारिकनै आफ्नो रणनीतिक उद्देश्य हासिल गरिरहेको छ ।
कानुन तोड्ने, समानान्तर सरकार निर्माण गर्ने, वैकल्पिक आर्थिक संस्थानहरू गठन गर्ने, सरकारी अधिकारीहरूलाई हैरान पार्ने, सार्वजनिक तथा निजी सम्पतिहरू ध्वस्त पार्ने, उपभोग्य वस्तु कालोबजारी गर्ने सडकमा उपद्रव मच्याउने, सामाजिक पर्वहरूमा अवरोध गर्ने, झूटा परिचयहरू प्रयोग गर्ने, गिरफ्तारी दिन लगाउने, भोक हड्ताल गर्न लगाउने र राज्यका प्रशासकीय प्रणालीलाई असफल पार्न खोज्ने आदि अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएका विशेषज्ञ जेन शार्पले ४० वर्ष अगाडि नै तेस्रो विश्वका सरकार अपदस्थ गर्न प्रस्ताव गरेका १९८ तरिकामध्ये केही हुन् ।
भेनेजुयलाको बोलिभारियाली समाजवादी क्रान्तिलाई रोक्नका निम्ति सीआईएले यी सबै तरिकाहरू प्रयोग गरिरहेको छ । कुन तरिका प्रयोग गर्न बाँकी छ भनी पत्ता लगाउन मुस्किल छ ।
विगत केही वर्षदेखि निर्वाचित राष्ट्रपति निकोलस माडुरोको सरकारले कथित गैरपरम्परागत युद्धको कार्यान्वयनका असङ्ख्य आक्रमणहरू व्यहोरिसकेको छ । जुन आक्रमणहरू मनोवैज्ञानिक उक्साहट, विरोध प्रदर्शन, सत्ताद्रोह र अनियमित सशस्त्र विद्रोहमा आधारित छन् ।
परम्परागत झडपको विपरीत गैरपरम्परागत युद्धमा अस्वाभाविक रुपमा सुरक्षा निकाय र जनताबीच भिडन्त निम्त्याउन बढावा दिइन्छ । सरकारको कार्य सम्पादन क्षमता कमजोर पार्न कर्मचारीतन्त्रभित्र आफ्नो एजेन्ट प्रयोग गर्छ र कुनै देशमा सैन्य हस्तक्षेप नै गर्न नपर्ने गरी तहसनहस पार्छ ।
सायद यसै किसिमको युद्धकलाको प्रयोग संरा अमेरिका र पश्चिमा शक्तिहरूले लिवियामा मौम्मर गद्दाफीको सरकारविरुद्ध गरेका थिए । विरोधीहरूको गठबन्धन, विदेशबाट सशस्त्र र सैन्य सल्लाहकार, युद्ध मैदानमा फोहोरी खेल गरियो भने त्यस देशमा नेटोले हवाई हमला ग¥यो । साथै बहुराष्ट्रिय व्यापारिक सञ्चारमाध्यमले जनताबीच झूटा प्रचारप्रसार गरे ।
भेनेजुयलाको कथा
भेनेजुयलामा स्वाधीनता पक्षधर नेता ह्युगो चाभेज राष्ट्रपति निर्वाचित हुने क्षितिज देखा परेसँगै सीआईएले आफ्नो फोहोरी खेल थालेको थियो । विश्वको सबैभन्दा ठूलो तेल कुवा रहेकामध्येको एक देश भेनेजुयलामा चाभेज राष्ट्रपति निर्वाचित भएसँगै उनलाई अपदस्थ गर्ने रणनीति पनि सक्रिय पारिएको थियो ।
त्यस देशको चौथो गणतन्त्र भ्रष्टाचार र अनियमितताले पूर्णतया खोक्रो भइसकेको थियो । त्यसको विरुद्धमा भेनेजुयलाका प्रगतिशील जनताले जब बोलिभारको सपना बोकेका चाभेजलाई रोजे, सीआईएले पनि पुराना भ्रष्ट नेताहरूलाई मिल्काएर नयाँ पुस्ताका पूँजीवादी नेतृत्व तयार गर्न मेहनत ग¥यो । अहिलेको प्रजतान्त्रिक एकता गठबन्धनका धेरै दक्षिणपन्थी नेताहरू अमेरिकी विकास सहयोग नियोगले तालिम र आर्थिक सहयोग गरी तयार गरिएका हुन् ।
अमेरिकी विशेष बलको अंग ‘टे«निङ सर्कुलर १८–०१ ले गैरपरम्परागत युद्धका सात विभिन्न चरणको व्याख्या गरेको छ । तीमध्ये अघिल्ला केही चरण ‘मनौवैज्ञानिक तयारी’, ‘जनतालाई सरकारको विपक्षीको रुपमा संगठित गर्नु’ र मैदानमा विशेष सेवा एजेन्टबाट ‘प्रारम्भिक सम्पर्क’ गराउने आदि छन् । अन्य चरणमा सरकारविरोधी क्रियाकलाप विस्तार गराउने, देशलाई सङ्कटकालमा धकेल्ने र त्यस अवधिमा देशमाथि वैध राष्ट्रिय सरकारको नियन्त्रणमाथि चुनौती दिनेलगायत छन् ।
भेनेजुयाली जनताको व्यापक परिचालनबाट २००२ को सत्ता विद्रोहको पराजयपछि पनि भेनेजुयाली दक्षिणपन्थीहरूले सडक नियन्त्रण गर्ने सोच त्यागेका छैनन् । चाभेजले पनि आफ्ना अन्तिम दिनसम्ममा पनि विभिन्न नाममा विरोध र हमलाको सामना गर्नुपरेको थियो ।
मार्च ५, २०१३ मा जब बोलिभारियाली क्रान्तिका नेता चाभेजको निधन भयो र उनको उत्तराधिकारी निकोलस माडुरोले सत्ता सम्हाले दक्षिणपन्थीहरू र तिनका विदेशी सल्लाहकार र सहयोगीहरूले अपाm्नो गैरपरम्परागत युद्धका रणनीतिका सबैभन्दा बढी आक्रमक धुर्तताहरू सक्रिय पारे । तिनीहरूले यसबाट बोलिभारियाली क्रान्तिलाई ढाल्ने आशा राखेका छन् ।

सडक व्यारिकेडभन्दा बढी
अहिले भेनेजुयलाका सडकमा देखिन थालेका ब्यारिकेडहरू र हिंस्रक प्रदर्शनहरूले फेब्रुअरी २०१४ कै दृश्य र लडाइँ (गारिम्बास) को सम्झना गराएको छ, जसमा ४३ जनाले मृत्यु र ८ सयभन्दा बढी घाइते भएका थिए ।
त्यतिबेला विद्यार्थीको भेषमा प्रदर्शनमा उत्रेका अतिपन्थीहरूले मोटरसाइकल चालकहरूलाई लडाउनका निम्ति सडक वारपार नदेखिने रंगका तारहरू बाँध्ने, र सार्वजनिक सम्पतिहरू ध्वस्त पारेर राज्यलाई करोडौं डलरको क्षति पु¥याउने दुष्कार्य गरेका थिए । ती गतिविधिको एउटै उद्देश्य देशलाई पीडा दिई पक्षघात गर्नु थियो ।
पछिल्लो हिंसाको लहर झन् बढी संगठित, नियोजित र विस्तृत भएको देखा पर्छ । तीमध्ये केही दृश्यहरू त पूर्णतया विवेकहीन खालका छन्, जहाँ तर्कको कुनै औचित्य छैन ।
सशस्त्र विपक्षी झुण्डले ‘ह्युगो राफेल चाभेज फ्रियाज मातृ तथा शिशु अस्पतालमा गरिएको आक्रमण कुनै अर्थमा पनि क्षम्य छैन । ५४ जना आमा तथा शिशुहरूको उपचार भइरहेको अस्पतालमा गरिएको आक्रमण अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधको निम्ति मुद्दा चलाउनलायक अपराध थियो ।
हातमा फलामे रड, घरेलु हतियार, ढुंगा तथा ढाल बोकेर, ग्यास मास्क लगाएर र ज्वलनशील वस्तु बोकेर संगठित उपद्रोवमा निक्लेका धेरैलाई पहिचान गर्न मुश्किल छ । त्यही उपद्रोवलाई शान्तिपूर्ण प्रदर्शन भनिएको छ । यी युवाहरू किन यस्तो लडाइँका निम्ति तयार पारिए ?
भेनेजुयाली सरकारले हालै सार्वजनिक गरेको एक भिडियो दृश्यमा एक दर्जन उपद्रोवी युवाहरू नकाव बाँधेर, पेट्रोल बम बनाएर, प्रदर्शनका नाममा पूर्वी काराकसको अल्टाभिरा नगरमा आतङ्क मच्चाउन निक्लन्छन् ।
कयौं विपक्षी नेताहरूसँग सम्पर्क रहेका निक्सन लिलको गिरफ्तारीपछि भेनेजुयाली उपराष्ट्रपति तारेक एल इस्सामीले काराकस र महत्वपूर्ण सहरहरूमा सरकारी सुरक्षा फौजसित भिडन्त गर्न कसरी सशस्त्र झुण्डहरू तयार गरिएका थिए भनी प्रमाण सार्वजनिक गर्नुभएको छ । ती सबले स्पष्ट रुपमा कथित गैरपरम्परागत युद्ध रणनीति पाइला पाइलामा प्रयोग भएको देखाउँछ ।
सरकारी अधिकारीमाथि खतरा भौतिक मात्र होइन बरु उनीहरूको चरित्रत्या गर्ने स्थानीय रुपमै निर्मित ‘पुपुटोभ्स’ नामक बमहरूको आतङ्क पनि फैलाइएको छ ।
प्रतीकात्मक युद्ध र झूटा समाचार
गैरपरम्परागत युद्ध सफल बनाउने साँचाको रुपमा त्यसको एक पक्ष भनेको सञ्चारमाध्यमको प्रयोगद्वारा झूटा घटनाहरू सिर्जना गर्नु हो । विभिन्न सञ्चारसाधनले भरिएको समाचारमा जहाँ धेरैले सामाजिक सञ्जाल प्रयोग गर्छन् आफ्नो घरभन्दा केही मिटर पर के भइरहेको छ भनी थाहा पाउन नसकिने गरी झूटा हल्ला÷घटना प्रचार गरिन्छ ।
धेरैपटक सडकमा वास्तविक घटना भएको भन्दा धेरै नै खतरनाक रुपमा युद्ध भूमिको जस्तो दृश्य सम्पादन गरी देखाइदिन्छ जहाँ सर्वसाधारण जनताले सत्य र गलत छुट्याउन कठिन हुन्छ ।

भेनेजुयाली दक्षिणपन्थीहरूको बीचमा परम्परागत रुपमै व्यक्तिगत स्वार्थको गहिरो खाडल छन् । तिनीहरू एकातिर सत्ता शक्तिको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् भने अर्काेतिर वासिङ्टनमा सीआईएका विशेषज्ञहरूले लेखेको त्यस गैरपरम्परागत युद्धको पटकथाअनुसार एकीकृत भएर भेनेजुयाली जनताविरुद्ध आक्रमण गरिरहेका छन् । तिनीहरुको साझा विन्दु भनेको हिंसात्मक क्रियाकलाप हो ।

त्यस्तै एउटा झूटा घटनाका बारेमा भेनेजुयाली सरकारले पर्दाफास गरिदिएको छ । विश्वभर प्रचार भइरहेको त्यस घटनामा दुई भेनेजुयाली युवालाई नौ ताचिरा राज्यको एक रुपखमा बाँधिराखेको हुन्छ । तिनीहरूमाथि शारीरिक यातना दिइएको निलडाम पनि देखाइन्छ । त्यसलाई कयौं पूँजीवादी सञ्चारमाध्यमले चाभेजवादी समूह जिम्मेवार घटनाको रुपमा समाचार दिन्छन् । जब कि त्यो घटना अपराधिक झुण्ड आफैले युवाहरू अपहरण गरी यातना दिई खिचेको हुन्छ । तर पूँजीवादी सञ्चारमाध्यमहरू आफै न्यायाधीश बनी भेनेजुयाली सरकार र जनतामाथि दोष थोपर्दै निन्दा गर्न भ्याइहाल्छन् ।
अन्तर्राष्ट्रिय व्यापारिक सञ्चारमाध्यमहरूले के समाचार दिने भने छनौटलाई पनि तिनीहरूले हतियारको रुपमा प्रयोग गरेका छन् । जब काराकसका सडकमा केही दर्जन अर्ध शसस्त्र उपद्रोवीहरू सुरक्षाकर्मीहरूमाथि आक्रमण गरिरहेका हुन्छन्, त्यही बेला सडकको अर्काे भागमा राष्ट्रपति निकोलस माडुरोको समर्थनमा दसौं लाख जनता प्रदर्शन गरिरहेका हुन्छन् । तर दक्षिणपन्थी र विदेशी पूँजी नियन्त्रित टेलिभिजनच्यानलका क्यामरा त्यता सोझिदैनन्, बरु एकोहोरो दमनका झूटा दृश्य सिर्जना गरेर आफ्नो च्यानलमा प्रशारण गरिरहन्छन् ।’
समाधान
भेनेजुयाली दक्षिणपन्थीहरूको बीचमा परम्परागत रुपमै व्यक्तिगत स्वार्थको गहिरो खाडल छन् । तिनीहरू एकातिर सत्ता शक्तिको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् भने अर्काेतिर वासिङ्टनमा सीआईएका विशेषज्ञहरूले लेखेको त्यस गैरपरम्परागत युद्धको पटकथाअनुसार एकीकृत भएर भेनेजुयाली जनताविरुद्ध आक्रमण गरिरहेका छन् । तिनीहरुको साझा विन्दु भनेको हिंसात्मक क्रियाकलाप हो ।
सडकमा निस्केर गरेको हिंसालाई तिनीहरूले ‘गारिम्वास’ भन्ने गरेका छन् । जुन ल्याटिन भाषामा ‘कर्तव्यपूर्ण लडाइँ’ भन्ने हुन्छ । तिनीहरूको गारिम्वासका कारण कयौं निर्दाेषहरूसहित ४० जनाभन्दा बढीको ज्यान गइसकेको छ । तिनीहरूलाई राष्ट्रपति माडुरोको सरकारले पटक पटक गरेको संविधानसभामा सहभागी हुने आह्वानलाई अस्वीकार गरिरहेका छन् । तिनीहरूको निम्ति स्वीकार्य समाधान भनेको बोलिभारियाली क्रान्ति र सुधारलाई कुनै पनि माध्यम र परिणाम भए पनि पूर्णतथा अन्त्य गर्नु भएको बताउँछन् । जुन बहुमत भेनेजुयाली जनतालाई स्वीकार्य छैन । भेनेजुयालाको यथार्थलाई बढेको र दसौं लाख जनताको भाग्य परिवर्तन गरेको ह्युगो चाभेजको सुरु गरेका सामाजिक परियोजना निरन्तरता अहिले खतरामा पार्न खोजिएको छ ।
भेनेजुयलाको सडकमा दक्षिणपन्थी विपक्षीहरूको सफलता अमेरिकी साम्राज्यवादीहरूका निम्ति गैरपरम्परागत युद्धकला प्रयोगको निम्ति उदाहरण बन्नेछ । ल्याटिन अमेरिकी देशहरूमा वासिङ्टनले गर्दै आएको हस्तक्षेप गराउँदै आएको सत्ता विद्रोह र गुप्त कारबाहीहरूको अर्काे नयाँ उदाहरण र इतिहास बन्नेछ ।
प्रस्तुतिः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *