अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
स्नातक उत्तीर्ण गरिसकेपछि कृष्ण लासिवाख्यो वाम राजनीतिमा निकै सक्रिय भए । उनका साथीहरूले एकदिन कृष्णसँग सोधे, “राजनीति भनेपछि कुरै नसुन्ने मान्छे, अहिले अपर्झट किन राजनीतिमा सक्रिय ?”
कृष्ण यसरी उत्तर दिन्थे — ‘‘हेर भाइ हो, बीए नै पास नभइकन राजनीतिमा लाग्यो भने केही नजान्ने मान्छे कति जान्ने भएको, ओठभन्दा दाँत बाहिर निस्केको मान्छे भनेर जिस्काउँछन् । त्यसैले मैले पहिला पढेको हुँ । राजनीति गर्नु भनेको मन्त्री हुनलाई हो ।’’ मानिसहरूले उनलाई ‘कृष्ण नभनीकन कृष्ण दाइ’ भन्न थाले ।
मानिसहरू ऊसँग सोध्थे — ‘‘पहिला पहिला भए देशमा समाजवाद ल्याउनुपर्छ, पद र पैसा भनेको केही होइन । मन्त्री बन्नलाई राजनीति गर्ने होइन भन्थ्यो । तर, अहिले त कुरा फरक भयो किन ?’’
‘‘पहिला पहिला मलाई पनि केही थाहा थिएन । २/३ पटक जेलमा परेपछि, जेलभित्र परेकाहरूसँग सल्लाह भयो— मन्त्री भइसकेपछि सबैले यो त जान्ने बुझ्ने मान्छे होला भनेर कर्मचारी, प्रहरी, साहुमहाजन, प्राध्यापक, शिक्षक, नातागोता, सबैले ‘मन्त्रीज्यू’ भनेर मान सम्मान गर्छन् । फेरि हाम्रो कुरा पनि सुन्छन् । पहिला मैले यस्तो कुरा बुझेको थिइनँ । दुईचार पल्ट जेलमा परेपछि मात्रै यस्तो बुद्धि पलायो ।’’ कृष्णले गम्भीर भएर भने ।
पुराना मान्छेहरूले अब राजनीति गरेको सार पाउन एकचोटि मन्त्री पाउने भयो भनी टोलटोलमा गाइँगुइँ गर्न थाली । ‘समाजवाद’, ‘क्रान्ति’ र साम्यवाद भन्ने शब्द नै नबुझेका मान्छेहरूले उनको कुरा हो भन्छन् । नयाँ पुस्ताका युवाहरू र पढेलेखेका मानिसले उनको कुरालाई भ्रष्ट, बिग्रेको कुरा र कुहेको विचार भन्थे ।
यस्तो कुराबारे उनीसँग सोधेमा — ‘‘तिमीहरू केही बुझ्दैनौ, पछि बुझ्दै जान्छौ’’ भनी जवाफ दिन्थे । विस्तारै ‘तिमीहरूलाई केही थाहा छैन!’ भन्ने उनको थेगो जस्तै हुन थाल्यो ।
अब पीठ–पछाडि ‘कृष्ण दाइ’ भन्नुको सट्टा ‘तिमीहरूलाई केही थाहा छैन ¤’ आयो भन्न थाले । कृष्णले कुरा फेर्न थालेको भित्री रहस्य थाहा पाउन एक दुईजना राम्रा कार्यकर्ताले सल्लाह गर्न थाले । कुरो के हो ? भन्ने पनि पत्ता लाग्यो ।
टोलमा ‘राम दाइ’ भन्ने एकजना बुज्रुक थिए । उनी पसले थिए । जब जब कृष्ण जेलबाट निस्कन्थ्यो तब तब उसलाई ‘‘ओहो ! कृष्ण तपाईं आउनुभयो ? आउनुस्, बस्नुस्, मुख मिठ्याएर जानुस्’’ भन्दै राम दाइ मिश्री, नरिवलका टुक्रा दिन्थे । अनि खाँँदै बस्दै गर्दा राम दाइ भन्थे —‘‘कृष्ण भाइ तपार्इँ टोलमा पहिला बीए पास गर्नुभएको मान्छे, मास्टर पनि भइसक्नुभएको, त्यसैले समाजमा तपाईँको अति नै महत्व छ । अब नगर्नुपर्ने काम गरी सक्नुभयो । बीचैमा छोड्ने त कुरै भएन । एक दुईपल्ट जेलमा बसी सकेपछि त्यसैको मूल्याङ्कन गरी एकपल्ट त कसो मन्त्री नबनिएला ? दश कक्षा नै नपढेका मान्छे त मन्त्री भएको छ भने कृष्ण भाइले त बीए पास गर्नुभएको छ ।” यसरी कृष्णलाई फुलाउनुसम्म फुलाइँछ । राम दाइका आफन्त, नातागोताहरू सबै टोल—टोलका गुप्त कुराहरू पु¥याउने रहेछन् । यो कुरा कृष्णलाई थाहा छैन ।
कुनै कुनै टोलमा एक दुई समूहले उनलाई असाध्यै राम्रो मान्छ, दुःख गरेको मान्छे, जेलनेल भोगिसकेका, बीए पास गरेका भनी निकै प्रचाररप्रसार गरियो । टोल—टोलमा युवा पुस्ताहरूले दाइकै थेगो चल्यो —“तिमीहरूलाई केही थाहा छैन !”
सोझा सिधा जनताको मनमा कृष्ण दाइ सा¥है जान्ने बुझ्ने, गम्भीर साहित्य पढेका, धेरै ठाउँमा सङ्गठन गरेका, जिल्ला जिल्लामा र विदेशमा समेत जाने कार्यकर्ता हो । साँच्चै भन्ने हो भने कृष्ण दाइले जनताको साहित्य पढ्ने, सङ्गठनको काम गर्ने, जनताको सेवा गर्ने काम छोडी सकेका छन् । उनी त फेरि जेल पर्ला भनेर भागाभाग गरिरहेका थिए । टोल टोलमा युवा समूहहरूमा कुरा चल्दा वास्तविकता थाहा भयो ।
राम दाइसँग दिन नबिराई कृष्णले सल्लाह लिन्थे । भेटघाट गर्थे । त्यतिबेला राम दाइले कृष्णको कान फुक्ने गर्थे । “हेर कृष्ण भाइ संस्कृतमा एउटा भनाइ छ — आफू भलो त जगत भलो । सम्पत्तिमा सबैको हाइ हाइ, विपत्तिमा कोही छैन दाजु भाइ’ भन्ने कुरा त मैले भन्नु नपर्ला ।
साथीहरूको केही भर छैन । पार्टी सङ्गठनको विश्वासमा मात्र बस्नुहुँदैन । आफूसँगै सानोमा गुच्चा खेलेका साथीहरू कति अहिले इँटा भट्टाका साहुमहाजन भए । विदेशी महँगा गाडी कम्पनीका दलाल भएर वर्षमा करोडौँ पैसा कमाउँछन् । कतिपयले ठूल्ठूला भवन बनाएर, घरभाडा बहालमा उठाई महिनाको लाखौँ आम्दानी गर्छन् । माथिल्लो ओहदाका सेना, प्रहरी, गुप्तचर विभाग, उद्योग—वाणिज्य मन्त्री भई ठूल्ठूला होटल गर्न थाले । आफ्नै साथीहरू कतिपय बैङ्कमा मेनेजर बने । कतिपय घर जग्गा कारोबारमा लागी करोडौँ करोड कमाए । जाबो खानेपानी बेचेर महिनामा बीस—पच्चीस लाख कमाउँदै बसेका धेरै छन् ।
तपाईंसँगै पढेका साथीहरू सबै कोही हेडमास्टर र प्रोफेसर बने । तिनीहरूले कहिल्यै जेल जानु परेन, दुःख पनि खानु परेन । तिनीहरू पनि ‘प्रगतिशील’ र ‘परिवर्तनवादी’ कृष्ण भाइ पनि ‘प्रगतिशील’ र ‘प्रगतिवादी’ कसरी कुरा मिल्ला ? तिनीहरूले महिनामा तीस चालिस हजारभन्दा बढी कमाउँछन् । तिनीहरूको जहान परिवारको जीवनस्तर राम्ररी चलेकै छ । छोराछोरीलाई ठूल्ठूला नाम चलेका विद्यालयमा पढाउन पनि पाएकै छन् । हेर त कृष्ण भाइ, तपाईंको त छोराछोरी पनि साना साना छन् । पटक–पटक जेलमा पर्दा बिवाह गर्न नि ढिलो भयो । तपाईंलाई के ती प्राध्यापक, प्रिन्सिपल, हेडमास्टरहरूले केही सहयोग गरेका छन् त ? तपाईंलाई व्यक्तिगतरूपमा सहयोग नगरे पनि सङ्गठनलाई त सहयोग गरेका होलान् नि ! कतिजना त तपाईंहरूकै अस्पतालमा डाक्टर भएर काम गरिरहेका छन् ।”
कृष्णले अलि झर्केर भने — “तिनीहरूले पार्टीलाई पनि सहयोग गरेका छैनन् । व्यक्तिगतरूपमा कसैलाई पनि सहयोग गरेका छैनन् ।” त्यति कुरा सुन्ने बित्तिकै राम दाइले चाल पाए — “यो पार्टीको बलियो कार्यकर्ता होइन । यहाँको सङ्गठन भित्रीरूपमा बलियो छैन ।”
राम दाइले भने— “त्यसैले भनेको, साथीहरूको केही भर छैन । पार्टी सङ्गठनको विश्वासमा मात्र बस्नुहुँदैन । आफूसँगै सानोमा गुच्चा खेलेका साथीहरू कति अहिले इँटा भट्टाका साहुमहाजन भए । विदेशी महँगा गाडी कम्पनीका दलाल भएर वर्षमा करोडौँ पैसा कमाउँछन् । कतिपयले ठूल्ठूला भवन बनाएर, घरभाडा बहालमा उठाई महिनाको लाखौँ आम्दानी गर्छन् । माथिल्लो ओहदाका सेना, प्रहरी, गुप्तचर विभाग, उद्योग—वाणिज्य मन्त्री भई ठूल्ठूला होटल गर्न थाले । आफ्नै साथीहरू कतिपय बैङ्कमा मेनेजर बने । कतिपय घर जग्गा कारोबारमा लागी करोडौँ करोड कमाए । जाबो खानेपानी बेचेर महिनामा बीस—पच्चीस लाख कमाउँदै बसेका धेरै छन् । त्यसैले कृष्ण भाइ माया नमारी बरोबर आउनु ल ! हामी यसरी नै सरसल्लाह गरौँला ! मैले सकेको सहयोग गरौँला ! अरू सङ्गठनका अरू साथीहरूको कति भलाइ सोचेर काम गर्नु ! अब त आफ्नै हितमा लाग्नु बेस होला !”
कृष्ण घरबाट बाहिर निस्कन छोडे । टोलमा बस्न छोडे । टोलका मान्छेहरूसँग पनि कुरा गर्न छोडे । त्यसको गुरु र आम्दानीको स्रोत राम दाइ भए । नयाँ पुस्ताले कृष्णलाई चिनेन । पुरानो कार्यकर्ताले बोल्न छोडे । केही वर्षपछि मनोरोगले बिते ।
त्यसो भए तापनि नयाँ नयाँ एम.ए वा पीएचडी गरेका, एक दुई जना धेरै पैसा कमाउन बसेका बुद्धिजीवी भनाउँदाहरूले अरूहरूलाई ‘तिमीहरूलाई केही थाहै छैन’ भन्दा आँखा झिम्काउँदै व्यङ्ग्य गर्दै भन्थे — “नयाँ कृष्ण दाइ नि …!”
Leave a Reply