भर्खरै :

गुप्तचर विभाग प्रमुख पनि ‘विशेषदूत’ !

प्रधानमन्त्री केपी ओली विवादास्पद नेता हुन् । उनमा अभिमानी छ । आफूलाई उनी सब थोकको जानकारी भएको बताउँछन् । उनी ठूला ठूला कुरा खोक्छन् तर साना काम पनि गर्दैनन् । प्रम भएकाले उनी आफूलाई सरकारको एकमात्र हकदार ठान्छन् । सरकारले गर्ने कुनै काम कसैसँग छलफल गर्न नपर्ने, पार्टीको परामर्श लिन नपर्ने ठान्छन् उनी । पार्टी अध्यक्ष पनि भएकाले आक्षनो स्वीकृतिविना पार्टीले केही गर्न नहुने, नसक्ने विचार पनि उनी व्यक्त गर्छन् । आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वपूर्ण सवालमा पार्टी या अध्यक्षको स्वीकृति लिन नपर्ने तर आफू मनपरी गर्न पाउने विचारका उनी अहङ्कारी हुन् । भारतीय गुप्तचरसँग गोप्य वार्ता गर्न उनले पार्टीलाई खबरै गरेनन् । गुप्तचरसँग सुटुक्क भेटेर पदको मान मर्यादा, आचरण र प्रतिष्ठाको उनले वास्तै गरेनन् । यसै विषयमा प्रम ओली पछिल्लो पटक विवादमा परे । यो भेटघाटलाई ओलीको कुनै पनि काम कारबाही आँखा चिम्ली समर्थन गर्ने नेता, मन्त्री र सांसदहरूले बाहेक नेकपाका आक्षनै अन्य नेता, मन्त्री र सांसदहरूले विरोध गरे ।
भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई भारतीय प्रधानमन्त्री मोदीले ‘विशेषदूत’ भने । गुप्तचर संस्थाका प्रमुख पनि कहिल्यै विशेषदूत हुन्छ ? जो कोही व्यक्तिलाई ‘विशेषदूत’ को उपाधी दिएर पठाउँदैमा नेपालका प्रम ओलीले भेट्न मिल्छ ? गुप्तचर प्रमुखसँग भेटेर प्रम किन आक्षनो वजन घटाउँछन् ? उनी किन आक्षनो इज्जत र प्रतिष्ठाको ख्याल गर्दैनन् ? के प्रम ओली भारतीय प्रम मोदी या गुप्तचर विभाग प्रमुखका विश्वासपात्र हुन् ? राजनीतिक विश्लेषकहरू नेपालका शासक दलका नेता, मन्त्री र सांसदहरूमा शिष्टाचारको जानकारी नभएको कुरा बेलाबखत बताउँछन्, कुरा यथार्थ हो रहेछ ।
गुप्तचर विभाग प्रमुखलाई भारतीय प्रम मोदीले विशेषदूत भनेपछि प्रम ओली मख्ख पर्दारहेछन् । ‘विशेषदूत’ सँग भेट्नैपर्ने उनले निक्र्योल गरे र भेटे । के दुई देशको सम्बन्ध सुधारबारे गुप्तचर विभागसँग कुराकानी हुन्छ ? भारत सरकारको एक कर्मचारी त्यो पनि गुप्तचर विभाग प्रमुखसँग दुई देशको सम्बन्ध विस्तारबारे कुरा गर्ने हैसियत हुन्छ ? प्रम ओली त्यति गिरेर, आक्षनो मान मर्यादा छोडेर भारतीय शासकहरूको सेवक बन्न किन खोजेका हुन् ? गुप्तचर विभाग प्रमुखले कालापानी, लिम्पियाधुरा, लिपुलेक र अन्य क्षेत्रमा नेपाली भूमि मिचिएको सम्बन्धमा नेपाली प्रम ओलीसँग कुरा गरेका होलान् ? गुप्तचरसँगको भेटले के दुई देशको सम्बन्ध अझ प्रगाढ हुन्छ ? दुई देशबीचको मतभेद शिथिल हुन्छ ? अन्तरविरोध अन्त्य हुन्छ ?
भारतीय गुप्तचर प्रमुखसँग त गुप्तचर परिचालनसम्बन्धी पो छलफल हुन्छ । प्रम ओलीसँग गुप्तचरहरू परिचालनसम्बन्धी के कति ज्ञान र अनुभव छ ? भारतीय गुप्तचर प्रमुखको नेपालको गुप्तचर प्रमुखसँग बातचित गराएको भए पनि अर्को कुरा । तर, देशको हालको राजनीतिक स्थिति हेर्दा गुप्तचरसँग भेटघाट गर्नुपर्ने आवश्यकता पनि छैन, समय अनुकूल पनि छैन । तर, प्रम ओलीले किन गुप्तचरसँग भेटे, गुप्तचरसँग भलाकुसारी गरे ? के यो प्रम भारतीय गुप्तचरसँग झुक्नु होइन ? कतै प्रम ओलीको मन अस्थिर भएको त होइन ? प्रम ओलीले आफूलाई सर्वथोक सम्झेर के गर्ने ? उनले धेरै विराम गरेका छन् । समयमै सच्चिनु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *