आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
मिनिआपोलिस, ४ नोभेम्बर । संरा अमेरिकाको प्रतिनिधिसभामा इल्हान ओमार दोस्रो कार्यकालको लागि विजयी भएकी छिन् । उनी मिनिसोटाको मिनिआपोलिस राज्यको क्षेत्रबाट निर्वाचित भएकी हुन् ।
३८ वर्षकी ओमारले रिपब्लिकन प्रतिस्पर्धी अफ्रिकी अमेरिकी व्यापारी लेसी जोनसनलाई पराजित गरेकी हुन् । विजेता ओमारले ६४.६ प्रतिशत मत हासिल गरिन् भने उनका प्रतिस्पर्धीले २५.९ प्रतिशत मत हासिल गरे ।
संरा अमेरिकी प्रतिनिधिसभामा निर्वाचित हुने ओमार प्रथम सोमाली अमेरिकी सदस्य हुन् । साथै सन् २०१८ मा प्रतिनिधिसभामा निर्वाचित हुने सुरुका दुई मुसलमान महिलामध्ये एक जना हुन् ।
उनी डेट्रोटकी रशिदा त्लाब, न्युयोर्क सिटीकी अलेक्सान्द्रिया ओकासिओ–कोर्टेज र बोस्टनकी एन्ना प्रेसले चार जनाको प्रगतिशील प्रजातान्त्रिक सांसदहरूको समूहकी सदस्य हुन् । ओमारसहित चार जनाले संसदमा युवा र प्रगतिशील राजनीतिक नेताको अलग परिचय बनाउँदै आएका छन् ।
कुनै बेलाकी सोमालियाली शरणार्थी उनी पहिलोपटक सन् २०१६ मा मिनिसोटाको व्यवस्थापिका सदस्यमा निर्वाचित भएकी थिइन् । उदार मुद्धा, इजरायलविरोधी टिप्पणी र संरा अमेरिकी राष्ट्रपति ट्रम्पप्रतिको कडा आलोचनाको कारण उनी चर्चित छिन् ।
उनीविरुद्ध राष्ट्रपति र रिपब्लिकन दलका अन्य सदस्यहरूले पनि कडा आलोचना गर्ने गरेका छन् । गत महिना ओमारले ट्रम्पलाई ‘जातिवादी’ भनी विरोध गरेकी थिइन् । ट्रम्पले आफूलाई अमेरिकी नभएको भनेपछि उनले त्यस्तो प्रतिक्रिया दिएकी थिइन् ।
साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग अमेरिकी मित्रताको उनले कडा विरोध गर्ने गर्छिन् ।
Leave a Reply