जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
अगस्ट महिनाको अन्त्यतिर पञ्जाबको चथा ननहेरा गाउँमा दुई जना व्यक्तिको स्वाबमा कोभिड–१९ देखियो । स्वास्थ्य केन्द्रले उनीहरूलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दा उनीहरूले ठाडै अस्वीकार गरे ।
त्यसको केही दिनपछि चथा ननहेरा गाउँको स्थानीय गुरूद्वाराले कोही पनि गाउँलेलाई कोभिड–१९ परीक्षण नगराउन उर्दी जारी ग¥यो । स्वास्थ्यकर्मीहरूलाई त्यहाँ परीक्षण गर्न रोक लगाइयो । सेप्टेम्बर ९ मा बीबीसीले त्यसो हुनुको खास कारण पत्ता लगायो । ‘पञ्जाबमा कोरोना भाइरस भनेको हल्ला भएको, कोभिड–१९ सङ्क्रमण नभएका मानिसहरूलाई समेत स्वास्थ्य केन्द्रमा लगिएको, ती स्वास्थ्य केन्द्र वा अस्पतालमा लगिएका मानिसहरूको हत्या गरी शरीरका अङ्ग निकालिने गरेको’ हल्ला व्यापक रूपमा फैलिएको थियो ।
यस्ता हल्लाको शृङ्खलाले गम्भीर प्रश्न उठायो । भारत र संसारका अन्य देशहरूमा कोभिड–१९ परीक्षण गर्न आवश्यक सामग्री र प्रयोगशालाको अभावबारे छलफल र बहस चलिरहेको बेला मानिसहरू नै रोगको परीक्षण गराउन नचाहेपछि के गर्ने होला ? यस परिस्थितिमा परीक्षणको माग नै कम हुनु कुनै आश्चर्यको विषय होइन । संसारभर नै जनस्वास्थ्य क्षेत्रमा सुधारको लागि नमुना नै कम मात्र सङ्कलन हुनु सबभन्दा मूल अवरोध भइरहेको छ ।
विडम्बना ¤, परीक्षण गर्न नमान्नु कोभिड–१९ नियन्त्रण र रोकथामको लागि मात्र गम्भीर समस्या होइन, बरू सर्वसाधारणसँग प्रश्नोत्तरमा आधारित सर्वेक्षण गर्न समेत चुनौतीपूर्ण भएको छ । अधिकांश मानिस यो विषयमा प्रतिक्रिया नै दिन तयार हुँदैनन् ।
परीक्षण गर्न किन मान्दैनन् ?
समस्याको मूल जरोसम्म पुग्न हामीले पञ्जाब सरकारसँगको सहकार्यमा जुलाई महिनाका सुरूका दुई साता पञ्जाबको खररमा एउटा नमुना परियोजना सञ्चालन ग¥यौँ । त्यत्तिबेला कोभिड–१९ को सङ्क्रमण भर्खर सुरूवाती चरणमा थियो । खररका केही मानिसमा मात्र कोभिड–१९ भेटिएको थियो । धेरै सङ्ख्यामा रोगका लक्षण नदेखिएका सङ्क्रमित हुनु र त्यस्ता रोगका लक्षण नदेखिएका सङ्क्रमितबाट समाजमा धेरैलाई सङ्क्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राखी हामीले कोभिड–१९ को जोखिमका सामाजिक आयामहरू पहिल्याउन विशेष चासो देखायौँ । जसको धेरै मानिससँग भेटघाट हुन्छ, उसलाई नै सुरूको चरणमा सङ्क्रमण हुने सम्भावना प्रबल हुन्छ ।
हामीले ५० वटा निर्वाचन बुथका ५ सय घरमा अध्ययन गर्ने निधो ग¥यौँ । कोभिड–१९ सङ्क्रमित फेला परेको निर्वाचन बुथ क्षेत्र, धेरै कोभिड–१९ सङ्क्रमित भएको खबर गरेका मोबाइलको टावर रहेको क्षेत्र र परीक्षण केन्द्रको दूरीलाई हामीले घरधुरी छनोटको आधार बनायौँ ।
पञ्जाब सरकारले चुनिएका हरेक घरमा आफ्ना कर्मचारी खटायो । ती घरमा उनीहरूले छोटो सर्वेक्षण गरे । घरमा सबभन्दा बढी अरू मानिसको सम्पर्कमा जाने व्यक्तिसँग प्रश्नोत्तर गरिएको थियो । सर्वेक्षणमा उनीहरूको उमेर, पेशा, घरमा ज्येष्ठ नागरिकको सङ्ख्या र रोगका लक्षणहरूसँग सम्बन्धित प्रश्नहरू गरिएको थियो ।
प्रश्नोत्तरको अन्त्यमा सर्वेक्षणमा सहभागी व्यक्तिहरूलाई निःशुल्क कोभिड–१९ परीक्षणको लागि नजिकको स्वास्थ्य चौकीमा जान कुपन दिइएको थियो । सर्वेक्षणको सात दिनमा उनीहरू नजिकको स्वास्थ्यचौकीमा गएर कोभिड–१९ परीक्षण गराउन सक्छन् । कुपनसँग सर्वसाधारणलाई परीक्षण केन्द्र रहेको स्थानबारे पनि जानकारी दिइएको थियो । उत्तरदाता पूर्णतः सहमत भएपछि मात्र सर्वेक्षणमा समावेश गरिएको थियो । उनीहरू उत्तर दिन वा नदिन पूर्णतः स्वतन्त्र थिए । त्यसबाट उत्तर दिन नचाहने वा परीक्षण गर्न नचाहने व्यक्तिको पनि अलग सङ्ख्या निकाल्न सम्भव हुन्थ्यो ।
सर्वेक्षण कर्मचारी पुगेको सबै घरमा उनीहरूले उत्तर दिन नमाने पनि निःशुल्क परीक्षणको कुपन दिइएको थियो । सरकारी अधिकारी पुगेका ४७७ घरमध्ये ४६५ घरले सर्वेक्षणमा सहभागी बन्ने सहमति जनाए । सर्वेक्षणमा सहभागी व्यक्तिहरूको औसत उमेर ४४ थियो र तीमध्ये ४४ प्रतिशत महिला थिए ।
घर–घर गएर प्रश्न सोध्ने क्रम सम्पन्न भएपछि कोभिड–१९ को माध्यम बन्न सक्ने व्यक्ति पहिचान गर्ने हाम्रो प्रयास प्रस्टतः असफल भएको छर्लङ्ग भयो किनभने जम्मा ४६५ जना सहभागीमध्ये चार जना अर्थात् ०.८६ प्रतिशत मात्र कोभिड–१९ परीक्षण गराउन तयार भए । (पछि अर्को एउटा अध्ययनको क्रममा सघन प्रचारप्रसारको कारण कुल सङ्ख्याको आधा मानिसहरूले कोभिड जाँच गराउन तयार भए ।) निकै कम मानिसहरू मात्र परीक्षण गराउन तयार हुनुले पोजिटिभको सङ्ख्या र परीक्षणको मागको खोजीलाई समेत अर्थहीन बनाएको छ ।
रिपोर्टिङ नहुने चिन्ताजनक अवस्था
मानिसहरू परीक्षण गराउन मात्र तयार नभएका होइनन्, उनीहरूले रोगको लक्षणसमेत लुकाइएको पाइयो । सर्वेक्षणमा सहभागी मानिसहरूमध्ये कोभिडका कुनै लक्षण देखिएका मात्र ८ जना व्यक्ति अर्थात् १.७ प्रतिशतले जानकारी दिएको देखियो । त्यस्तै उच्च रक्तचाप भएको १२ जना अर्थात् २.६ प्रतिशतले जानकारी दिए भने मधुमेहका बिरामीमध्ये ८ जना अर्थात् १.७ प्रतिशतले मात्र जानकारी दिइएको पाइयो । उनीहरूमध्ये तीन जनामा दुवै दीर्घरोग थियो । मधुमेह र उच्च रक्तचाप भएका बिरामीमा कोभिडको अझ बढी जोखिम हुने गरेको छ र त्यस्ता बिरामीलाई अस्पतालमै भर्ना गर्ने गरिएको छ । यो तथ्याङ्कले रिर्पोटिङ नै कम हुने वास्तविकतालाई उजिल्याएको छ ।
सर्वेक्षण गरिएका व्यक्तिको तुलनामा राष्ट्रिय पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीको बिरामी क्रमशः १२ र ८ प्रतिशत बढी थियो । मानिसहरूले आफ्नो रोगबारे खोल्नै चाहेका छैनन् । रोगबारे खोल्दा भविष्यमा कोभिड परीक्षण गराउनुपर्ने अवस्था आउन सक्ने भएकोले उनीहरू त्यसबाट पन्छिन खोजेका हुन् ।
मानिसहरू किन कोभिड परीक्षण गर्न तयार छैनन् र किन आफूसँग भएका रोगबारे भन्न मानिरहेका छैनन् ? त्यसको पहिलो सम्भावना त क्वारेन्टिन वा अस्पतालमा बस्नुपर्ने भय हो । न्यून आय भएका परिवारको निम्ति तीन साता क्वारेन्टिनमा बस्नु आम्दानीको ठूलो हिस्सा गुमाउनु हो । त्यसले परिवारमा भोकमरीको अवस्था आउन सक्छ ।
अर्को कारण भनेको मानिसहरू परीक्षण केन्द्रमा आफूमा सङ्क्रमण हुने जोखिमको कारण पनि जान नमानेको देखिन्छ । तेस्रो सम्भावना भनेको मानिसमा भय र अनिश्चयभाव हो । मानिसहरू परीक्षण गर्दा कदाचित पोजिटिभ आए परिवारका सदस्य र छरछिमेकीलाई पनि पीडा हुने र समाजबाट अलग हुनुपर्ने भयले पनि यस्तो गर्ने गरेको पाइयो ।
महामारी नियन्त्रणमा अवरोध
यसरी कोभिड परीक्षण गर्नेको सङ्ख्या निकै कम हुनु महामारी न्यूनीकरण र व्यवस्थापनको निम्ति गम्भीर चुनौती हो । विभिन्न अध्ययनले भारतमा सरकारी स्वास्थ्य सेवाप्रति जनताको विश्वास कम भएको देखाएको छ । सरकारले धेरै पहिलेबाट जनस्वास्थ्यमा गर्दै आएको हेलचक्र्याईँको कारण अहिलेको गम्भीर समयमा सर्वसाधारणले महामारी नियन्त्रणमा सरकारको आह्वान मान्न तयार भएका छैनन् । संरा अमेरिकाको कुख्यात टसकेगी प्रयोगको दिगो कुप्रभावको कारण कोभिड–१९ महामारी अघि पनि मानिसहरूले सरकारी स्वास्थ्य संस्थालाई विश्वास नगरेको र त्यसले सफल जनस्वास्थ्य अभियानमा अवरोध सिर्जना भएको उदाहरण यहाँ दोहो¥याउनु सान्दर्भिक हुन्छ ।
यो अवरोध हटाउन पक्कै सहज छैन । तर, यो पन्छाउन नै नसकिने होइन । सेप्टेम्बर महिनामा भारतीय मेडिकल अनुसन्धान परिषद्ले जारी गरेको नयाँ निर्देशिकाले चिकित्सकको स्वीकृतिबिना नै जो कसैले पनि कोभिड परीक्षण गराउन सक्ने नीति तय गरेको छ । परीक्षण गराउन मानिसहरू अनकनाइरहेको समयमा जसले आफैले परीक्षण गर्ने निर्णय गरे त्यसो गर्नु पछाडि पक्कै केही बलियो कारण हुनुपर्छ । यस्ता ‘स्वयम् छनोट’ को व्यवस्थाले पनि परीक्षणको प्रभावकारिता बढाउने वा सङ्क्रमण भएको कम मात्र सम्भावना भएको व्यक्ति पहिचान गर्न सहज बनाउनेछ ।
सर्वेक्षणले परीक्षणसँग सम्बन्धित मानिसको व्यवहारमा केही परिवर्तन गर्न मद्दत पुग्नेछ । यो परीक्षणलगत्तै गरिएको अर्को लघु सर्वेक्षणमा खररका सर्वेक्षणमा सहभागी आधा मानिस कोभिड परीक्षण गराउन तयार भए । सघन प्रचारप्रसार र जनचेतनामूलक गतिविधिपछि मानिसहरू यसरी कोभिड परीक्षण गराउन तयार भए । सर्वेक्षणमा नतिजा र त्यसले समाजमा पार्ने प्रभावबारे अझ विस्तृत अध्ययन आवश्यक छ । हाम्रो सर्वेक्षणले कति गहन असर पार्ने हो, हामीलाई निश्चित छैन ।
तर, पछिल्लो दिनको चाडबाड र मौसमको कारण अबका सातामा कोभिड–१९ को सङ्क्रमण अझै फैलिन सक्छ । त्यसकारण परीक्षणको लागि अनकनाउने प्रवृत्तिलाई समाधान गर्न अपरिहार्य भएको छ । कोभिड–१९ को व्यवस्थापन र भारतको वास्तविक तथ्याङ्क बुझ्न पनि यो जरूरी छ ।
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः नीरज
Leave a Reply