भर्खरै :

हार्ने लक्षण देखेपछि ट्रम्प छटपटीमा

राष्ट्रपतिमा उम्मेदवार भएका संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू हार्ने निश्चित भएपछि वैध भोटमात्र गनिए आफूले जित्ने दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले कति भोट वैध र कति भोट अवैधको कुनै नजरअन्दाजै नगरी हचुवाको भरमा टिप्पणी गरेर आफ्नो इज्जत र प्रतिष्ठाको ख्यालै गरेनन् । के यो राष्ट्रपतिको निर्वाचनमा लाखौँ भोट अवैध होला ? अन्तिम नतिजा आउनै लागेको बेला राष्ट्रपति ट्रम्पले आफ्नो इज्जत र प्रतिष्ठाको ख्यालै नगरी मनपरी टिप्पणी गर्न थालेका छन् । हार्ने गोरुको छेर्ने दाउ भनेको यही हो ।
निर्वाचनमा आफूले सोचे जति परिणाम नआएपछि ट्रम्पले मतगणना रोक्न पनि दबाब दिए । सम्पन्न निर्वाचनको मतगणना रोक्ने माग आफैमा हास्यास्पद छ । निर्वाचन परिणामको निम्ति मतगणना गर्नैपथ्र्याे । अदालतले पनि मतगणना रोक्नुपर्ने मागको रीत खारेज ग¥यो । अहिले पनि ट्रम्पले केही ठाउँको मतगणना पुनः गर्नुपर्ने माग राखेका छन् । अमेरिकी निर्वाचन आयोगको मान्यताअनुसार पुनः मतगणना गर्नु अस्वाभाविक होइन । तर, आफ्नो पक्षमा आएको जति मतलाई वैध र बाइडेन पक्षले प्राप्त गरेको मतलाई अवैध ठान्ने अभिमतको विश्वास जनताले कसरी गर्नसक्छन् ?
संसारकै शक्तिशाली देशका राष्ट्रपति ट्रम्पको कुरा सुनेर अमेरिकी जनतामात्र होइन विश्वकै जनता तीनछक्क छन् । निर्वाचन अघि र निर्वाचन सकेपछि ट्रम्पले आफू ढुक्कसाथ जित्ने विश्वास दिलाएका थिए । मतगणना जारी रहेको बेलासम्म आफू नै राष्ट्रपतिमा जित्ने उनको विश्वास थियो । आफ्नो चाहनाभन्दा चुनावकोे परिणाम फरक आएपछि उनी विषमज्वरो आएका बिरामीझैँ छटपटिन थालेका छन्, बर्बराउन थालेका छन् । अमेरिकामा हरेक चार÷चार वर्षको नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुन्छ । त्यस निर्वाचनबाट निर्वाचित राष्ट्रपतिको जनवरी २० मा शपथप्रहण हुनेछ र ह्वाइटहाउसमा प्रवेश गर्ने मान्यता छ । राष्ट्रपतिको निर्वाचन नोभेम्बर ३ मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *