संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति
- असार ३, २०८३
काठमाडौँ, २३ कार्तिक । कोभिड १९ महामारीको सन्दर्भमा उठेका अहम् नीतिगत विषयमा केन्द्रित भएर युनेस्कोको बायो–इथिक्स नेपाल एकाइको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनार (वेभिनार) शनिबार सम्पन्न भयो ।
नेपाल एकाइका प्रमुख प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न अन्तर्राष्ट्रिय भर्चुअल सेमिनार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुरूवाती वर्षमा योगदान पु¥्याउने भारतका प्रा.डा. ओपी काल्राले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा युनेस्कोको बायोइथिक्सकोे एसिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रस्सेल डिसुजा, भारतीय शिक्षा विभागका प्रमुख प्रा.डा. वेदप्रकाश मिश्र, युनेस्कोको पाठ्यक्रमका प्रमुख प्रा.डा. प्रिन्सि पालेटीले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल एकाइका सदस्य सचिव प्रा. समि लामा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झा र युनेस्कोको भारतीय बायोइथिक्स कार्यक्रमका प्रमुख प्रा.डा. मेरी मेथ्युले पनि बोल्नुभएको थियो ।
विश्वभरि सञ्जाल रहेको युनेस्कोको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । नेपालमा एकाइको स्थापना गर्न अहम् भूमिका रहेका निवर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यले युनेस्कोको बायोइथिक्स चेयरको मूल ध्येयअनुरूप यस एकाइले स्थापनाकालेदेखि गर्दै आएका विविध क्रियाकलापहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीति–नियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।
सो सेमिनारमा प्रा.डा. रस्सेल डिसुजाले कोभिड महामारीले मनोस्वास्थ्यमा पारेका असरहरू, प्रा.डा. वेदप्रकाश मिश्रले कोभिड महामारीको परिप्रेक्ष्यमा स्वास्थ्य विज्ञानको पाठ्यक्रममा देखिएको परिमार्जनको आवश्यकता र प्रा.डा. प्रिन्सि पालेटीले कोभिडविरूद्धको भ्याक्सिनको विकास तथा वितरणमा देखिएका नैतिक सवालहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
चार सयभन्दा बढी सहभागी भएको सो अन्तर्राष्ट्रिय सेमिनारमा वक्ताहरूले सहभागीहरूको प्रश्नको उत्तर पनि दिनुभएको थियो ।
कार्यक्रमका संयोजक रहेका नेपाल एकाइका प्रमुख प्रा.डा. धनरत्न शाक्यले यस सेमिनारले कोभिडको महामारीको परिप्रेक्ष्यमा उब्जेका मूल मुद्दाहरूमा रहेका अन्योल चिर्न र अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply