सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
नेपाल सरकारले मित्र देश जर्मनी सरकारको सहयोगमा विसं २०३५÷३६ सालमा भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरेको हो । यो उद्योग क्षेत्रको लागि स्थानीय जनताको ७१ रोपनी जग्गा प्रतिरोपनी ६ हजारमा अधिग्रहण गरिएको थियो । जर्मनी सरकारले पठाएका प्राविधिकहरूको संलग्नतामा यो क्षेत्रमा साना उद्योगको लागि उपयुक्त हुने गरी एक तलाको टायल छानाको भवन बनाएको हो । भक्तपुरको मृत्तिका कलालाई प्रवद्र्धन गर्न उद्योग क्षेत्रको पश्चिम भागमा सेरामिक्स उद्योग पनि सुरू गरिएको हो ।
साना उद्योग क्षेत्रमा स्थापनाको उद्देश्यविपरीत टेक्सटाइल, डाइङलगायत अन्य ध्वनि, धुँवा र रसायन प्रदूषण फाल्ने उद्योगहरू स्थापना गर्न बहदलीय प्रजातन्त्र पुनःस्थापनालगत्तैको सरकारले साना उद्योग क्षेत्रलाई भक्तपुर औद्योगिक क्षेत्रमा रूपान्तरण ग¥यो । टेक्सटाइल, डाइङलगायत उद्योगहरूबाट कमिसन खान पल्केका सरकारी अधिकारीहरूले यस्तो निर्णय गरेका हुन् । तर, यो क्षेत्रमा अहिले पनि घरेलुस्तरका साना उद्योगको बाहुल्यता छ । यसलाई नेपाल सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पनि स्वीकारेका छन् ।
विसं २०१६ सालमा बालाजु औद्योगिक क्षेत्र शिलान्यास भएको हो । त्यसपछि नेपाल सरकारले केही जिल्लामा औद्योगिक क्षेत्र स्थापना ग¥यो । यी औद्योगिक क्षेत्रहरूको व्यवस्थापनको लागि कम्पनी ऐनअन्तर्गत विसं २०४५ साल साउन १ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गठन गरियो ।
काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू बालाजु, पाटन र भक्तपुर बस्तीको बीचमा परिसकेको हुँदा यस क्षेत्रका उद्योगको ध्वनि, धुँवा र रसायन प्रदूषणबाट काठमाडौँ उपत्यकावासी पीडित छन् । नेपालको कानुनअनुसार नगरपालिका क्षेत्रमा ध्वनि र धुँवा फाल्ने टेक्सटाइल र डाइङ मेसिन सञ्चालन निषेध छ । तर, भक्तपुर साना उद्योग क्षेत्रमा नेपो टेक्सटाइललगायत डाइङ उद्योगहरू सञ्चालनमा छन् । यहाँका टेक्सटाइल र डाइङ उद्योगका ध्वनि र धुँवा प्रदूषणले जनताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । नेपो इन्डष्ट्रिजले स्वीटर बुन्ने उद्योगमा २०६९ सालदेखि टेक्सटाइल र डाइङ मेसिन सञ्चालन गरी जनतालाई ध्वनि र धुँवा प्रदूषणमा मर्नु न बाँच्नु स्थितिमा पु¥याएको हो ।
भक्तपुर साना उद्योग क्षेत्रका नेपोलगायत ध्वनि र धुवाँ प्रदूषण फाल्ने नेपोलगायत टेक्सटाइल र डाइङ उद्योग हटाउन पीडित जनता केही वर्षयता नेपाल सरकार र व्यवस्था लिमिटेडसँग माग गर्दै छन् । उद्योग राज्यमन्त्री मोतिलाल दुगडसमेतले भक्तपुर साना उद्योग क्षेत्रमा स्थलगत अध्ययन गरिसके । पीडित जनता कार्तिक २३ गते पनि भक्तपुर साना उद्योग क्षेत्रको व्यवस्थापन कार्यालयमा पुगे । तर, कार्यालय प्रमुख बलराम बोगटी कार्यालयमा थिएनन् ।
कार्यालय प्रमुख बोगटीले पीडित जनतालाई ध्वनि र धुँवा फाल्ने टेक्सटाइल र डाइङ उद्योग साना उद्योग क्षेत्रमा कसरी प्रवेश गरे बताएनन् र कुनै कागज देखाएनन् । पीडित जनताका प्रतिनिधिहरू व्यवस्थापन मुख्य कार्यालय बालाजु पुगे । त्यहाँ महाप्रबन्धक र अन्य निर्देशकहरूले भक्तपुर साना उद्योग क्षेत्रमा सञ्चालन भइरहेका सबै उद्योगहरूको कागज भक्तपुर व्यवस्थापन कार्यालयमै रहेको बताए ।
यसरी औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र यसका अधिकारी पीडित जनताप्रति जवाफदेही र पारदर्शी नभएको देखिन्छ ।
नेपो टेक्सटाइलका सञ्चालक पवन सांघाई र रोहित सांघाईले गएको भदौ २० र २१ गते थप टेक्सटाइल मेसिनहरू क्रेन ल्याएर जडान गरेपछि पीडित जनताले स्थानीय सरकार भक्तपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई गुहारेका छन् । नगरपालिकाले उद्योग राज्यमन्त्री दुगडलाई नेपोलगायत ध्वनि र धुँवा फाल्ने टेक्सटाइल र डाइङ उद्योग बन्द गर्न पत्र पेश गरिसक्यो । तर, उद्योग मन्त्रालय र व्यवस्थापन लिमिटेडले एउटा प्राविधिक समिति गठन भइसक्यो भनी ध्वनि र धुँवा प्रदूषण फालेर मानव स्वास्थ्यमा हानि पु¥याएको नेपोलाई साथ दिइरहेको त होइन ? प्रश्न उठिरहेको छ ।
Leave a Reply