इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
अडिस अब्बास, ११ नोभेम्बर । उत्तरी तिग्रे क्षेत्रमाथि इथियोपियाको हिंसात्मक लडाइँसँगै हजारौँ मानिस सुडानतिर भाग्न खोज्दा मङ्गलबार लडाइँ सीमा क्षेत्रमा फैलिएको छ । आत्मरक्षाको लागि सिपाहीहरू सुडानतिर भाग्न खोज्दा लडाइँ त्यता सरेको हो । तिग्रेका नेताहरूले भने इथियोपिया सरकारको आग्रहमा छिमेकी देश इरित्रियाले पनि हमला थालेको आरोप लगाएका छन् ।
इथियोपियाका प्रधानमन्त्री एयिब अहमदले तिग्रे क्षेत्रका नेताहरूसँग संवाद गर्न भएको अन्तर्राष्ट्रिय आग्रहलाई अस्वीकार गरेका थिए । उनले ‘कानुन लागू गर्ने कारबाही’ समाप्त नभएसम्म कुनै वार्ता नहुने बताएका छन् । इथियोपियाको सरकारले आफूले अवैध मानेको तिग्रे क्षेत्रका प्रमुखलाई गिरफ्तार गर्न खोजिरहेको छ । इथियोपिया सरकारले तिग्रे क्षेत्रको हतियार भण्डारणलाई ध्वस्त बनाइसकेको छ ।
शरणार्थीहरूको भीड द हर्न अफ अफ्रिकामा लाखौँ जनतालाई प्रभावित बनाउने मानवीय सङ्कट बढेको पहिलो सदृश्य सङ्केत हो । तिग्रे क्षेत्र झन्डै एक सातादेखि सम्पूर्णरूपमा संसारबाट सम्पर्क विच्छेद छ । इथियोपिया सरकारले सबै सञ्चारमाध्यम विच्छेद गरिदिएको छ । इथियोपियाको एउटा सैनिक व्यारेकमा तिग्रे क्षेत्रका लडाकुहरूले हमला गरेपछि एयिबले तिग्रेमा हमलाको घोषणा गरेका हुन् ।
संयुक्त राष्ट्र सङ्घ र सुडानका अन्य साझेदार संस्थाहरूले प्रारम्भिक चरणमा २० हजार शरणार्थीलाई व्यवस्थापन गर्ने तयारी थालेका छन् ।
इथियोपियाको राजधानी अडिस अब्बासबाट एक जना कूटनीतिक प्रतिनिधिले दुवै पक्षबाट धेरै मानिस मारिएको बताएका छन् । दुवै पक्षले गरेका दाबी कति ठीक–बेठीक हो, निश्चित हुने अवस्था छैन । दुवैले एकआपसमा द्वन्द्वको लागि जिम्मेवार भएको बताइरहेका छन् ।
महिला र केटाकेटीसहित कम्तीमा ३ हजार ५ सय शरणार्थीहरू सुडानको कास्साला प्रान्तमा आइसकेको सो क्षेत्रको शरणार्थी निकायका प्रमुख अल–सर खालिदले भने । अरू मानिस पनि आउने क्रम जारी छ ।
गत मङ्गलबार सुडानको सीमावर्ती प्रान्त कास्साला र अल–कडारिफमा आइपुग्ने शरणार्थीहरूको सङ्ख्या ६ हजार नाघिसकेको सुडान सरकार नियन्त्रित सुना समाचार संस्थाले जनाएको छ । नाम सार्वजनिक नगरिएको स्रोतलाई उद्धृत गर्दै आगामी दिनमा २ लाख इथियोपियाली शरणार्थी सुडानमा आउने अपेक्षा गरिएको छ ।
सुना समाचार संस्थाले कम्तीमा ३० जना इथियोपियाली सिपाहीहरू शरणार्थीहरूसँगै सुडान भागेका छन् । सीमा क्षेत्रमा लडाइँ चर्केपछि सुरक्षाको आग्रह आएको सुडानी सेनाले जनाएको छ । सुडानले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न ६ हजारभन्दा बढी सिपाही परिचालन गरेको छ ।
तिग्रे जनमुक्ति मोर्चा
(टीपीएलएफ) कुनै बेला सत्तारुढ गठबन्धनकै प्रभावशाली राजनीतिक दल थियो । सन् २०१८ मा एबिय सत्तामा आएपछि गरिएको राजनीतिक सुधार पछि आफू छायाँमा पारिएको भन्दै टीपीएलएफले सत्ता छोडेको थियो । इथियोपिया सरकारले राष्ट्रिय चुनाव आगामी वर्षको लागि सारे पनि सेप्टेम्बर महिनामा तिग्रे क्षेत्रमा स्थानीय तहको चुनाव गराएपछि दुई पक्षबीच द्वन्द्व चर्केको थियो ।
Leave a Reply