भर्खरै :

स्वस्थ ज्येष्ठ नागरिकको देश क्युवा

क्यारिबियाली समाजवादी देश क्युवाको कुल जनसंख्या एक करोड दश लाख छ । ती मध्ये दुई हजार एक सय ५३ जना त एक सय वर्षभन्दा माथिका छन् । तीन जना एक सय तेह«देखि एक सय पन्ध्र वर्षबीचको उमेरका छन् । स्थानीय जुभेन्टुड रिबेल्दी पत्रिकाले जनाएअनुसार यसरी एक सय वर्ष उमेर पुगेका क्युवालीहरु अधिकांश पूर्वी क्युवाका छन् । साथै राजधानी हवानामा पनि उल्लेख्य संख्यामा एक शतक पार गरेका नागरिकहरु बस्दछन् । एक शतक उमेर पार गरेका जम्मा जनसंख्याको आधाभन्दा थोरै कम जनता महिला छन् । एक सय वर्ष पार गरेका महिलाहरुको जनसंख्या १२ सय छ ।

क्युवामा प्रजनन र बालमृत्यु दर घट्नुका साथै वृहत् स्तरको स्वास्थ्य सेवा र सामाजिक सेवाको बिस्तारले पनि क्युवालीहरुको आयु बढेको डा. फर्नान्डेजको भनाई छ ।

ज्येष्ठ नागरिक, सामाजिक कल्याण र मानसिक स्वास्थ्य विभागका प्रमुख डा.अल्बर्टो फर्नान्डेजले क्युवा कुल जनसंख्याको झण्डै २० प्रतिशत जनसंख्या ६० वर्षभन्दा माथिका भएका संसारका देशहरुमध्ये एउटा क्युवा पनि भएको बताउनुभयो । क्युवामा २२ लाख ज्येष्ठ नागरिक छन् ।
डा. फर्नान्डेजले ८७ प्रतिशतभन्दा बढी क्युवालीहरु ६० वर्षभन्दा बढी बाँच्ने गरेका छन् र आगामी दशकमा यो प्रतिशत ९० पुग्ने पूर्वानुमान गरिएको छ ।
क्युवामा प्रजनन र बालमृत्यु दर घट्नुका साथै वृहत् स्तरको स्वास्थ्य सेवा र सामाजिक सेवाको बिस्तारले पनि क्युवालीहरुको आयु बढेको डा. फर्नान्डेजको भनाई छ ।
क्युवा ‘सफल ज्येष्ठ जनसंख्याको उदाहरणीय देश’ भएको चर्चा गर्दै उहाँले भन्नुभयो,‘क्युवाका ज्येष्ठ नागरिकहरु असध्य, विखलांग वा पूर्ण रुपमा परनिर्भर छैनन् ।
गएको मार्च महिनामा स्थानीय सञ्चारमाध्यमले एक सय सोह« वर्षका मारिया इमिलिया क्युसादा ब्लान्का क्युवाकै सबभन्दा लामो उमेर बाँच्ने भएको र अन्तर्राष्ट्रिय रुपमै चौथौं सबभन्दा ज्येष्ठ नागरिक भएको तथ्य सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *