नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं ९ का जनप्रतिनिधिहरुले निर्वाचित भएलगत्तै वडाबासीका समस्या समाधान गर्न अग्रसरता देखाएका छन् । वडाध्यक्ष गणेश त्यातको नेतृत्वमा शनिबार बिहान साविक ताथली गाविस हालको चाँगु नपा वडा नं ९ का खानेपानी मुहानको अनुगमन र सुधार गर्ने काम थालनी भएको हो ।
स्थानीय जनता सहित पानीको मुहान अनुगमनमा गएको टोलीले मुहानमा जमेका फोहरको सरसफाई समेत गरेको थियो । 
२०४२ सालमा शुरु भएको ताथली खानेपानी आयोजनाको उचित संरक्षणको अभावलगायत विभिन्न अन्य समस्याका कारण विगत केही वर्षदेखि ताथलीका जनताले खानेपानीको समस्या भोग्नु परेको छ । ताथलीका धेरै ठाउँमा खानेपानी आउँदै नआउने आए पनि साताको एकाध पटक मात्र आउने समस्या रहेको छ । समस्या समाधानको लागि आफू निर्वाचित भएको सातादिन पनि नबित्दै जनप्रतिनिधिहरु तदारुक भएका लागेका हुन् ।
टोलीले बुलबुले, झरनालगायतका स्थानमा पुगी खानेपानी समस्या समाधानको लागि अग्रसरता देखाएको हो ।
Leave a Reply