विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले सामन्ती चिन्तन भएका शासक दलहरु साम्प्रदायिक भावना भड्काएर र क्षेत्रीय भावना फैलाएर जनतालाई भिडाएर आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न उद्दत्त भएको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी गुण्डुको आयोजनामा शनिबार सम्पन्न पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विचारशुन्यहरु निर्वाचनमा पाएको संख्यात्मक सफलता देखाएर मातिरहेको तर सिद्धान्तहीन त्यस्तो उन्माद धेरै समय नटिक्नेमा जोड दिनुभयो ।
‘संख्यामा जतिसुकै ठूला दल भए पनि प्रतिक्रियावादीहरु नेमकिपाले बोकेको विचारबाट सधैं आत्तिने गर्छन्’, सचिव प्रजापतिले भन्नुभयो ।
चुनावमा हार र जीत स्वाभाविक भएकोमा जोड दिंदै उहाँले सिद्धान्तहीन जीतभन्दा विचारवान हार धेरै वजनको हुने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले स्थानीय तहको निर्वाचनमा एमालेले गरेको आचारसंहिता उल्लंघन, पैसाको छेलोखेलो र जालझेलले कम्युनिष्ट आन्दोलनलाई नै कलंकित बनाएको बताउनुभयो ।
‘पैसा र झुठ्ठा आश्वासन दिएर प्राप्त गरेको मत राजनैतिक बेइमानीको प्रमाणपत्र र पतनको नयाँ प्रारम्भ हो’, उहाँले भन्नुभयो ।
कार्यक्रममा महेन्द्र बखुन्छें, कृष्णलाल श्यामकृष्णले पनि बोल्नुभएको थियो ।
Leave a Reply