जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
समाज परिवर्तनशील छ । समाजका मूर्त अमूर्त वस्तुहरूमा चालै नपाई परिवर्तन भइरहेका हुन्छन् । समाज सञ्चालनका लागि मानिसहरूले विभिन्न नियम कानुनहरू बनाएका हुन्छन्, विभिन्न भाषा संस्कृतिहरूको विकास गरेका छन् । यी विभिन्न कुराहरूलाई सञ्चालन गर्ने कार्य महिला र पुरुषहरू मिलेर गर्ने गर्दछन् । त्यसैले यी दुवैको समाजको विकासमा महत्वपूर्ण भूमिका रहँदै आएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारणले समाजमा महिला र पुरुषका बराबरीका नारा घन्के पनि वास्तविकतामा समानता हुन सकेको छैन । अझै समाजमा व्याप्त कुरीति र कुसंस्कारका कारण धेरै महिलाहरू घरेलु हिंसाका शिकार भइरहेका छन् । यसैका कारण धेरै महिलाहरू आफ्नो ज्यान गुमाउन बाध्य छन् ।
जनसङ्ख्याको हिसाबले झन्डै ५२ प्रतिशत रहे पनि निर्णायक तहमा महिलाहरूको सहभागिता न्यून छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिनसम्म महिला हिंसाविरुद्धको अभियान दिवसको रूपमा मनाइन्छ । यी १६ दिनसम्म महिला हिंसाविरुद्ध विभिन्न सचेतना जगाउने कार्यक्रमहरूको आयोजना गरिन्छ । विभिन्न अध्ययनअनुसार प्रत्येक ३ जना महिलामध्ये १ जनाले आफ्नो जीवनका कुनै न कुनै समयमा हिंसाका शिकार हुनु परेको देखाएको छ । भन्नलाई महिलालाई देवी वा जगतजननीको रूपमा मानिन्छ तर महिलाहरूले आफ्नो जीवन कालमा विभिन्न किसिममा हिंसाको शिकार हुनु परेको कुरा नौलो होइन । जन्मेदेखि छोरी भएको कारणले महिलाले असमानता, अपहेलना र दुव्र्यवहारको जालोलाई सामाजिक नियम भनी आत्मसात गरेका हुन्छन् । विवाहपछि बुहारीले हाँसे घरका मानिसले कति छाडा भएकी, माइतीले केही सिकाएनन् भनी आरोप लगाउने गरिन्छ । अँध्यारो मुख लगाए हाम्री बुहारी त सधँै यस्तै अँध्यारो मुख भएकी भनी कुरा काट्ने गरिन्छ, बुहारीले किन अँध्यारो मुख लगाई उसलाई सञ्चो नभएको हो वा केही समस्या परेको हो भनी सोध्ने कोही हुन्न । यसरी महिलाका व्यवहार वा आचरणलाई दोहोरो नियतले व्याख्या विश्लेषण गर्ने मानिसहरूको कमी छैनन् हाम्रो समाजमा । यसरी परम्पराका आडमा रहेर महिलामाथि दिनानुदिन हिंसा बढ्दै गएको देखिन्छ ।
अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरूले आफ्नो जीवन कालमा कुनै नै कुनै किसिमका शारीरिक वा मानसिक हिंसाका शिकार भएका हुन्छन् भनी तथ्याङ्क देखाएको छ । महिला हिंसाका क्रियाकलापहरू फराकिलो हँुदै छन् । घरभित्र काम गर्ने महिलाहरू आफ्ना नजिकका आफन्तबाट हिंसाका शिकार हुन्छन् भने घरबाहिर काम गर्ने महिलाहरू आफ्ना साथी, सहकर्मी वा कार्यालय आउँदा जाँदा विभिन्न किसिमका हिंसाका शिकार हुने गरेका छन् । चाहे अशिक्षित वा शिक्षित जोसुकै महिलाहरू हिंसाका शिकार हुने गरेका छन् । अहिले पनि केटी जिस्काउनुलाई आफ्नो पुरुषार्थ ठानेर बाटो वा चोकमा बसेर यस्ता कार्य गर्ने अल्लारेहरूको कमी छैन हाम्रो समाजमा । विपरीत लिङ्ग प्रति आकर्षण हुनु स्वाभाविक हो तर आकर्षणको अर्थ हिंसा होइन । कसैलाई पनि करबल गरी हिंसा गर्नु मानव अधिकारको हनन गर्नु हो । यो सँगै विभिन्न मास मिडियाको प्रयोग गरी आफूले मन पराएको केटीले प्रस्ताव अस्वीकार गरे उसको फेकआइडी बनाएर नराम्रा फोटो पोस्ट गर्ने प्रवृत्तिले कतिपय महिलाहरूले आत्महत्या गरेका छन् । यस्ता खालका विकृतिले समाजमा महिलाहरू हाँसो र मनोरञ्जनको पात्र बन्ने गरेको देखिन्छ । सबैको समान रूपमा हाँस्ने, बाँच्ने अधिकार छ, यसको सबैले सम्मान गर्नु जरुरी छ । शरीर हैन मन जित्ने कला सिक्नु जरुरी छ ।
संयुतm राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा मनाउने अभियान चलाएसँगै विस्तारै मानिसमा सचेतनाको सञ्चार हँुदै छ । यस दिवसले महिलाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । महिलाको भूमिका मानव जीवनको विकासमा महत्वपूर्ण छ । आमाको काखबाट सुरु हुने मानव चोला क्रमशः दिदी बहिनीको माया, श्रीमान् श्रीमतीको साथ, साथी भाइको साथ, आफन्त नातेदारको साथ सहयोग इत्यादिले समाज विकासको गति अगाडि बढ्ने गर्दछ । समाजको विकासमा महिला र पुरुषको बराबर दायित्व हुने गर्दछ । पितृसत्ताका कारण हाम्रो समाजमा महिलालाई अलि बढी दबाउने नीति नियम बनाइएको छ । हाम्रा कतिपय परम्परा संस्कृतिले महिलालाई मान सम्मान पनि दिएको छ । महिलाको हितका लागि बनेका नीति नियमलाई गलत किसिमले बुझ्दा यस्ता नियम कानुनले महिलाको हितभन्दा पनि अहित गरिरहेको छ । यसअन्तर्गत सरकारले महिलाको पक्षमा बनाएका नियमहरूलाई हेर्न सकिन्छ । जस्तैः पैतृक सम्पत्तिमाथि महिलाको अधिकार, घरजग्गा महिलाको नाममा दर्ता गर्दा राजस्वमा छुट । विधवा विवाहलाई प्रोत्साहन गर्ने सरकारले केही रकम दिने घोषणा गरेसँगै समाजमा विधवा विवाह गर्नेको सङ्ख्या बढेको देखियो । तर, यसमा पनि कतिपय मानिसहरूले दूरदराजका गाउँमा गएर विधवासँग विवाह गर्ने केही समय बिताउने र पछि छोड्ने गरेको पनि देखियो । अहिले पनि कतिपय ठाउँहरूमा गरिब, विधवा, बेसहारा महिलालाई बोक्सीको आरोप लगाएर दिसापिसाब खुवाउने गरेको कुरा विभिन्न माध्यमबाट सुन्नमा आउँछ । यस्ता अमानवीय कार्यहरूलाई ठूला ठूला भनाउँदाहरूले अझै बढवा दिएको भान हुन्छ । तर, पनि सम्बन्धित निकाय मौन रहेको देखिन्छ । समानताको कुरा गरे पनि महिलाहरूले खासै लाभ लिन सकेका छैनन् ।
महिलाहरूले पनि आफूमाथि भएका हिंसाका बारेमा सचेत भई आवाज उठाउन जरुरी देखिन्छ । महिलाहरू पछाडि पर्नाका विभिन्न कारणहरू छन् । यस्ता कारणहरूमा सामाजिक, सांस्कृतिक र राजनैतिक पर्दछन् । कतिपय अवस्थामा महिलाहरू महिलाकै कारणले पछाडि परेको कुरा धेरैले याद गरेका हँुदैनन् । घरपरिवारमा महिला सदस्यले नै महिलाहरूलाई बढी कन्ट्रोल गरिरहेका हुन्छन् । महिलाका उन्नतिका कुरा गर्दा महिलाहरू नै अगाडि सरी महिलाका हकहितमा बोल्ने गर्नुपर्दछ । अरूलाई दोष दिँदैमा हिंसा कम हँुदैन । यसको लागि महिला आफै सशक्तरूपमा अगाडि आउनु पर्दछ । हाल आएर आफूमाथि परेका अन्यायको विरुद्धमा आवाज उठाउने महिलाहरूको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यसको प्रमाण माइती नेपाल, महिला विकास कार्यालय, महिला सेलहरूमा आफूलाई हिंसा भएको कुराको रिपोर्ट गर्न आउने महिलाको सङ्ख्या बढेबाट अनुमान गर्न सकिन्छ ।
Leave a Reply