भर्खरै :

कसरी अफ्रिका नवीकरणीय ऊर्जामा अग्रणी बन्दै छ ?

रिस्टाड इनर्जी, २३ नोभेम्बर । रिस्टाड इनर्जी एनालाइसिसले अफ्रिकामा सन् २०१९ मा करिब १२.६ गिगावाट (GW) नवीकरणीय ऊर्जा स्थापित भएको जनाएको छ । अफ्रिकी महादेशमा सन् २०२० मा ५.५ गिगावाट थपिएर सन् २०२५ मा ५१.२ गिगावाट पुग्ने पूर्वानुमान रहेको छ । अफ्रिकी मुलुकहरूमध्ये सौर्य र वायु ऊर्जाको हिसाबले सन् २०२५ भित्र इजिप्ट, अल्जेरिया, ट्युनेसिया, मोरोक्को र इथियोपिया अग्रणी हुने देखाएको छ ।
दक्षिण अफ्रिका नवीकरणीय ऊर्जा स्थापना गर्नेमा अग्रस्थानमा रहेको छ । हाल दक्षिण अफ्रिकामा वायु ३.५ गिगावाट र २.४ गिगावाट सौर्य ऊर्जा स्थापित छन् । सौर्य ऊर्जाको क्षमताको आधारमा इजिप्ट र मोरोक्को क्रमशः १.६ गिगावाट र ०.८ गिगावाट ऊर्जा स्थापना गरी दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
अल्जेरिया सन् २०२५ भित्र नवीकरणीय ऊर्जा स्थापनामा छिटो फड्को हुने देश देखिन्छ । सन् २०२० मा जम्मा ५ सय मेगावाट क्षमतामात्र रहेको अल्जेरियाको २०२५ मित्र २.९ गिगावाट ऊर्जा पुग्ने देखिन्छ । ४ गिगावाटको ताफोयुक (TofouK) जस्तो ठूलो सौर्य परियोजना नै अल्जेरिया नवीकरणीय ऊर्जामा अगाडि बढ्ने सम्भावनाको कारक हो । जून २०२० देखि २०२४ सम्म प्रत्येक वर्ष ८ सय मेगावाटका दरले टेण्डर प्रक्रियामार्फत अगाडि बढाइने छ । रिस्टाड इनर्जीका अनुसार करिब २.४ गिगावाट क्षमताको ऊर्जा उत्पादित हुने अपेक्षा गरेको छ ।
सन् २०२० मा ३ सय ५० मेगावाट नवीकरणीय ऊर्जा रहेको ट्युनिसियाको ऊर्जा क्षमता आकाशीय ढङ्ग बाट बढेर सन् २०२५ मा ४.५ गिगावाट पुग्नेछ । त्यसैगरी गतिका हिसाबले सन् २०१७ देखि इजिप्ट अफ्रिकी मुलुकहरूमध्ये छरिटो ढङ्ग ले सौर्य र वायु ऊर्जा स्थापना गर्ने देशमा पर्दछ । हाल करिब ३ गिगावाट क्षमताको ऊर्जा रहेको इजिप्टले सन् २०२५ भित्रमा दक्षिण अफ्रिकालाई उछिनेर नवीकरणीय ऊर्जामा महादेशको पावर हाउस हुने सम्भावना छ । इजिप्टमा करिब ९.२ गिगावाटको अधिकांश वायु ऊर्जा विकासको पाइपलाइनमा रहेको छ ।
मोरोक्को २.५ गिगावाट जसमध्ये १.७ गिगावाट वायु ऊर्जा) ऊर्जा स्थापित गरेर छिटो गतिमा नवीकरणीय ऊर्जाको क्षमता अभिवृद्धि गर्दै इजिप्टलाई पछ्याइरहेको छ । हाल ११ मेगावाट सौर्य क्षमता र करिब ४ सय ५० मेगावाटको वायु ऊर्जा भएको इथियोपियाको क्षमता वृद्धि भई सन् २०२५ सम्ममा ३ गिगावाट पुग्ने अपेक्षा गरिएको छ ।
राजनैतिक अस्थिरता, नीतिगत र पूर्वाधारको अभाव र कमसल खरिदका कारण अफ्रिकी महादेशको विकासको गति ऐतिहासिकरूपमै ढिलो भइरहेको छ । यद्यपि पनि विद्युत् मागको वृद्धिले अफ्रिकी मुलुकहरूले देशको आवश्यक ऊर्जाको पूर्तिका लागि नवीकरणीय ऊर्जातर्फ मोडिनुपरेको र वायु ऊर्जालाई आगामी पाँच वर्षभित्र सौर्य ऊर्जाले उछिने रिस्टाड इनर्जीका विश्लेषक गौरव मेट्करको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *