कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –२
- श्रावण २, २०८३
विश्वका विभिन्न मुलुकमा झैँ नेपालमा पनि कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमणबाट मृत्युको सङ्ख्या घटेको छैन । त्यस रोगबाट जोगिन सरकारले प्रत्येक दिन सञ्चारमाध्यमबाट फुकिरहेको छ । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, भीडभाड नगर्ने या जमघट गर्न नहुने सरकारी मापदण्ड पालना गर्न र गराउन सरकारले आम जनतामा आग्रह गरिरहेको छ । एकातिर सरकारले मापदण्ड पालना गर्न जोडतोड गरिरहेको छ भने अर्कोतिर सरकार आफैँले उक्त मापदण्ड उल्लङ्घन गरिरहेको छ । सरकारको निर्णय सरकार आफैँले उल्लङ्घन गरिरहेको पछिल्लो दृष्टान्त प्रधानमन्त्री केपी ओलीको आतिथ्यमा भइरहेको जनसभा हो । प्रम ओलीले जिल्ला भ्रमण भन्दै सयौँ स्थानीय जनता भेला गरेर सभा राख्दै छन् । प्रम ओलीको यो कार्यक्रम सरकारी मापदण्डको खुला उल्लङ्घन हो । प्रम ओलीले मंसिर ८ गते ताप्लेजुङको सीमावर्ती क्षेत्र फ्क्ताङलुङ गाउँपालिकाको घुन्सामा एक स्वास्थ्य भवनको उद्घाटन गरे र उद्घाटन कार्यक्रममा सयौँ जनाको उपस्थिति थियो ।
नेकपाका शीर्ष नेताहरूले दलको स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउन प्रम ओलीसँग बिन्तीभाउ गर्दा कोरोना सङ्क्रमण फैलिरहेको बेला कसरी बैठक बोलाउने भनी औँला ठड्याउने ओलीले सयौँ हजारौँ मान्छे भेला गरेर सभा राख्दै छन् र सरकारी मापदण्ड र निर्णय प्रम आफैले उल्लङ्घन गर्दै छन् । यसअघि पनि अर्कै जिल्लाको एक कार्यक्रमको आयोजनामा सभा राखेर उनले आफ्नो निर्णय आफैँले ठाडै उल्लङ्घन गरे । सरकारको कमी कमजोरी औँल्याउन र खबरदारी गर्न दुई चार दर्जन मानिस भेला हुँदा धपाउने, हटाउने, लाठी प्रहार, अश्रुग्यास र पानीको फोहरा लगाउने गृह प्रशासन, गृहमन्त्री सयौँ मान्छे जम्मा गर्दै सभा राख्दा गृहमन्त्रालय र गृहमन्त्री कहाँ सुतेर बसेका छन् ?
सरकारको मापदण्ड प्रम आफैँ किन उल्लङ्घन गर्दै छन् ? के नेपालको ऐन कानुन ठूला बडालाई लाग्दैन ? के यो सानालाई ऐन ठूलालाई चैन भएन ? सरकारको निर्णय उल्लङ्घन गर्न प्रम ओली किन हौसिएका हुन् ? के नेपाल कोरोना भाइरस सङ्क्रमणमुक्त देश बन्यो ? जिल्ला भ्रमणको नाउँमा जनसभा राख्दै थालनी गरेको प्रमको उक्त कार्यक्रम रोक्न गृह मन्त्रालयले प्रयास गरेन भने कमसेकम पार्टीले रोक्नुपथ्र्यो । सरकारी निर्णयविपरीत भएको कार्यक्रम रोक्न सरकार लाग्नुपथ्र्यो र सरकार नलागे नेकपा आफैँ लाग्नुपर्छ । के प्रम ओलीले जे बोले पनि, जे काम गरे पनि सरकार र पार्टीले टुलुटुलु हेरेर बस्ने ?
Leave a Reply