भर्खरै :

क्युवामा विप्रेषण पठाउन रोक

वाशिङ्टन, २५ नोभेम्बर । संरा अमेरिकी कम्पनी वेस्टर्न युनियनले सोमबारदेखि विप्रेषण रकम क्युवामा पु¥याउन रोकेको छ । गत अक्टोबरमा संरा अमेरिकी सरकारले गरेको एकतर्फी घोषणा कार्यान्वयन गर्दै वेस्टर्न युनियनले क्युवामा विप्रेषण रकम बन्द गरेको हो ।
क्युवाली आर्थिक कम्पनी फाइनसिमेक्स र क्यारिवियन देशहरूमा रहेका त्यसका ४०७ शाखाहरूमार्फत क्युवामा दिइरहेको विप्रेषण रकम सोमबारदेखि बन्द भएको हो ।
गत अक्टोबर २७ मा संरा अमेरिकाको आर्थिक विभागले जारी गरेको बैङ्किङ कारोबारसम्बन्धी नियमावलीअनुसार ३० दिनपछि यो निर्णय कार्यान्वयन गरी क्युवाको विप्रेषण रकम बन्द गरिएको हो ।
क्युवाली फाइनसिमेक्स र संरा अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीहरूलाई क्युवाली सेनाद्वारा नियन्त्रण गरिएको निराधार आरोप लगाई क्युवामा रकम पठाउन रोक लगाइएको हो ।
क्युवाली कम्पनी फाइनसिमेक्सले आफूले संरा अमेरिकी वेस्टर्न युनियनसँग आपसी सम्झौता, पर्याप्त पूर्वसूचना र व्यवस्थित प्रक्रियागतरूपमा संरा अमेरिकाबाट क्युवामा विप्रेषण रकम प्रवाह गराउन आवश्यक वार्ता सञ्चालन गरेको बताइएको छ ।
दुई देशबीच कारोबार बन्द हुनु संरा अमेरिकी सरकार एकतर्फी जिम्मवार रहेको कागजातले बताउँछ । साथै क्युवाली टापुमा व्यवस्थित र सुरक्षितरूपले विप्रेषण प्रवाहको पहिचान गरी दिगो बनाउने क्युवाली फाइनसिमेक्स कम्पनीको इच्छा र प्रतिबद्धतालाई अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *