भर्खरै :

एउटै जलविद्युत् आयोजनाबाट सबैभन्दा बढी वार्षिक विद्युत् उत्पादन

चीनको सबैभन्दा ठूलो विद्युत् उत्पादन गर्ने आयोजना थ्रीगोर्जेज ड्यामले गत आइतबारसम्ममा १०३ दशमलव १ अर्ब युनिट (किलोवाट–घण्टा) बिजुली उत्पादन गरेर एउटै जलविद्युत् आयोजनाले एक वर्षमा सबैभन्दा बढी बिजुली उत्पादन गर्ने विश्व किर्तिमान कायम गरेको छ ।
बाढी नियन्त्रण, जल यातायात तथा जलस्रोतको बृहत्तर उपयोगसँगै थ्रीगोर्जेज ड्यामले १०३ दशमलव १ अर्ब युनिट स्वच्छ ऊर्जा उत्पादन गर्न सफल भएको हो । यो दक्षिण अमेरिकी इटाइपु बाँधले सन् २०१६ मा बनाएको रेकर्ड तोड्दै कायम भएको नयाँ रेकर्ड हो ।
यसले उत्पादन गर्ने स्वच्छ ऊर्जा भनेको ३ करोड १७ लाख टन बराबरको कोइला बालेर निस्किने ऊर्जा बराबर हो । यो ८ करोड ६७ लाख टन कार्बनडाइअक्साइड, २० हजार ६०० टन सल्फरडाइअक्साइड र १९ हजार ६०० टन नाइट्रोजन ग्याँसलाई वायुमण्डलमा जानबाट रोक्नु हो ।
स्वच्छ ऊर्जाकोे सबैभन्दा ठूलो स्रोतको रूपमा यो बाँधले ऊर्जा संरक्षण तथा हानिकारक ग्याँस उत्सर्जनलाई कम गर्दै चीनको सुरक्षित, कम कार्बन उत्सर्जन गर्ने पर्यावरणीय प्रभाव न्यूनीकरण गर्ने लक्ष्यलाई सहयोग गर्दै छ ।
सन् २०२० मा चीनमा आसतभन्दा अत्यधिक वर्षा भयो । विशेष गरेर दक्षिणी भेगमा धेरै मात्रामा र लामो अवधिसम्म भएको यो वर्षाका कारण थ्रीगोर्जेज ड्याममा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएको थियो । गत अगस्टमा पानीको बहाव ७५ हजार क्युमेक (घनमिटर प्रतिसेकेन्ड) सम्म पुगेको थियो । यो अहिलेसम्मको सबैभन्दा बढी बहाव हो ।
जलस्रोत मन्त्रालयसँगको सहयोग तथा सही मौसम पूर्वानुमानका कारण आपत्कालीन प्रतिक्रिया तथा जलविद्युत् उत्पादनमा गरेको सफल व्यवस्थापनका कारण यो अत्यधिक वर्षाबाट हुनसक्ने क्षतिलाई रोक्न तथा ऊर्जा उत्पादन गर्न सफल भएको हो ।
पूर्ण क्षमताका साथ विद्युत् उत्पादन गर्दा प्राविधिक कठिनाइहरू नआवस् भनेर र विद्युत् उत्पादनमा कुनै समस्या नआवस् भनेर सबै पक्षबीच राम्रो समन्वय मिलाइएको थियो ।
थ्रीगोर्जेज अहिलेको संसारको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । यसको जम्मा उत्पादन क्षमता सबैभन्दा बढी नै हो । यसको प्रतिजेनेरेटर ७०० मेगावाटको ३२ वटा मुख्य जेनेरेटर, ५० मेगावाटको दुई वटा प्लान्टपावर जेनेरेटर गरेर जम्मा २२ हजार ५०० मेगावाट उत्पादन क्षमता रहेको छ । यसले वार्षिकरूपमा ८८ अर्ब २० करोड युनिट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । सन् २००३ मा पहिलो तहको निर्माण सकिएदेखि चीनको पूर्वी, मध्य र दक्षिणी भाग, क्वान्तोङ्ग प्रान्त तथा आसपासका क्षेत्रहरूको विद्युत् वितरण प्रणालीको मेरुदण्डको रूपमा कायम रहेको छ ।
यो विश्व रेकर्डसँगै पश्चिमा मिडियाहरूले यो बाँध वातावरणको लागि ठूलो खतरा र नुहाउने बाथटबको पानीका लागि सानो चियाको कप भन्दै यसले विपति रोक्ने नभई विपतिको कारण हुनेछ भनेर गरेका गलत प्रचारबाजीहरूको लागि गतिलो जवाफ हुन पुगेको छ ।
स्रोत: ग्लोबल टाइम्स
(२०२० नोभेम्वर १९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *