अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
नेपालमा भारतीय विस्तारवादको हस्तक्षेप कुनै नयाँ कुरो होइन । अनि भारतीय विस्तारवादले गर्ने हस्तक्षेपको प्रतिरोधमा नेपाली जनताको सङ्घर्ष पनि नयाँ विषय होइन । दक्षिण एसियाका अन्य देशलाई आफ्नो तखतमा राख्न र ती देशबाट आफ्नो स्वार्थसिद्ध गर्न भारतीय शासक वर्गले धेरै अघिदेखि प्रयास गर्दै आएको हो । दक्षिण एसियाली देशमा भएका प्राकृतिक स्रोत र आर्थिक सम्भावनालाई भारत आफ्नो पुँजी विस्तार र नाफाको निम्ति उपयोग गर्न खोजिरहेको हुन्छ । ऊ दक्षिण एसियाको बजारमा आफ्नो एकाधिकार जमाउन चाहन्छ । संसारका अरू कुनै देशले दक्षिण एसियामा नजर नलगाओस् र दक्षिण एसियाका अरू देशले पनि अन्य देशसँगको सम्बन्ध विस्तार आफूमार्फत गरोस् भन्ने भारतीय शासक वर्गको चाहना हो ।
भारतको यस्तो एकाधिकारवादी चिन्तन आजको समय सुहाउँदो पक्कै छैन । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सबै देशले आफ्नो राष्ट्रिय आवश्यकता र हित हेर्नु स्वाभाविक हो । आफ्नो देशको लागि आवश्यक सामान वा सेवा जुन देशले सहज र सस्तोमा उपलब्ध गराउँछ, उसैसँग लिने अथवा आफूसँग भएका वस्तु वा सेवा जुन देशले उचित मूल्यमा खरिद गर्ने मनसाय व्यक्त गर्छ त्यसैलाई दिने आजको अन्तर्राष्ट्रिय व्यापारको सरल नियम हो । संसारका सबै खुला बजारको यो सर्वस्वीकार्य नियम हो । कुनै पनि शक्तिले एकाधिकार जमाएर यस्ता अन्तर्राष्ट्रिय नियमविपरीत जान खोज्नु आजको सन्दर्भमा द्वन्द्वको बिजारोपण गर्नु हो । एकधुव्रीय विश्वबाट आजको संसारले फड्को मारिसकेको छ ।
निःसन्देह भारत भौगोलिक, आर्थिक, सैनिक आदि आधारमा दक्षिण एसियाको सबभन्दा शक्तिशाली देश हो । संसारकै महाशक्ति बन्ने भारतीय शासक वर्गको आकाङ्क्षालाई तबसम्म गलत मान्न सकिन्न, जबसम्म उसले आफ्नो त्यो लक्ष्य हासिल गर्न नेपालजस्ता साना देशमाथि हस्तक्षेपको तरबार चलाउँदैन । तर, भारतीय विस्तारवादको विगत फर्केर हेर्दा उसले आफ्नो बलबुत्तामा भन्दा पनि साना र अल्पविकसित देशहरूमाथि प्राकृतिक स्रोतको लुटपाट गरेर शक्तिशाली बन्न खोजिरहेको प्रस्ट छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन भइरहेको छ । उपनिवेशवादको युगान्त भएको दसकौँ बितिसकेको छ । संसारलाई आफ्नो तखतमा राख्ने महत्वाकाङ्क्षा बोकेका शक्तिहरू एकपछि अर्को ढल्दै गएका छन् । महाशक्ति दाबी गर्ने संरा अमेरिका एक्काइसौँ शताब्दीसम्म आइपुग्दा निकै कमजोर भइसकेको छ । संरा अमेरिकी साम्राज्यवादी शक्तिको कान्ति बिस्तारै क्षीण बन्दै गएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा आएको यो फेरबदलबाट भारतीय एकाधिकार पुँजी र विस्तारवादले पनि केही पाठ सिक्न जरूरी छ । दक्षिण एसियाली देशहरूलाई आफ्नै मुट्ठीमा कैद गर्ने साँघुरो चिन्तनबाट भारत मुक्त हुन ढिलो भइसकेको छ । भौगोलिक रूपमा सानो र आर्थिकरूपमा कमजोर हुँदैमा कुनै पनि देशको सार्वभौमिकता कमसल र खोटो हुने गर्दैन । त्यसकारण भारतले आफूलाई अब दक्षिण एसियाली देशको ‘ठूलो दाजु’को झूठो दाबी त्याग्नुपर्छ । भारतीय शासक वर्गले बेलायती उपनिवेशवादले छोडेको उपनिवेशवादी र हस्तक्षेपकारी प्रवृत्ति त्याग्नुपर्छ । दक्षिण एसियाली देशमाथि भारतले गर्दै आएका सबै खालका हस्तक्षेप र प्रभुत्व छोड्नुपर्छ । दक्षिण एसियालाई आफ्नो आँगन ठान्ने ‘मुनरोवादी चिन्तन’ विस्तारवादी शासकहरूले समयमै छोड्न नसके भारतले अन्तर्राष्ट्रियरूपमा ठूलो मूल्य चुकाइरहनुपर्नेछ । भारतले छिमेकका देशलाई समान हैसियत र स्वतन्त्र देशको कोणबाट हेरोस् । कुनै पनि देशसँग भएका स्रोत र क्षमताले आधारभूतरूपमा त्यही देशका जनताको सेवा गर्नुपर्छ । भारतले दक्षिण एसियाली देशहरूबाट उनीहरूसँग भएका स्रोत खोसेर आफ्नो हितमा प्रयोग गर्ने सोच राख्नु आजको समय सुहाउने विचार होइन ।
Leave a Reply