कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
चीनले गत केही वर्षहरूमा कृषि प्रविधिमा प्रगति गरेको छ । अहिले चीन संसारमा सबैभन्दा बढी कृषि प्रविधिमा प्याटेन्टको लागि आवेदन दिने देश भएको छ । गत हप्ता प्रकाशित एक रिपोर्टअनुसार अरू देशहरूमा कृषि प्रविधिसम्बन्धी बौद्धिक सम्पत्ति संरक्षणको लागि भने चीन अरू धेरै उपायहरू अवलम्बन गर्न बाँकी नै रहेको कुरा उल्लेख गरिएको छ ।
चिनियाँ संस्थान तथा उद्योगहरूले सन् २०१५ देखि २०१९ सम्ममा ६ लाख १२ हजारभन्दा बढी कृषिसँग सम्बन्धित प्याटेन्टको लागि आवेदन दिएको थियो । संसारमा सबैभन्दा बढी प्याटेन्टको आवेदन दिएको चीनको वृद्धिदर प्रतिवर्ष ७ दशमलव ६ प्रतिशतको रहेको कुरा चिनियाँ कृषिविज्ञान एकेडेमीले जानकारी दिएको छ ।
२२ वटा देशहरूको कृषि आधुनिकीकरणको बारेमा अनुसन्धानकर्ताहरूले गरेको विश्लेषणका आधारमा निकालिएको यो नतिजा प्याटेन्टका लागि दिएको आवेदन, त्यसको आधिकारिता र बाह्य मुलुकमा गरेको प्याटेन्टका आधारमा गरिएको हो । यी २२ वटा देश जसमा संरा अमेरिका, जापान, बेलायत र क्यानाडासमेत रहेका छन्, सबै प्याटेन्ट आवेदनको ६२ प्रतिशत हिस्सा चीनले ओगटेको छ ।
चीनले प्याटेन्टका लागि गत ५ वर्षभरि दिएका आवेदनको ११ प्रतिशतले आधिकारिकता पाएको छ । यो तथ्याङ्कले चीन १३ स्थान माथि उक्लँदै यी देशहरू मध्यमा आठौँ स्थानमा परेको छ । प्रतिस्पर्धात्मकताका आधारमा संरा अमेरिका र डेनमार्कपछि चीन तेस्रो स्थानमा छ । प्रतिस्पर्धात्मकताले प्राविधिक आविष्कारितामा कस्तो स्थितिमा रहेको कुरालाई इङ्गित गर्दछ । कृषि प्रविधिका आठ वटा मुख्य विधामध्ये कीरा फट्याङ्ग्राको नियन्त्रण, पशु खाद्यान्न तथा पोषण र वनस्पतिहरूमा प्रयोग गरिने मलखाद् र पोषणमा चीन अग्रस्थानमा रहेको छ ।
चीनको प्याटेन्ट आवेदन र त्यसको आधिकारिकता प्राप्त गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदनमा भने चीन अरू कृषि प्रविधिमा विकसित देशहरूभन्दा पछि परेको छ । गत पाँच वर्षमा दिइएका ९७५ प्रतिशत आवेदन चीन भित्रै थियो भने ३ प्रतिशतमात्र बाह्य मुलुकहरूमा दिइएका थिए ।
चिनियाँकृषि विज्ञान एकेडेमीका उपाध्यक्ष सुन थानका अनुसार केही विकसित देशहरूको बाह्य मुलुकहरूमा दिएका प्याटेन्टका लागि आवेदन तुलनात्मकरूपमा धेरै छन् । चीन र जापानमा दिएका आवेदनहरूको लगभग ५० प्रतिशतले चीनमा पनि प्याटेन्टको आवेदन दिएका छन् । चीनले बाह्य मुलुकहरूमा चीनको आविष्कारिताको प्रयोगका आधारमा कृषि क्षेत्रको प्याटेन्टको आवेदन कमजोर परेको कुरा उहाँले औँल्याउनुभयो ।
अन्तर्राष्ट्रिय प्याटेन्टहरूमा कमी भएका कारण विश्वव्यापी प्रतिस्पर्धामा चीनको कृषि प्रविधि कमजोर परेको छ । बालीनालीहरूको अनुवांशिक अनुसन्धान, कृषिमा सूचना प्रविधिको प्रयोगजस्ता क्षेत्रहरूमा चीनको अनुसन्धान बलियो भएकोले यी क्षेत्रहरूमा थप अनुसन्धान र प्याटेन्टमा जोड दिनु उत्तम हुने विचार सो एकेडेमीका अर्का उपाध्यक्ष मई सुरोङले व्यक्त गर्नुभयो ।
जनवादी गणतन्त्र चीनका कृषि तथा ग्रामीण मामिला सहायकमन्त्री छाङ्ग था ओलिनका अनुसार गत पाँच वर्षमा चीनले कृषि प्रविधिमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै कृषि प्रविधिको क्षेत्रमा अरू विकसित देशहरूसँगको दुरीलाई घटाएको छ । कृषि प्रविधिको विकास र नयाँ आविष्कारका लागि निरन्तर प्रयासले चीनको खेत र ग्रामीण भेगको आधुनिकीरणको लागि मुख्य भूमिका निर्वाह गर्नका लागि टेवा पु¥याउनेछ भन्नुभयो ।
नेपाली अनुवाद: एस डी
Leave a Reply