सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
लहान, १० मङ्सिर । डिएपी मल आएपछि सिरहामा बुधबारदेखि रासायनिक मलको बिक्री वितरण सुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पाेरेशनले डिएपी मलको बिक्री वितरण सुरु गरेको हो ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिनुभयो ।
“हामीलाई दुई दिनअघि कोटा छुट्टयाएर ३३० मेट्रिक टन डिएपी वितरणका लागि मल प्राप्त भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “मल आएलगत्तै बिक्री वितरण सुरु गरेको र सहकारी डिलरमार्फत अहिलेसम्म १५० मेट्रिक टन वितरण गरिसकेका छौँ ।” अब हामीसँग १८० मेट्रिक टन डिएपी मल गोदाममा मौज्दात रहेको प्रमुख पौडेलको भनाइ छ ।
यस्तै साल्टट्रेडिङ कर्पाेरेशनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । “हामीलाई ७६० मेट्रिक टन अर्थात् १० हजार बोरा डिएपी मल प्राप्त भएको छ”, साल्ट ट्रेडिङ कर्पाेरेशन लहानका प्रमुख जीतेन्द्र साहले भन्नुभयो, “गाउँ – गाउँमा सहकारीको डिलर बनिसकेको छैन, जसका कारण मल बिक्री वितरण गर्न समस्या भइरहेको छ ।” सहकारीको डिलर बन्ने वित्तिकै डिएपी मलको बिक्री वितरण सुरु गरिने प्रमुख साहको कथन छ ।
सिरहामा डिएपी मल आए पनि युरिया मल भने अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पाेरेशन लहानले जनाएको छ । गहुँबाली छर्ने बेला भएकाले डिएपी र युरिया मलको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा सिरहामा डिएपी र युरिया मलको आभाव भएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पाएका छन् । सिरहामा कूल खेतीयोग्य ६० हजार ७०० हेक्टर क्षेत्रफलमध्ये ७० प्रतिशत क्षेत्रफलमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । रासस
Leave a Reply