भर्खरै :

‘मजदुर’ दैनिकमा प्रकाशित लेख रचनाबारे एक छलफल

पत्रपत्रिका (समाचारपत्र, साप्ताहिक, पाक्षिक, मासिक वा समसामयिक एवम् स्मारिकाहरूसमेत) ले देश र समाजलाई दैनिक वा सामयिक घटना विवरण र टीका–टिप्पणीहरूमात्र नगरी तिनमा ऐतिहासिक, वर्तमान र भविष्यका सम्भावित राम्रा र नराम्रा परिणामहरूबारे पनि जानकारी एवम् शिक्षित गर्ने विषयवस्तुहरू आवश्यक हुन्छ । अर्को भाषामा देश र जनताको हितमा लोकमत तयार गर्ने काम गरी पत्रकारिताले आफ्नो कर्तव्य पूरा गर्छ । समाज परिवर्तनशील हुँदा मानिसहरू विशेषगरी युवाहरू परिवर्तनशील हुन्छन् । आश्चर्य लाग्छ, चर्चहरूबाट शिक्षित कैयौँ युवा पछि नास्तिक र उपनिवेशवाद एवम् साम्राज्यवादविरोधी नेता र सहिद भए । यो कुरा दर्शन, विज्ञान, राजनीति आदि झन्डै सबै क्षेत्रमा देखापरे । राजाबाटै ठूल–ठूला पद र सम्मान पाएका व्यक्तिहरूसमेत निरङ्कुशता सहन नसकेर राजाविरोधी भए तथा आफ्नो इज्जत एवम् अडान छोडी ज्यान सजाय स्वीकारे ।
पत्रकारिताको संसारमा बेलायतदेखि संरा अमेरिकी ‘राष्ट्रिय’ भनिने शोषक र शासक वर्गका मुखपत्र वा समाचारहरूमा काम गर्ने संवाददाता वा स्तम्भ लेखकहरूसमेत आफ्नै देशको सरकार वा पत्रिकाको उद्देश्यविपरीत क्रान्तिको पक्षमा लागे र संसारलाई हल्लाउने र पत्रकारिताको आकाशमा नयाँ–नयाँ नक्षत्र सावित भए । जोनरिड, अन्ना लुइस स्ट्रङ, एडगर स्नो आदि यसका उदाहरण हुन् ।
त्यस्तै माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ, हो चि–मिन्ह, किम इल सुङ, क्यास्ट्रो आदि नेताहरूको सम्झनामा जीवनी र रचनाहरूसमेत ‘मजदुर’ दैनिकले प्रकाशित गर्दै आएको छ । हालै एक भारतीय कम्युनिस्ट नेता ज्योति बसुको आत्मकथा ‘मजदुर’ दैनिकले सिलसिलेवार प्रस्तुत गर्र्दै छ । पहिलो र दोस्रो विश्वयुद्ध, कोरिया युद्ध (१९५०–१९५३) र भियतनाम युद्धमा जस्तो शक्तिशाली देशले कमजोर देशहरूमाथि अत्याचार गर्ने परिपाटी भएसम्म अन्यायमा परेका जनता आफ्नो इज्जत, प्रतिष्ठा र अस्तित्वको निम्ति लड्दै छन् । साम्राज्यवाद र शोषण भएसम्म लडाइँ भइरहनेछ ।

पत्रकारिताको संसारमा बेलायतदेखि संरा अमेरिकी ‘राष्ट्रिय’ भनिने शोषक र शासक वर्गका मुखपत्र वा समाचारहरूमा काम गर्ने संवाददाता वा स्तम्भ लेखकहरूसमेत आफ्नै देशको सरकार वा पत्रिकाको उद्देश्यविपरीत क्रान्तिको पक्षमा लागे र संसारलाई हल्लाउने र पत्रकारिताको आकाशमा नयाँ–नयाँ नक्षत्र सावित भए । जोनरिड, अन्ना लुइस स्ट्रङ, एडगर स्नो आदि यसका उदाहरण हुन् ।

संसारमा अमेरिकी साम्राज्यवाद रहेसम्म अन्याय र युद्ध भइरहनेछ । संरा अमेरिकालाई हतियार बेच्ने र युद्ध गराउने व्यापारीको रूपमा चिनाउनु जरुरी छ । यसकारण नेपालका ‘राष्ट्रिय’ भनिने ठूल–ठूला दैनिक पत्रिकाहरूले यो सत्यलाई खोल्न चाहँदैनन्, ती पत्रपत्रिकाहरू कुनै न कुनै रूपले एक न एक देशी वा विदेशी पुँजी (कम्पनीहरू) सँग संलग्न हुन्छन् र ती जनताको चेतनाको स्तरलाई उकास्न दिँदैनन् । तिनीहरूले सामान बेच्नको लागि प्रचार गर्नकै निम्ति समाचारपत्रहरू प्रकाशित गरेका हुन्छन् ।
तर, नेपालमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकजस्ता कामदार जनताका हिमायती पत्रिकाहरू पनि छन् जसले सोभियत संशोधनवाद ‘सामाजिक साम्राज्यवाद’ मा पुग्न र रुसबाट ‘सोभियत सङ्घ’ र समाजवादको अस्थायी हारका कारण एवम् पतनका बारेमा नेपाली कामदार जनतालाई बताउँदै आएका छन् । त्यस्तै बेलायती उपनिवेशवादीले भारतीय जनतालाई स्वतन्त्रता दिनु पर्ला भनी भारतमा हिन्दू र मुसलमानको मारकाट चलाउन दिई जनताको एकतालाई भङ्ग गर्न खोजेको थियो । त्यस्तै पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कामा पनि आपसमा भिडाउने कुचाल चाल्दै गयो । हार्दै गएका उपनिवेशवादीहरूले ‘म्याकमाहोन’ भन्ने एक बेलायती सर्भेयरलाई सकुनी बनाएर इतिहासमा कहिले औपचारिकरूपमा चीन र भारतको बीचमा नछुटिएको ठाउँमा आफ्नो मनलाग्दो नक्सा कोरेर, हिन्दूको मन्दिरमा अङ्ग्रेजहरूले नै गाईको टाउको फाल्न लगाउने र मुसलमानको मस्जिदमा सुँगुरको टाउको फाल्न लगाएर हिन्दू–मुसलमानबीच ठूलो काटमार गराइए जस्तै ‘म्याकमाहोन’ कै नक्साअनुसार भारतलाई उचालेर चीनसित १९६२ देखि सीमा भिडन्त गर्न दिए ।
यस्ता अनेक विषयमा ‘मजदुर’ दैनिकले पुराना पुस्तकहरूको सार–सङ्क्षेप, समीक्षा र नयाँ–नयाँ महत्वपूर्ण पुस्तकहरूको पनि परिचय प्रकाशित गर्दै पाठक र जनताको चेतनाको स्तर विकास गर्नमा निरन्तर लागेको देख्दा खुसी लाग्छ ।
देशी र विदेशी लेखकहरूका निम्न पुस्तक, लेख–रचनालाई नेपालीमा अनुवाद र सार सङ्क्षेपमा चर्चा गरिए–
१) दास मनोवृत्तिको सोचले कुनै पनि मुलुक कहिल्यै समृद्ध बन्दैन
२) मौन क्रन्दन (लुडविग एफ. स्टिलर)
३) महामारीले कसरी बढ्दै छ असमानता ?
४) जब चीनले विश्वको नेतृत्व गर्नेछ– लेखक मार्टिन ज्याक । यस पुस्तकले पश्चिमी देशमा ठूलो हलचल र आक्रोश फैलायो । तर, साँचोमा चीनले विदेशमा कहिल्यै उपनिवेश बनाएन । त्यो स्वयम् एक व्यङ्ग्य बन्यो– पुस्तकको शीर्षकले पश्चिमलाई रन्थन्यायो, अङ्ग्रेजीमा शीर्षक छ– ‘When China Rules The World’
धारावाहिक प्रकाशित त्यस पुस्तकको सार सङ्क्षेपले पश्चिमेलीहरूभन्दा ‘श्रेष्ठताको अहङ्कार’ को भावना राख्ने, संसारमा अरू सबै देश र जनतालाई ‘तल्लो या हीन भावना भएको’ सम्झनेहरूलाई पुस्तकको विश्लेषणले मुखमा बुजो लगाउँछ ।
यसकारण सो पुस्तक पठनीय भएको हो ।
५) चिलीमा फासीवादको प्रतिरोध
६) फासीवादविरोधी युद्धका ७५ वर्ष (लेखक– फ्रेडे रेडी)
७) के भारतीय सेना भारत सरकारको नियन्त्रणमा छैन ? लेखकः एन्डु कोरिब्को
८) अमेरिकाको बन्दुक नीति र हत्याको सिलसिला– धारावाहिक
९) चिनियाँ जनताको खुसी र मानव जातिको प्रगतिको लागि कडा मेहनत
१०) भीष्म साहनीको उपन्यास ‘तमस’ र कथाबारे साहनीको दृिष्टकोण
११) चीन–भारत विवादित क्षेत्रमा पाँच भारतीय गुप्तचर (लेखक–एन्डु कोरिब्को)
१२) ‘मोदीको भारतमा मुसोलिनीको इटाली पढ्दा’– रामचन्द्र गुहा
१३) संरा अमेरिकामा धनी र गरिबबीचको बढ्दो विभेदले मानव अधिकारमा परेको असर
१४) भारतको चीन युद्ध । लेखकः नोभिल म्याक्सबेल
यो भारतमा आठ वर्षसम्म १९६२ को युद्धबारे अध्ययन गरी प्रकाशित पुस्तक हो, लेखक बेलायती नागरिक हुन् । पुस्तक प्रकाशित भएपछि भारतले लेखकलाई ८ वर्षसम्म भारत आउन प्रतिबन्ध लगायो ।
लेखकले पछि भने – भारतीय गुप्तचर विभागकै प्रमुख अमेरिकी गुप्तचर विभागका एजेन्ट थिए ।
यसरी भिडायो भारतलाई चीनसँग । आज पनि मोदी सरकार पश्चिमी देश खास गरेर बेलायत र अमेरिकाकै कठपुतली बन्दै छ– भारत–चीन सीमा विवादमा ।
१५) डुब्न लागेको जहाज छोड्दै अमेरिकी सहयोगीहरू (ब्राडली ब्लन्केन्सीप)
१६) ‘म मेरो सिद्धान्त त्याग्न सक्दिनँ’– नीना एन्ड्रेएभा । उनी सोभियत सङ्घका कम्युनिस्ट पार्टीका महासचिव र राष्ट्रपति स्तालिनकी नातिनी हुन् । उनी रसायनशास्त्रका प्राध्यापक र एक कम्युनिस्ट पार्टी बोल्शेविककी नेतृ हुन् । केही महिनाअघि उनको दुःखद निधन भएको समाचार छ ।
१७) ‘सङ्कटमा नेपाल’ (Nepal in Crisis) – लेखक पियर्स ब्लाके, जोन क्यामरुन र डेभिड सेइन । ५० वर्षअघिको नेपालको आर्थिक–सामाजिक तस्बिर । यस पुस्तकबारे शासक दलका नेताहरू त्यति गम्भीर नहुँदा स्थितिमा ५० वर्षपछि पनि खासै मौलिक परिवर्तन छैन ।
१८)‘सिक्किम विलयको वियोगान्त’– लेखक एन्ड्रू डफ
१९) हिमाली महाभूल’ (Himalayan Blunder) पुस्तक लेखक १९६२ को सीमा भिडन्तमा चिनियाँ सेनाको बन्दी बनेका ब्रिगेडियर जेपी डाल्भीको पुस्तकको सिलसिलेवार सार सङ्क्षेप छापियो ।
उनले सीमा भिडन्तमा पराजय भोग्नुका दोष सरकार, नेता, सेनाभित्रकै दाउपेच, तयारीबिनाको लडाइँको रूपमा उल्लेख गरे । तर, सम्भवतः राजनैतिक कारणले नै उनले त्यो सीमा भिडन्त बेलायती नक्सा र अमेरिकी सहयोग र उक्साइमा भएको भन्न तयार भएन । नेहरूले जस्तै चीनको आफ्नो सीमा सङ्घर्षमा चीनले आफ्नो भूमि नछोडेकोमा ‘विश्वास ग¥यो’ भन्ने पूर्णरूपले गलत ‘शब्द’ प्रयोग गरे । प्रसङ्गै नमिल्ने वाक्यांश प्रयोग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *