भर्खरै :

एङ्गेल्सको २०० औँ जन्म दिवस मनाइयो

काठमाडौँ, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर वडा नं ५ वडा समितिको आयोजनामा विश्व सर्वहारा वर्गका नेता फ्रेडरिक एङ्गेल्सको २०० औँ जन्म दिवसको अवसरमा ‘राजनैतिक कार्यकर्ता बन्ने भाइ बहिनीलाई चिट्ठी’ पुस्तक र ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका अध्ययन गोष्ठी आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित माक्र्सवाद अहिलेसम्मको उत्कृष्ट वैज्ञानिक समाजवाद विश्वकै लागि दर्शनको रूपमा रहेको बताउनुभयो । उहाँले साहित्यकार हरिबहादुर श्रेष्ठद्धारा लिखित ‘राजनैतिक कार्यकर्ता बन्ने भाइ बहिनीलाई चिट्ठी’ पुस्तक सबै कार्यकर्ताले अध्ययन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनले ‘राजनैतिक कार्यकर्ता बन्ने भाइ बहिनीलाई चिट्ठी’ पुस्तकको भूमिकाबारे प्रस्ट पार्दै समाज परिवर्तनको लागि देशको सेवा मुख्य र ठूलो कुरा हो भन्नुभयो ।
नेमकिपा काठमाडौँ महानगर वडा समितिका सचिव कृष्णबहादुर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नरमान महर्जन र कृष्णहरि महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *