भर्खरै :

वायु प्रदूषण गर्ने गाडीबारे विचार पु¥याउने कि !

विज्ञान, प्रविधि र सञ्चारको यो युगमा नयाँ नयाँ विषयको अध्ययन, अनुसन्धान, खोजीनीति, जाँचबुझ र परीक्षण स्वाभाविक हो । अध्ययन अनुसन्धानमात्र होइन, नयाँ नयाँ विषयवस्तुको उपयोग पनि स्वाभाविक हो । समयसँगै अघि बढ्न, कुनै काम छिटोभन्दा छिटो गर्न, समयमै गर्न र पुग्न नै यन्त्रहरूको विकास हुन्छ । सडकको विकाससँगै सवारी साधनको पनि खाँचो हुन्छ । सवारी साधनको व्यवस्थापन गरेर, सुचारु गरेर यात्रुहरूलाई सेवा सुविधा दिनुपर्छ । अत्यधिक सवारी साधन सञ्चालन गर्दा वायु प्रदूषण बढेको, गाडीजाम भएको र दुर्घटना बढेको पनि बेलाबखत जनगुनासो नआएको होइन ।
जनताका गुनासो सम्बोधन गर्न बेलाबखत सरकारले नीति निर्णय गरेको हुन्छ । कहिले सरकारले ढिलो निर्णय गर्छ, कहिले अध्ययन नै नगरी निर्णय गर्छ त कतिपय निर्णय भए पनि लागू भइरहेको छ कि छैन भनी ध्यान दिँदैन, अनुगमन गर्दैन । अहिले सन्दर्भ पुराना भाडाका गाडीसम्बन्धी हो । सरकारले एक समय २० वर्ष पुराना भाडाका गाडी चल्न नदिने निर्णय ग¥यो । ती गाडीलाई पछि विस्थापित गर्ने निर्णय पनि ग¥यो । २० वर्षभन्दा पुराना भाडाका गाडी चल्न नदिने निर्णय सरकारले गर्दा अवधि तोक्न नहुने विज्ञहरूले फरक मत राखे । २० वर्ष चलाउँदैमा सबै गाडी थोत्रो हुने होइन र सबै गाडीले वायु प्रदूषण गर्छ भन्ने होइन । बीचबीचमा गाडी मर्मत गरिरहेमा त्यो लामो समय चलाउन सकिन्छ भन्ने मत पनि देखियो । कति गाडी त २० वर्ष नपुग्दै काम नलाग्ने स्थितिमा पुगेको हुन्छ । त्यो गाडी चलाउने बाटो, गाडी चालकमा भरपर्छ । कति गाडी दुर्घटना भएर बिग्रेको हुन्छ । गाडीको अवधिभन्दा पनि कुन गाडी थोत्रो छ, बिग्रेको हो, वायु प्रदूषण फालेको हो, त्यसको आधारमा गाडी चल्न नदिने निर्णय गर्नुपर्ने तर्क पनि एकथरीको छ ।
गाडीले यात्रुलाई सेवा सुविधा दिनुभन्दा वायु प्रदूषण बढी गरेको छ भने त्यस्ता गाडी चल्न नदिनेतर्फ सरकार या यातायात मन्त्रालयको मात्र होइन यातायात व्यवस्था विभागको पनि ध्यान जानुपर्छ । गाडी पुरानो होस् या नयाँ काम नलागेपछि या वायु प्रदूषण बढाएपछि या त मर्मत सम्भार गरिरहनुपर्छ या त विकल्प सोच्नुपर्ने हुन्छ । गाडीको सङ्ख्या बढाउने या नबढाउने भन्दा पनि भएका गाडीहरू व्यवस्थित गर्नुपर्छ । सडकको विस्तारसँगै, सडक गाउँ–ठाउँमा पुगेसँगै भएका गाडीहरू पर्याप्त छैन भने नयाँ गाडी सञ्चालन गर्नुपर्ने हुन्छ । तर, गाडी पर्याप्त छ भने सवारी साधनको सङ्ख्यामात्र भएर हुँदैन ।
अहिले नै उपत्यकामा लाखौँ गाडी चलिरहेका छन् । भएका बाटाहरू साँगुरिन थालेका छन् । बाटो चौडा नहुने अनि गाडीको सङ्ख्या बढाएर के दुर्घटना हुँदैन ? २०७३ सालमै २० वर्षे पुराना भाडाका गाडी चल्न नदिने निर्णय सरकारले गरेको थियो । काम नलाग्ने गाडी, थोत्रा गाडी, वायु प्रदूषण बढाउने गाडी सञ्चालनमा रहेका छन् भने नियन्त्रण गर्नुपर्छ । त्यस्ता गाडीलाई सुधार्नुपर्छ । यसतर्फ ट्राफिकको साथै यातायात व्यवस्था विभाग र सरकारको पनि ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *