भर्खरै :

ठूलो दल नै ‘राष्ट्रिय’ दलको मापदण्ड होइन

नेकपाको सरकार विदेशी पुँजीवादको दलदलमा फसेर देश परनिर्भरतातर्फ गइरहेको दोषारोपण नेकपाकै केन्द्रीय नेताहरूले गरेका छन् । समाजवादउन्मुखतर्फ अघि बढ्नुपर्ने सरकार कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर पार्नेतर्फ उन्मुख भइरहेको उनीहरूको दाबी गलत होइन । देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने खालको एमसीसी सम्झौता लागू गर्न अघि लम्केको नेकपाको सरकारले कसको सेवा गर्दै छ, कसलाई खुसी पार्ने काम गर्दै छ भन्ने कुरा घामझैँ छर्लङ्ग छ । सत्तारुढ दलका तिनै नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूले स्थापनाकालदेखि इमानदारीपूर्वक देश र जनताको सेवा गर्न, देशको स्वाधीनता र सार्वभौमिकता जोगाउन आन्दोलनरत नेमकिपाका नेता तथा कार्यकर्तामाथि हिलोछ्याप्दै झूटको खेती गरिरहेका छन् ।
सत्ता र शक्तिले मातेका नेकपाका नेता, मन्त्री र सांसदहरूमा क्रान्तिकारी भावना मरिसकेको छ । क्रान्तिकारी विचार छोडेका नेकपाका ती नेताहरूले जिल्ला–जिल्लामा नेपाल मजदुर किसान पार्टीको विरोध गर्दै आफूलाई क्रान्तिकारी सावित गर्न खोजेका छन् । नेकपा तिलागुफाद्वारा आयोजित सभामा नेकपाका नेता, सांसद र जनप्रतिनिधिहरूले देश र जनताप्रति समर्पित भएर गरिरहेको नेमकिपाको गतिविधि र सङ्घर्षलाई छोप्न सामन्ती शैलीमा विरोध गरे । स्थापनाकालदेखि समाजवादी आन्दोलनमा लागिरहेको नेमकिपालाई विरोध गरेर नेकपाले आफूलाई समाजवादी पार्टी सावित गर्ने दुस्प्रयास गरेको छ ।
लामो प्रजातान्त्रिक अभ्यास नभएको देशमा थ्रेसहोल्ड लागू गर्न नहुने नेमकिपाको जोड थियो । ठूलो दललाई नै ‘राष्ट्रिय’ दलको मान्यता राखेर साना दललाई दबाउने सामन्ती चिन्तन एमालेमा हिजो थियो, आज पनि छ । नेकपाका एक अध्यक्षले अर्काे अध्यक्षमाथि आरोप प्रत्यारोपको पत्र कार्यकर्तासामु बाँडेर आफूलाई सच्चा नायक देखाउने दुःस्वप्न गर्दै छन् । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेका सत्तारुढ दलका तिनै नेताहरू नेमकिपाका नेता तथा कार्यकर्तालाई गाउँबाट भगाउने धम्की दिँदै छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा प्र्रकाशस्तम्भको रूपमा रहेको नेमकिपाको भविष्य छैन भन्दै नेकपा कम्युनिस्ट पार्टीबाट विमुख हुँदै छ । कम्युनिस्ट पार्टीको विरोध गर्ने नेकपा कसरी कम्युनिस्ट पार्टी हुन्छ ? पैसाको खोलो बगाएर, लोभ देखाएर जनता र कार्यकर्ता हातमा लिने, जनता भड्काउँदै हिँड्ने नेकपा तिलागुफामा नेमकिपाले गरिरहेको विकास कार्यदेखि छटपटिएको देखिन्छ । देश र जनताको हितमा काम नगरी अरू दलका जनप्रतिनिधिहरूले गरिरहेकोमा काममा पेट दुखाउने सत्तारुढ दलका नेताहरू के विकासविरोधी भएनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *