भर्खरै :

हिन्दू धर्मको आस्थामाथि राजनीति !

हिजोआज नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने माग गर्दै ¥याली र सभाहरू देखिन थालेका छन् । त्यस्ता ¥यालीमा सहभागीहरू ¥याली आयोजकहरूले फैलाएको एउटा त्रासले त्रसित छन्, त्यो त्रास हो – हिन्दू राष्ट्र वा राज्य भएन भने हाम्रो धर्म, परम्परा र संस्कृतिको रक्षा हुनसक्दैन । भोलि हाम्रो धर्म मान्ने अधिकारसमेत खोसिन्छ । यही त्रास फैलाएर निरङ्कुश पञ्चायती व्यवस्थामा शासन गरेका र समाजमा सामन्ती सोच राखेर धाकधम्कीको आधारमा निमुखामाथि शोषण गरिरहेका पुराना सोचका मानिसहरू अहिले यस्ता ¥याली र सभा आयोजना गरिरहेका छन् । उनीहरू हिन्दू धर्म मान्ने बहुसङ्ख्यक नेपाली जनताको धर्मप्रतिको आस्थामाथि नै राजनीति गरिरहेका छन् । हिन्दू राष्ट्रको नारालाई अगाडि सारेर उनीहरू राजतन्त्र र सामन्तवादी व्यवस्था फर्काउने कुचेष्टामा छन् । बहुसङ्ख्यक नेपाली जनता हिन्दू धर्ममा आस्था राख्छन् तर उनीहरू हिन्दू राष्ट्र वा राज्य हुनुपर्छ भन्दैनन् ।
धर्म वा धार्मिक संस्कारहरू व्यक्तिको व्यक्तिगत आस्थाको विषय हो । धर्म अनेक भएकाले नेपाली जनता अनेक धर्ममा आस्थावान बनेका छन् । यदाकदा आस्था परिवर्तन पनि हुनसक्छ । देश सबै धर्ममा आस्था राख्नेहरूको साझा भूमि हो । राष्ट्र भनेको राज्यभन्दा पनि जनता हुन् । जनता फरक फरक धर्ममा आस्था राख्नेहरू छन् भने एउटै धर्मको राष्ट्र त हुनैसक्दैन । नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राज्य हो । त्यसैले राज्य एउटैमात्र धर्मको हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *