भर्खरै :

बासमती धान र चामल नेपालको हो

बासमती धान र चामलको भौगोलिक एकाधिकारमा भारतको दाबीविरूद्ध युरोपियन युनियन (ईयू) को मुख्यालयमा पेश भएको नेपालको विरोधपत्रका १३ बुँदा यसप्रकार छन् ः
१. नेपालको सामाजिक र सांस्कृतिक पक्षसँग बासमती धान जोडिएको छ ।
२. नेपालमा सदीयौँदेखि बासमती धान उत्पादन र उपभोग हुने गरेको या त्यस्ता प्रमाणहरू पाइन्छ्रन् ।
३. बासमती धान नेपालमा उत्पति भएको र निश्चित भूभागमा वर्षौँदेखि खेती भएको पनि यथेस्ट प्रमाणहरू छन् । यो धानको उत्पतिको एक प्रमुख क्षेत्र नेपालको दक्षिणमा अवस्थित तराई क्षेत्र पनि हो भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले अनुसन्धान पत्र प्रकाशित गरेका छन् ।
४. नेपालका लोकल बासमती धानका विभिन्न जातहरूको नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको मद्दतले चरित्र चित्रण गरिसकेको छ ।
५. बासमतीको अर्थ बासना दिने धान र चामल हो । नेपालमा विभिन्न थरीका बासना आउने धान र चामलका रैथाने जातहरू पाइन्छ ।
६. बासमती धानको सम्बन्धमा सन् १९६० मा र त्यसअघि पनि अध्ययन भएको प्रमाण नेपालसँग छ ।
७. बासमती धानका चार वटा जातहरू नेपाल सरकारको राजपत्रमा नै प्रकाशित छन्
८. बासमती धान र यसको प्रजातिबारे धेरै जर्नल, बुक तथा बुकलेटहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रकाशित भएका छन् ।
९. सामुदायिक बीउ बैङ्कहरूले बाग्मती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् ।
१०. नेपालका थुप्रै स्थानीय मिलहरूले बासमती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गरिरहेका छन् ।
११. नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि सङ्कलन गरिएका ४७ वटा रैथाने बासमती धानका जातहरू नार्कले अन्तर्राष्ट्रिय जिन बैङ्कमा सुरक्षितसँग राख्ने व्यवस्था गरेको छ्र ।
१२. नार्कअन्तर्गतको राष्ट्रिय जिन बैङ्कले करिब २५ वटा रैथाने बासमती धानका जातहरूको बिगत कैयौँ वर्षदेखि नेपालका विभिन्न क्षेत्रबाट सङ्कलन गरेर लामो अवधिको लागि सुरक्षित गरेर राखेको छ ।
१३. नेपालको निश्चित भौगोलिक क्षेत्रको गुण बासमतीको गुणस्तरसँग जोडिएको छ । जस्तो कि पोखरामा फलेको जेठो बुढो बासमती धान र काठमाडौँमा फलेको जेठो बुढो बासमती धानको स्वाद अलग अलग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *