भर्खरै :

विद्यालय सञ्चालन गर्नुअघि

कोभिड–१९ महामारीको कारण झन्डै एक वर्षदेखि बन्द रहेका शिक्षण संस्थाहरू क्रमशः खुल्न थालेका छन् । विद्यालय खोल्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएसँगै स्थानीय तहहरूले आफ्नो अनुकूलतामा विद्यालय खोल्ने निर्णय गर्न थालेका छन् । भौतिक उपस्थितिमा कक्षा हुन नसकेको अवस्थामा विशेषतः सहरी क्षेत्रका विद्यालयहरूले इन्टरनेटमार्फत अभौतिक कक्षाहरू गर्दै आएका थिए । त्यस्ता अभौतिक कक्षाहरू अपेक्षित प्रभावकारी नभएको विभिन्न अध्ययनले देखाएको छ ।
कोभिड–१९ को सङ्क्रमण पूर्णतः निमिट्यान्न भइसकेको छैन । नेपालमै पनि दैनिक हजारौँको सङ्ख्यामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । कोभिडकै कारण दैनिक मर्नेको सङ्ख्यामा पनि कमी आएको छैन । पीसीआर परीक्षण नै नगर्दा सङ्क्रमण केही घटेको जस्तो देखिएको छ । कोभिड–१९ नियन्त्रणमा सरकार असफल भएसँगै समाजका सबै क्षेत्र खुला हुन थालेका छन् । कोभिड–१९ बाट जोगिन पालना गर्नुपर्ने नियमहरू औपचारिकतामा मात्र सीमित बन्दै गएको छ । समाजका अन्य सबै क्षेत्र खुला भएपछि विद्यालय र कलेजहरू मात्र बन्द हुनु अव्यवहारिक र तर्कहीन बन्दै गएको छ । लामो समय विद्यालयहरू भौतिकरूपमा सञ्चालनमा नआउँदा विद्यार्थीहरूको सर्वाङ्गीण शैक्षिक विकासमा समस्यामात्र भएको छैन, बरु विशेषतः निजी क्षेत्रका कार्यरत लाखौँ सङ्ख्यामा शिक्षक–शिक्षिकाहरूको रोजगारी नै खोसिएको अवस्था छ । सबै क्षेत्र खुला भएपछि विद्यालयमात्र किन बन्द गर्ने भन्ने प्रश्नको उत्तर सरकारसँग छैन । त्यसकारण, अब महामारीले सघन रूप नलिएका स्थानीय तहमा स्थानीय सरकारले क्रमशः विद्यालयहरू खोल्ने निर्णय गर्नु स्वाभाविक हो ।
कोभिड–१९ बाट जोगिन अपनाउने उपायहरूको पालना सरकार वा अरू कसैको लागि होइन । बरु आफ्नै स्वास्थ्यको लागि हो । विद्यालयहरूको सञ्चालन थाल्दा पनि विद्यालय सञ्चालक र शिक्षक–शिक्षिकाहरूले ती उपायहरूलाई औपचारिकता पूरा गर्ने हेतुले मात्र पालना गर्नु हुन्न । आफ्नो विद्यालयमा पढ्ने बालबालिकाको नैतिक जिम्मेवारी शिक्षक–शिक्षिकाहरूको पनि हो । आफ्नै सन्तान जस्तै हुर्काएका फूलजस्ता नानीहरूलाई कुनै पनि स्वास्थ्य समस्याबाट सुरक्षित राख्नु उनीहरूको पनि दायित्व हो । त्यसकारण विद्यालय सञ्चालनको क्रममा विद्यालयहरूले इमानदारीपूर्वक सावधानीका उपायको पालना गर्न जरुरी छ । सरकारी निकाय, अभिभावक वा अरू कसैको आँखा छल्नमात्र त्यस्ता नियमको पालना गर्ने सोच पूर्णतः त्याग्न जरुरी छ ।

कोभिड–१९ बाट जोगिन अपनाउने उपायहरूको पालना सरकार वा अरू कसैको लागि होइन । बरु आफ्नै स्वास्थ्यको लागि हो । विद्यालयहरूको सञ्चालन थाल्दा पनि विद्यालय सञ्चालक र शिक्षक–शिक्षिकाहरूले ती उपायहरूलाई औपचारिकता पूरा गर्ने हेतुले मात्र पालना गर्नु हुन्न । आफ्नो विद्यालयमा पढ्ने बालबालिकाको नैतिक जिम्मेवारी शिक्षक–शिक्षिकाहरूको पनि हो । आफ्नै सन्तान जस्तै हुर्काएका फूलजस्ता नानीहरूलाई कुनै पनि स्वास्थ्य समस्याबाट सुरक्षित राख्नु उनीहरूको पनि दायित्व हो ।

अरूको आँखा छल्न नक्कली र सस्तो स्यानिटाइटर प्रयोग गर्ने, बिग्रेको थर्मोमिटर, कमसल साबुनको प्रयोग गर्ने अनि नाममात्रको सामाजिक दुरी कायम गर्ने गल्ती हुन हुन्न । नेपालकै विभिन्न देशको अनुभवले विद्यालयबाटै सङ्क्रमण फैलिएका उदाहरण छन् । दुर्गम हुम्ला जिल्लामा विद्यालयबाट विद्यार्थी र शिक्षकहरूमा सङ्क्रमण फैलिँदा विद्यालय पुनः बन्द गर्ने निर्णय गर्नुपरेको थियो । लामो समय पछि विद्यालय सञ्चालनमा उत्साहपूर्वक तम्सिएका शिक्षक–शिक्षिका र विद्यालय सञ्चालनहरूले यस्ता अनुभवबारे सदैव सजग हुन जरुरी छ ।
कक्षा कोठा, खेल मैदान, पुस्तकालय र प्रयोगशालामा सामाजिक दुरीदेखि विद्यार्थीहरूको विद्यालय आउने र छुटी हुने समयमा समेत फेरबदल गरेर पनि सम्भावित सङ्क्रमको जोखिम न्यून गर्न सबै सरोकारवाला पक्ष लाग्न जरुरी छ ।
सबैले बुझौँ, कोभिड–१९ महामारीलाई संसारले अझै पनि पराजित गरिसकेको छैन । कोभिडलाई पूर्णतः पराजित नगर्दासम्म सावधानीका उपाय अपमान अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कम्तीमा एक सय दिन मास्क नछोड्न आह्वान गरेका थिए । अमेरिकामा खोपको प्रयोगबारे व्यापक चर्चा भए पनि सावधानीका उपाय पालनमा इमानदार रहन सो आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रको यो उदाहरणबाट सिकौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *