भर्खरै :

किन हटाउनुपर्छ भक्तपुर साना औद्योगिक क्षेत्र ?

(मङ्सिर ३ गते शनिबार भक्तपुर साना औद्योगिक क्षेत्रको प्रदूषणबारे स्थलगत अध्ययन अवलोकन गर्न आएको प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका प्रतिनिधिमण्डलसमक्ष स्थानीय जनता र भक्तपुर नगरपालिकाका कर्मचारीले दिएको उजुरीको पूर्ण पाठ प्रस्तुत छ –सम्पादक)
१) भक्तपुरको हस्तकलामा आधारित परम्परागत सीपलाई प्रवद्र्धन गर्न र स्थानीयलाई रोजगारी प्रदान गर्न मित्र देश जर्मनी सरकारको सहयोगमा वि.सं. २०३६ सालमा जनताको ७१ रोपनी जग्गा अधिग्रहण गरी भक्तपुर साना उद्योग क्षेत्र स्थापना भएको हो ।
२) वि.सं. २०४७ बाट यो उद्योग क्षेत्रमा ध्वनि, धुवाँ, रसायन प्रदूषण फैलिने टेक्सटाइल, डाइङ्ग, प्लास्टिक र रङ्गरोगनजस्ता ठूला उद्योगहरू स्थापना गरियो । यी उद्योगहरूबाट यस उद्योग क्षेत्र वरिपरि व्यासी, खौमा, इताछेँ, सहिद उद्यान, मेथीबारीमा बसोबास गरेका जनताको स्वास्थ्यमा हानि भइरहेको छ ।
३) बिहान ७ः०० बजेदेखि सञ्चालन हुने कृति, नेपो, अरुणा, शिव बाबा, मेमोर्सलगायत टेक्स्टाइल एवम् डाइङ्ग उद्योगको ध्वनि र धुँवाले जनताको आँखा, श्वास प्रश्वासमा हानि पु¥याएको, कोभिड–१९ सङ्क्रमणको यो घडीमा विद्यालय र कलेजका विद्यार्थीको अनलाइन कक्षामा बाधा पुगिरहेको छ ।
४) मानव बस्तीको बीचमा टेक्स्टाइल, डाइङ, प्लास्टिक र रङ्गरोगन उद्योग सम्भव नभएको हुँदा यहाँका पीडित जनता २०–२५ वर्षदेखि ती उद्योगहरू यस उद्योग क्षेत्रबाट हटाउन भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुर, उद्योग विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, औद्योगिक क्षेत्र व्यवस्थापन लि. मा उजुरी राखी आवाज उठाउँदै छन् ।
५) पीडित जनताको गुनासो सम्बोधन गर्न नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू दुई वर्षभित्र उपत्यकाबाहिर स्थानान्तरण गर्ने प्रतिबद्धता पनि गरिएको छ । उक्त प्रतिबद्धता अविलम्ब पूरा गर्न संसदीय उपसमितिले नेपाल सरकारलाई निर्देशन दिनु आवश्यक छ ।
६) भक्तपुर नगरपालिकाले सरकारको प्रतिबद्धताअनुसार यो उद्योग क्षेत्र उपत्यकाबाहिर स्थानान्तरण गर्न नेपाल सरकारलाई अनुरोध गरिसकेको छ ।
७) नेपाल सरकारको प्रतिबद्धता र भक्तपुर नगरपालिकाको परिपत्रविपरीत औद्योगिक क्षेत्र व्यवस्थापन लि. ले निषेधाज्ञाको बेला गएको भदौ २० र २१ गते नेपो इण्डष्ट्रिजलाई ध्वनि प्रदूषण हुने ठूल ठूला टेक्स्टाइल मेसिन राख्न लगाएको छ । काठमाडाँै उपत्यकामा राख्न नपाउने धुँवा र रसायन प्रदूषण फाल्ने डाइङ्ग राख्न लगाइएको छ । घरेलु कार्यालयमा पश्मिना उत्पादन गर्न अनुमति पाएको मेमोर्स इन्डस्ट्रिजलाई उद्योग व्यवस्थापनको सम्झौताविपरीत अन्य व्यक्ति रवि सिंहलाई ध्वनि र रसायन प्रदूषण फाल्ने ठूला टेक्स्टाइल मेसिन र धागो रङ्गाउने डाइङ्ग सञ्चालन गराइएको छ । निज रवी सिंहले सरकारी स्वामित्वको जग्गामा बनेको सो भवन आप्mनो होइन जलाइदिनु भनी पीडित जनतालाई भनेका थिए ।
८) नेपो इन्डस्ट्रिजले निषेधाज्ञाको बेला गएको भदौ २० र २१ गते क्रेन ल्याई ध्वनि प्रदूषण फाल्ने ठूलठूला टेक्सटाइल मेसिन जडान गरेपछि स्थानीय पीडित जनताको आग्रहमा भक्तपुर नगरपालिकाका कर्मचारीलाई गुहार मागेको र नगरपालिकाका निरीक्षक दिलिपकुमार सुवालले नगरपालिकाको स्वीकृतिविना क्रेन प्रयोग गरी ध्वनि प्रदूषण फाल्ने टेक्स्टाइल मेशिन जडान नगर्न नेपो इण्डष्ट्रिजको सञ्चालक पवन सांघाई र रोहित साङ्घाईलाई आग्रह गर्दा ती दुवैले नगरपालिकाका कर्मचारीलाई “तिम्रो नगरपालिकाले के गर्न सक्छ ?” भनी साङ्घातिक आक्रमण गर्ने धम्की दिएको र त्यही डरले नगरपालिकाका कर्मचारी दिलिपकुमारको प्रतिरोध क्षमता कमजोर भई चार महिनादेखि बिरामी छन् । सशस्त्र प्रहरी बल, नेपालको अस्पताल बलम्बु, ललितपुरको किष्ट मेडिकल कलेजको अस्पतालमा महिनाँै उपचार भए पनि निको भएको छैन ।
९) यस क्षेत्रको ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने उद्योगका कारण प्रतिरोध क्षमता कमजोर भएर धेरैलाई कोभिड–१९ सङ्क्रमण भयो भने एकजना इन्जिनियर युवालाई कोभिड–१९ सङ्क्रमण नेगेटिभ हुन तीन महिना लागेको थियो । तसर्थ यस क्षेत्रका उद्योगहरूको ध्वनि, धुवाँ, रसायन प्रदूषणबाट २०–२५ वर्षदेखि पीडित जनतालाई सम्बन्धित उद्योगहरूबाट क्षतिपूर्ति भराउने व्यवस्थाको लागि अनुरोध गर्दछौँ ।
१०) भक्तपुर नगरपालिकाको परिपत्र र जनताको उजुरीलाई भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले पूरै बेवास्ता गरी सो क्षेत्रमा प्रदूषण नभएको झूटा प्रतिवेदन तयार गरेको हुँदा ती दुबै कार्यालयका अधिकारीहरूलाई कुनै सरकारी सुविधासमेत नपाउने गरी बर्खास्त गर्न नेपाल सरकारलाई निर्देशनको लागि आग्रह गर्दछौँ ।
११) स्थापनाको बेला सरकारले नै यहाँको हस्तकलाका उद्योगहरूलाई सुहाउँदो टाइल छानाको एक तलाको भवन बनाएको थियो । यी भवनको टायल छाना हटाई जस्तापाता मोडेर जस्तापाताकै छाना लगाई टेक्स्टाइल, डाइङ्ग, प्लास्टिक, रङ्गरोगन उद्योग सञ्चालन गरिएको हुँदा अहिले कुनै पनि दृष्टिले ध्वनि, धुवाँ र रसायन प्रदूषण नियन्त्रण हुने अवस्था छैन । नेपो इन्डस्ट्रिजले ध्बतभच भ्लनष्लभभचष्लन नामको निजी कम्पनीलाई प्रदूषण नभएको झूटा रिपोर्ट बनाउन लगाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरेको सो इन्डस्ट्रिजका सञ्चालक पवन र रोहित साङ्घाईलाई जालसाजीमा कारबाही गर्न माग गर्दछौँ ।
१२)औद्योगिक क्षेत्र व्यवस्थापन लि. का अधिकारीहरूको मिलेमतोमा यस क्षेत्रको सरकारी जग्गा र भवन ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने उद्योग राख्न भित्रभित्रै करोडाँै करोड मूल्यमा खरिद बिक्री भइरहेको छ । यस्ता भ्रष्ट कर्मचारी र राजस्व चुहावट गरेका उद्योगीहरूलाई कारबाही गरेमात्र ‘समृद्ध नेपाल सुखी नेपाली’ सम्भव हुनेछ ।
१३)नेपाल सरकारको प्रतिबद्धतानुसार ७१ रोपनीको नेपालकै सानो यो उद्योग क्षेत्रलाई काठमाडाँै उपत्यकाबाहिर स्थानान्तरण गर्न आग्रह गर्दछौँ । उखुको मूल्य नपाएका किसानलाई जस्तै हामी ध्वनि, धुवाँ, रसायन प्रदूषणबाट पीडित जनतालाई सडक सङ्घर्षमा जान बाध्य नगराउन आग्रह गर्दछौँ ।
मिति ः २०७७÷०९÷०३ गते
संसदीय अध्ययन उपसमितिसमक्ष पीडित कर्मचारीको उजुरी ।
१) यस उद्योग क्षेत्र वरिपरि भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुर, जिल्ला समन्वय समिति, विश्व सम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र जोडिएको छ ।
२) यस क्षेत्रको ध्वनि, धुवाँ, रसायन प्रदूषण फालेका उद्योगहरूबाट भक्तपुर नगरपालिकाका ४०० भन्दा बढी कर्मचारीहरूको स्वास्थ्यमा हानी पुगेको हुँदा हामी कर्मचारीहरूको तर्फबाट पनि नेपाल सरकारको प्रतिबद्धतानुसार यो उद्योग क्षेत्र उपत्यकाबाहिर स्थानान्तरण गर्न भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष निवेदन पेश गरेका छौँ । हाम्रो निवेदनअनुसार प्रमुखज्यूले यो औद्योगिक क्षेत्र स्थानान्तरण गर्न सम्बन्धित निकायमा सिफारिस पठाउनुभएको छ । सो सिफारिस यथाशीघ्र कार्यान्वयन हुनु आवश्यक छ ।
३) यो उद्योग क्षेत्रसँगै विद्यालयहरू र खेल मैदान पनि जोडिएका छन् भने भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपन केन्द्र पनि निकटमै छन् । यसकारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी यो उद्योग क्षेत्रलाई अविलम्ब स्थानान्तरण गर्नु आवश्यक छ ।
४) यो उद्योग क्षेत्रको बीचमा परेको सडक नवदुर्गा नाच र कालीदह मेलासँग जोडिएको परम्परागत र सांस्कृतिक महत्वको हो । यसलाई संरक्षण गर्न पनि यस अगाडिका सरकारहरूको गल्ती सच्याएर यो उद्योग क्षेत्रलाई स्थानान्तरण गर्नुपर्दछ ।
५) देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनको लागि उद्योगहरू राति पनि सञ्चालन गर्नुपर्ने हुन्छ । मानव बस्तीको बीचमा परेको यो उद्योग क्षेत्रमा दिउँसो उद्योग सञ्चालन गर्नु नै मानव स्वास्थ्यमा हानिकारक भएकोले यस क्षेत्रलाई अविलम्ब स्थानान्तरण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *