नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
शारीरिक र मानसिकरूपमा १६ वर्षदेखि ४५ वर्षसम्मका स्वस्थ महिला र पुरूषलाई युवा भनिन्छ । हरेक देशमा युवाको उमेरहद सम्बन्धमा अलग्ग अलग्ग व्यवस्था छ । सामान्यतः शारीरिकरूपमा सक्षम उमेर समूह नै युवा हो । बाल्यकालको समय र ज्येष्ठ नागरिकहरूले शारीरिक र मानसिकरूपमा आफ्नो परिवार, समाज र देशको लागि कममात्र योगदान गर्न सक्छन् भने युवा अवस्थामा उनीहरूले परिवार, समाज र देशको निम्ति बढी योगदान गर्नसक्छन् । त्यसैले मानिसको जीवनमा यो अवधि महत्वपूर्ण छ । यही युवा उमेरमा कसैले उच्च शिक्षा हासिल गर्दछ भने कसैले आफ्नो परिवारको निम्ति धन आर्जन गर्ने गर्छ । साथै कसैले यही उमेरमा देश र जनताको निम्ति महत्वपूर्ण योगदान गर्दछन् । यही उमेरका धेरैजसो युवाहरू धन आर्जनको लागि वैदेशिक रोजगारीमा पनि गएका छन् भने कोही उच्च शिक्षा हासिलको लागि विदेशमा अध्ययनरत छन् । नेपालको वर्तमान सन्दर्भमा भन्नुपर्दा साठी लाखभन्दा बढी नेपाली युवाहरू विश्वका एकसय दशभन्दा बढी मुलुकमा रोजगारीको सिलसिलमा विदेशमा कार्यरत छन् । यो हाम्रो लागि लज्जास्पद कुरा हो । आफ्नो परिवार, समाज र देशको लागि योगदान गर्ने उमेर समूूहका युवाहरू विदेशीहरूको निम्ति आधुनिक दासको रूपमा आफूलाई बेचिनुपर्ने बाध्यता हुनु देशको लागि लज्जास्पद र निन्दनीय कुरा हो ।
नेपालले युवाहरूलाई आफ्नै देशमा रोजगारी दिन सकेको खण्डमा निश्चय नै विदेशिने क्रमलाई न्यूनीकरण गर्न सकिन्छ र नेपाली युवाहरूको परिश्रम देशमा नै उपयोग हुन्छ । यसको लागि सरकार र सरकारमा गएका राजनैतिक पार्टीहरू अहिलेसम्म जिम्मेवार छन् । नेपाल मजदुर किसान पार्टी र यस पार्टीबाट जितेका जनप्रतिनिधिहरू यस विषयमा संवेदनशील छन् । नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा ‘युवाहरूलाई साइकल, मोटरसाइकल, मोटर, रेडियो, टीभी, फ्रीज, ग्यास हिटर, मोबाइल, कम्प्युटरको हार्डवेयर तथा सफ्टवेयर, विद्युत् जडान, पानी तान्ने पम्प आदि मर्मतको तालिम सञ्चालन गर्ने’ उल्लेख छ । सोही घोषणापत्रमा ‘युवाहरूलाई मद्यपान र धूमपानलगायत कुलतबाट बचाउन वडाको टोल टोलमा खेलकुद विकास गर्ने’ उल्लेख छ । भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र २०७४ को बुँदा नं. ३ मा ‘युवालाई विभिन्न विदेशी भाषा कक्षाहरू सञ्चालन गर्ने’ उल्लेख छ । भक्तपुर नगरपालिका र यहाँ निर्वाचित नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू यही घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन गर्न तत्पर छन् । घोषणापत्र कार्यान्वयन गर्न कतिपय अवस्थामा कानुनको आवश्यकता पर्दछ । यही आवश्यकता पूरा गर्नको लागि भक्तपुर नगरपालिकाको युवा समिति गठन तथा युवा संसद् सञ्चालन कार्यविधि, २०७५ नगर सभाबाट पारित गरेर कार्यान्वयनमा ल्याइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको चौथो नगरसभा २०७५ बाट यो कार्यविधि पारित गरिएको थियो । राष्ट्रिय युवा परिषद् ऐन २०७२, राष्ट्रिय युवा नीति २०७२ तथा युथभिजन २०२५ को मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रूपमा रहेका नेपाली युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवालक्षित उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न, युवाका मुद्दाहरूको बहस पैरवी केन्द्रको रूपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्यप्रति जिम्मेवार बनाउनको लागि भक्तपुर नगरपालिकाको हरेक वडामा स्वयंसेवकीय सङ्गठनको रूपमा युवा समिति गठन तथा युवा संसद्को नमुना अभ्यासको माध्यमबाट युवा परिचालन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको चौथो नगरसभाले यो कार्यविधि जारी गरेको छ ।
यस कार्यविधिको दफा ३ ले युवा समितिको गठनबारे व्यवस्था गरेको छ । भनपाको प्रत्येक वडामा वडाध्यक्ष वा निजले तोकेको वडा सदस्यको संरक्षकत्वमा युवा समिति गठन हुनेछ । युवा समितिमा सम्बन्धित वडाभित्रका १६ वर्षदेखि २४ वर्ष उमेर समूहका युवाहरू युवा समितिका साधारण सदस्यहरू हुनसक्नेछन् । हरेक वडामा गठन हुने वडास्तरीय युवा समिति कार्य समितिमा स्थानीय उद्यमी युवाहरूमध्येबाट एक जना, स्थानीय पुस्तकालय, टिम, वाचनालयबाट एक जना, युवा पत्रकारबाट एक जना, वडा खेलकुद समितिबाट एक जना, स्थानीय कलाकारबाट एक जना, सहकारीबाट एक जना, स्थानीय संस्थाबाट एक जना, स्थानीय विद्यार्थीबाट एकजना महिलासहित तीनजनाको सम्बन्धित वडा समितिले मनोनीत गर्नेछ । यिनीहरूको पदावधि दुई वर्षको हुनेछ । युवा समितिको काम, कर्तव्य र अधिकारबारे दफा ४ मा उल्लेख छ । जसअनुसार युवा समितिले भनपासँग समन्वय गरी युवा मैत्री कार्यक्रम निर्माण र कार्यान्वयनमा सहयोग गर्ने, भनपाको सचेतना अभियानमा सहयोग गर्ने, प्राकृतिक विपद्मा सहयोग गर्ने, राष्ट्रिय युवा परिषद्का कार्यक्रममा सहयोग गर्ने, अतिरिक्त क्रियाकलापको नेतृत्व र व्यवस्थापन गर्ने, सार्वजनिक निकायमा सूचनाको हकको कार्यान्वयन तथा सुशासन प्रवद्र्धनमा टेवा पु¥याउने, दिगो विकासको लक्ष्यलाई स्थानीयकरण गरी यसको कार्यान्वयनमा युवा परिचालन गर्ने रहेको छ ।
यस कार्यविधिको दफा ५ ले युवा संसद्को गठनको उद्देश्य सम्बन्धमा उल्लेख गरेको छ । युवाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने, युवाको सीप विकास तथा व्यक्तित्व विकासमा सहयोग पु¥याउने, नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाका बारेमा युवालाई सुसूचित गर्ने, युवामैत्री राष्ट्रिय नीति, योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिई सकारात्मक वातावरण निर्माण गर्ने, युवालाई विषयगत दक्षता हासिल गरी सो क्षेत्रको नेतृत्व र पैरवी गर्न सक्षम बनाउने, राज्यका तल्लो तह गाउँ तथा नगरलाई युवा मैत्री बनाउने तथा दिगो विकासका लक्ष्यहरूलाई आ–आफ्नो परिवेशमा स्थानीयकरण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने, युवालाई अधिकार र कर्तव्यप्रति सजग गराउँदै राष्ट्र निर्माणमा उत्प्रेरित गर्ने र राष्ट्रिय युवा नीति तथा युथभिजनमा परिलक्षित योजना र कार्यक्रमलाई साकार बनाई नेपाली युवाको विकासमा सहयोग पु¥याउने उद्देश्य युवा संसद् गठनको रहेको छ । दफा ६ ले नमुना संसद निर्माण प्रक्रिया सम्बन्धमा उल्लेख गरेको छ । भक्तपुर नगरपालिकाको सबै वडामा गठन भएका वडा युवा समितिहरूमध्ये भनपाका प्रत्येक वडाबाट न्यूनतम एक जना महिलासहित दुई दुई जनाका दरले सम्बन्धित वडा समितिले छानी पठाएका वडा समितिका सदस्यहरू रहेको नगर युवा समितिका साधारण सदस्यहरू रहनेछन् । नगर युवा समितिका सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ । युवा समिति सञ्जालका साधारण सदस्यहरूले आफूहरूमध्येबाट एघार सदस्यीय नगरस्तरीय युवाकार्य समिति गठन गर्नेछ । यस समितिका पचास प्रतिशत महिला युवा हुनुपर्नेछ । अन्य सदस्यहरू सबै नगर युवा संसद्का प्रतिनिधि हुनेछन् । थप ५ जना युवा संसद् मनोनीत गर्न सकिने प्रावधान पनि छ । युवा संसद्को बैठक सञ्चालनको समयमा पर्यवेक्षकका रूपमा स्थानीय तहका जनप्रतिनिधिहरू, सङ्घीय संसद् सदस्य, प्रदेश सभा सदस्य, नगर युवा परिषदका पदाधिकारी, कार्यालयका प्रमुख, विद्यालयका प्रअ, स्थानीय सङ्घ संस्थाका प्रमुख, युवा संसद्का अभिभावकहरू रहनेछन् । यस कार्यविधिबमोजिम सबै वडाहरूमा वडास्तरीय युवा समितिहरू गठन नभएको अवस्थामा पनि युवा संसद्को नमुना अभ्यास वडास्तरीय युवा समितिहरू आंशिक वा पूर्णरुपमा गठन भएका भनपाबाट मात्र प्रतिनिधि हुने गरी सञ्चालन गर्न बाधा पर्नेछैन । यस कार्यविधिको दफा ९ अनुसार भक्तपुर नगरपालिकाको युवा संसद्का प्रतिनिधिहरूका बीचमा संसदीय अभ्यास प्रत्येक वर्ष चार दिवसीय कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ । उक्त चार दिनमध्ये सुरूका तीन दिन युवा प्रतिनिधिहरूलाई प्रशिक्षण र अभ्यास गराइनेछ भन्ने अन्तिम दिन नमुना युवा संसद्को औपचारिक प्रस्तुति हुनेछ । दफा १० ले युवा संसद्मा छलफलका आधारमा राष्ट्रिय युवा नीति, २०७२, युथभिजन २०२५ तथा दसवर्षे रणनीतिक योजना नेपाल सरकार तथा भक्तपुर नगरपालिकाको युवासम्बन्धी वार्षिक नीति तथा कार्यक्रम र बजेट एवं सोको कार्यान्वयनका लागि चालिएका प्रयत्नहरू तथा अन्य समसामयिक विकाससम्बन्धी विषयहरूमाथि केन्द्रित रहेर सञ्चालन हुने व्यवस्था छ ।
यस कार्यविधिले भक्तपुर नगरका युवाहरूलाई सक्षम नेतृत्वकर्ता, कुशल र सक्षम नेता तथा राजनीतिज्ञ, भविष्यका होनहार युवा, अनुभवी नेता बनाउन मद्दत गर्दछ । साथै भक्तपुर नगरपालिकाको नीतिनियम तथा बजेटलाई कार्यान्वयन गर्न पनि सक्षम युवाहरू तयार गर्न यस कार्यविधिले सघाउ पु¥याउँछ । विदेशिने युवाहरूलाई स्वदेशमा नै अवसरहरू उपलब्ध गराउन, देशमा सक्षम सबै किसिमका मानव श्रमको विकास गर्न पनि यस कार्यविधिले सहयोग गर्दछ । स्थानीय स्रोत र साधन प्रयोग गरी देशमै सक्षम युवा पङ्क्ति तयार गर्न यस कार्यविधिले निकै सघाउ पु¥याउन मद्दत गर्दछ ।
Leave a Reply