नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ भनिन्छ । तर, म ‘कुरा सुन्नु अनुभवीको’ भन्न रुचाउँछु । ‘सेवा निवृत्त शिक्षक समाज’ भक्तपुरद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ स्मारिका २०७७ कार्तिक अङ्क अध्ययन गरेर भक्तपुरमा ‘शिक्षामा परिवर्तन’ बारे थाहा पाएँ । स्मारिकामा विभिन्न विषयमा लेख, रचना, अनुभव र कविता प्रकाशित गरिएको छ । सेवा निवृत्त भनेको बुढा भनेको होइन, यो त कानुनीरूपले उमेर हदको कारण सेवाबाट अनिवार्य अवकाश पाउनु हो । त्यसकारण सेवा निवृत्त हुनुको अर्थ निष्कृय बस्नु होइन । अझ जोश र जाँगरका साथ आफ्नो अनुभवको प्रयोग गर्न अघि बढ्नुपर्छ, रोकिनु उपयुक्त होइन । नवशिक्षक–शिक्षिकाहरूलाई मार्ग निर्देशन गर्नुपर्दछ । यस स्मारिकामा प्रकाशित अनुभव पढ्दा मलाई लाग्छ, भक्तपुरमा शिक्षाको क्रान्ति ल्याउन हाम्रा गुरुबा र गुरुआमाहरूले विभिन्नखाले दुःख खेपेका छन् । विद्यार्थी भाइबहिनीसँग बढी शुल्क लिएर यो विद्यालय भवन बनाएको हो भन्नेहरूले यो स्मारिका पढेमा थाहा हुन्छ शिक्षामा क्रान्ति ल्याउन कति दुःख झेल्नुप¥यो भन्ने कुरा । स्मारिकामा प्रकाशित अनुभवका लेखहरू शिक्षकहरूको हातमामात्र होइन, प्रत्येक विद्यार्थीका हात–हातमा पु¥याउनु पर्दछ र पढ्न लगाउनुपर्दछ । अनिमात्र हाम्रा निवृत्त गुरुबा र गुरुआमाहरूले भक्तपुरमा शिक्षाको क्रान्ति ल्याउन खेलेको भूमिकाबारे धेरैले थाहा पाउनेछन् ।
यस स्मारिकामा निवृत्त शिक्षक ज्ञानसागर प्रजापतिले लेख्नुभएको ‘मेरो शिक्षण अनुभव’ पढ्दा अहिलेको वागीश्वरी मावि र कलेज त्यतिकै यो ठाउँमा पुग्न सफल भएको रहेनछ भन्ने थाहा हुन्छ । कृषिप्रधान देशको कृषि विशेषज्ञ हुने सपना बोकेका एक जुझारु युवक आफ्नो घर परिवारको आर्थिक अभावले कसरी शिक्षण पेशामा लाग्नुप¥यो ? ४० वर्षमा तीनपटक अस्थायी र तीनपटक स्थायी जागिर खानुपरेको उहाँको परिस्थितिबाट थाहा हुन्छ कि समय र परिस्थिति हेरी मासिनले जनताको सेवा गर्नुपर्दो रहेछ । शिक्षकहरूको हितको लागि शिक्षक आन्दोलनमा भाग लिनुका साथसाथै नेमकिपाको निर्देशनअनुसार उहाँले शिक्षण पेशाबाट राजीनामा दिनुभई २०३९ सालमा वडा अध्यक्ष भएर जनताको सेवा गर्नुभयो । २०५२ सालबाट अस्थायी र २०६३ सालमा मा.वि. स्थायी शिक्षक भएदेखि वागीश्वरी स्कूलमा रहेर उहाँले विभिन्न किसिमका सुख र दुःख झेल्नु परेका अनुभव लेख्नुभएको छ । ‘फल दिने रुखले नै झटारो खानुपर्छ’ भनेझँै उहाँले केही अभिभावक र विद्यार्थीहरूबाट गाली, गलौज र धम्की खेप्नु परेको रहेछ । एक शिक्षकको नाताले आमा बुबाबाट तह लगाउन नसकेका र छोराछोरीलाई कसरी अनुशासित र जेहेनदार बनाउन सकिन्छ भन्ने कुरा प्रजापतिले आफ्नो अनुभवमा लेख्नुभएको छ । उहाँको अनुभवबाट एक सफल शिक्षक कसरी बन्ने र परेको बेला देश र जनताको सेवा कसरी गर्ने भन्ने शिक्षा लिन सकिन्छ ।
निवृत्त शिक्षक न्हुछेभक्त कवांले लेख्नुभएको ‘आदर्श आजादको कथा’ पनि पठनीय छ । किसान र तल्लो वर्गलाई शिक्षित गर्ने नेमकिपाको नीतिअनुरुप २०१६ सालमा स्थापित उक्त विद्यालय तल्लो वर्गलाई लक्षित गरी पोडे टोलकै कुमारीको पाटीबाट सुरु गरिएको रहेछ । त्यसबेला जातपात र छुवाछुतकोे भेदभाव भएको बेलामा त्यसरी तल्लो वर्गको टोलमै गएर विद्यालय स्थापना गर्नु ठूलो चुनौती थियो होला । त्यसबेला तल्लो वर्गका सन्तानलाई विद्यालयमा भर्ना गराउन विभिन्न किसिमको समस्या झेल्नु परेको र कक्षा आठमा पढ्दै गरेका अकिलबहादुर शाहीलाई अध्यापन गराउन ल्याएपछि मात्र विद्यार्थी सङ्ख्या बढेको अनुभव उहाँ लेख्नुहुन्छ । उहाँले पनि विभिन्न शिक्षक आन्दोलनमा लागेको, शिक्षण पेशा छोडेर कृषि व्यवसायमा लागेको र फेरि शिक्षण पेशामा लागेको उल्लेख गर्नुभएको छ । उहाँहरूको मेहनतले तल्लो वर्गका सन्तानहरूलाई भर्ना गराउन सफल भएको र विद्यालय राम्ररी सञ्चालन गर्न सफल भएको अनुभव छ । विद्यालय पाटीमा र कार्यालय महिनाको बीस रुपैयाँ भाडा तिरेर सञ्चालित थियो । तर, बीस रुपैयाँबाट एकैचोटी ६ सय रुपैयाँ भाडा वृद्धि गरेपछि आफ्नै कार्यालय बनाउन इँटा बोक्न अकिलबहादुर र लेखकबीच बाजी नै लगाएर आदर्शदेखि इँटा बोकेको अनुभव पढ्दा रोचक लाग्छ । अहिलेको विद्यालय रहेको स्थानमा विद्यालय बनाउँदा छरछिमेकले सरापेको, कसैकसैले नागको बासस्थान भनेर दुःख दिएको अनुभव उहाँले लेख्नुभएको छ । उहाँको अनुभवबाट के बुझिन्छ भने शिक्षामा परिर्वतन ल्याउन मजदुर, किसान र तल्लो वर्ग नै उठ्नुपर्छ ।
निवृत्त प्राचार्य उद्धव सुजखुको शैक्षिक यात्रा र मेरो शिक्षण अनुभव–४ मा आदर्श मा. वि ठिमीमा भएको चलेको द्वन्द्वले विघटनतिर गएको स्कूललाई द्वन्द्व समाधान गरी सुचारुरूपले सञ्चालन गर्न खेलेको भूमिका शिक्षाप्रद नै छ । त्यस्तै सेवा निवृत शिक्षक विश्वराम कवांले विदेश पलायन भएका युवायुतीहरूले विदेशमा भोग्नुपर्ने विभिन्न किसिमका दुःखबारे विस्तृतरूपमा लेख्नुभएको छ । अहिले युवाहरूको बढ्दो मोटरसाइकल दुर्घटनालाई लक्षित गरी निवृत्त ट्राफिक प्रहरी सीताराम हाछेँथुद्वारा लिखित ‘मोटरसाइकल चालकले यी कुरामा ध्यान दिऔँ’ लेख महत्वपूर्ण छ । यस लेखमा हरेक चालकले ध्यान दिनुपर्ने कुरा साधारण मानिसले समेत बुझ्ने गरी प्रस्तुत गरिएको छ । त्यस्तै अन्य लेख, अनुभव र कविताहरू त्यति नै रोचक र शिक्षाप्रद छ ।
निवृत्त शिक्षक समाजबाट प्रकाशित स्मारिका भएकोले राम्ररी सम्पादन गरी यसमा भएका भाषागत तथा व्याकरणगत त्रुटी सुुधार्नुपर्ने देखिन्छ । कतिपय निवृत्त शिक्षक, शिक्षिकाले आफ्ना अनुभव लेख्न नसक्ने अवस्थामा हुनुहोला । तिनीहरूसँग अन्तर्वार्ता लिएर अनुभव प्रकाशित गरेमा धेरै तथ्य उजागर हुन्थ्यो होला । यो स्मारिका शिक्षक–शिक्षिकाको हातमा मात्र होइन हरेक विद्यार्थीको हातहातमा पु¥याउनु सान्दर्भिक छ । ज्ञान–विज्ञानको केन्द्र बनाउने लक्ष्य तब सार्थक होला !
Leave a Reply