के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
देशभर जाडो बढेको छ । जाडोको कारण सिरहामा चार जना मानिसको निधन भएको छ । विगत वर्षहरूमा पनि जाडोको कारण विशेषतः तराईका जिल्लामा मानिसहरूको निधन भएको समाचार आउनेगथ्र्यो । जाडोको कारण मर्ने गरिब जनता नै हुन् । मुस्किलले उभिएका घरमा बस्ने विपन्न जनता नै जाडोमा न्यानो नपाएर मृत्युवरण गर्न बाध्य हुन्छन् । नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको हो । कोही पनि मानिसले जाडोकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले आवश्यक बन्दोबस्त गर्नुपर्छ ।
देशमा यतिबेला तीन तहका सरकार छन् । नागरिकलाई जाडोबाट जोगाउन तीनै तहका सरकारको जिम्मेवारी हो । तराईमा लामो समय चल्ने शीतलहरमा गरिब जनताको निम्ति उचित व्यवस्था हुन नसके अझ धेरै मानिसको ज्यान जोखिममा पर्नसक्छ । काठमाडौँ उपत्यकाभित्र पनि धेरै भूकम्प पीडितहरू अझै पनि टहरामा बसिरहेका छन् । जस्ताले बनाइएका टहरामा चिसोले विशेषतः ज्येष्ठ नागरिक र बालबालिकाहरूले थप समस्या भोग्न परिरहेको छ । त्यसकारण सरकारले गरिब जनतालाई न्यानो हुने कपडा, सिरक डस्ना, दाउरा, न्यानो खाद्य पदार्थको बन्दोबस्त गर्नुपर्छ ।
वर्षामा बाढी–पहिरो, हिउँदमा जाडो र शीतलहर हुनु प्राकृतिक नियम हो । त्यसकारण राज्यले बाढी पहिरो गइसकेपछि, जाडोले मान्छेको अनाहक ज्यान गइसकेपछि मात्र राहत र सहायता गर्ने तयारी गर्नु ठीक होइन । सरकारले यस्ता नियमितरूपमा हुने गरेको प्राकृतिक चक्रको निम्ति आवश्यक पूर्वतयारी गर्नुपर्छ । समस्याले अत्याएपछि मात्र सरकारी प्रक्रिया थाल्दा जनता पीडित हुने गरेका छन् ।
कोभिडको कारण सहरी क्षेत्रमा बस्ने ज्येष्ठ नागरिकहरूको जीवन थप कष्टकर बनेको छ । सम्भावित सङ्क्रमणको कारण उनीहरू महिनौँ महिनादेखि घरबाहिर निस्केका छैनन् । अघि घाम ताप्न टोल–छिमेक र खुला चोकमा जम्मा हुने ज्येष्ठ नागरिकहरूलाई अहिले त्यसरी बाहिर बस्न पनि समस्या भएको छ । कौसी भएका घरमा ज्येष्ठ नागरिकले कौसीमै घाम ताप्न सक्छन् । तर, साँघुरो घर र टहरामा बस्ने ज्येष्ठ नागरिकलाई त्यस्तो सुविधा पनि सम्भव छैन । कतिपय ज्येष्ठ नागरिकहरू बाहिर चोक र खुला स्थानमा आएर घाम ताप्दै गरेको देखिन्छ । घाम ताप्नु स्वास्थ्यको लागि लाभदायक हो । तर, यसरी घाम ताप्दै गरेका ज्येष्ठ नागरिकलाई पनि आपसी दुरी कायम गर्न लगाउने, मास्क र अन्य सावधानीका उपाय अवलम्बन गर्न ध्यान दिन जरूरी छ ।
जाडोमा शरीरलाई कसरी न्यानो बनाउन सकिन्छ भन्ने विषयमा प्रचारमाध्यमहरूले प्रचार प्रसार गर्न जरूरी छ । हाम्रै वरपर पाइने के कस्ता खाद्य पदार्थ सेवन गर्दा जाडोबाट जोगिन सकिन्छ भन्नेबारे सार्वजनिक सूचनाहरू जारी गरिनुपर्छ । साथै त्यस्ता खाद्य पदार्थ बजारमा सहजै सस्तोमा उपलब्ध गराउने विषयमा राज्यले जिम्मेवारी बोक्नुपर्छ ।
जाडोयाममा कोठा न्यानो बनाउने नाममा मक्कल वा हिटलर बालेर झ्याल ढोका बन्द गरेर सुत्दा अकालमा ज्यान गुमाउने गरेको घटना पनि बरोबर सुनिन्छ । त्यस्तै आगो ताप्ने क्रममा आगलागी भएर धनजनको क्षति भएका घटना पनि सुनिन्छ । यस्ता दुर्घटनाबाट जोगिन सजग हुन जरूरी छ । प्रचारमाध्यमहरूलाई त्यस्ता प्रचारमार्फत जनचेतना र सजगता बढाउन सकिन्छ ।
Leave a Reply