भर्खरै :

धर्ती पुत्र रोए देशै रुन्छ

केही वर्षअघिको कुरा हो, छिमेकी मुलुक चीनको एउटा चमेना गृहमा चिनियाँ साथीहरूसँग बेलुकी ६ः३० तिर खाना खाँदै थियौँ । दुईवटा गाडीबाट सामान्य लवाइमा झरेका केही चिनियाँहरूलाई पनि अन्य पाहुनाहरूलाई जस्तै चमेना गृहको मूल ढोकामा स्वागतार्थ उभिरहेकी दुई युवतीले मीठो मुस्कानसहित भित्र गई पाहुनाको आतिथ्य स्वीकार गर्न आग्रह गरिन् । कलेजको अध्यापनसँग प्रत्यक्ष सरोकार भएबाट हामी सबैजना औपचारिक पोशाकमा थियौँ । खानाका थुप्रै परिकारको स्वाद चाख्दै मदिराको चुस्की तान्दै, चुरोटको धुवाँले मानव निर्मित कालो बादल बनाउँदै आफ्नै घरमा भोज मनाएजस्तै निष्फिक्री भएर आ–आफ्ना केटाकेटी र जहान परिवारसँग मनमोजी तरिकाले तिनीहरू गफ चुट्दै थिए । त्यो एक प्रकारकोे ध्वनि प्रदूषणजस्तै थियो तर पनि ठूलो क्षेत्रफल भएको उक्त डाइनिङ हलमा अन्य धेरै पाहुनाहरूलाई अप्ठेरो हुने कुरामा तिनीहरूको खासै चासो थिएन । त्यस्ता प्रकारको परिवारजनको जमघटमा हुने सामूहिक आमोदप्रमोदका अवस्थामा सिर्जिने Heavy metal को वाक्कलाग्दो धुनजस्तै उक्त हल्लालाई चिनियाँहरूले अन्यथा नलिने परम्परा मलाई अचम्म लाग्यो ।
छालाको रङ र व्यक्तिले लगाएको पोशाकको आधारमा मान्छेको मूल्याड्ढन गर्ने समुदायमा हुर्किएको कारण त्यसको धेरैथोरै प्रभाव ममा पनि थियो । समूहमा बसी डाइनिङ्ग टेबुलमा छरिएका विविध परिकारसँग आनन्द लिइरहेका ती चिनियाँ नागरिकहरूको बारे मेरो कौतूहल बुझेरै एक मित्रले तिनीहरूका बारे गरेको सविस्तार वर्णनबाट मैले बुझेअनुसार तिनीहरू यहाँका रैथाने किसानहरू हुन् । दिनभरि चिनियाँ सरकारले प्रदान गरेको खेतमा मेहनत गर्छन्, अनि ती धर्ती पुत्रहरू आफ्ना परिवारजनसँग दिनभरिको थकाइ मार्दै राति रमाउँछन् । हामीले सर्पको मासु र गंगटोजस्तो महँगो खानेकुरा खाएनौँ । आर्थिकरूपमा धेरै प्रवल भएकै कारण तिनीहरूले मगाएका खानाका परिकारहरू महँगा छन् । खेतैसम्म राम्रो सडकको सञ्जाल छ, हामीकहाँ जस्तो बिना कुनै लगानी र परिश्रमले धनाढ्य बन्ने कृषि बिचौलिया छैनन्, अनि किसान ठगिने कुरै भएन । हामीकहाँ कृषिजन्य वस्तुको मूल्य बिचौलियाले जथाभावी निर्धारण गर्छन् । धार्नीको ८० रुपियाँ पर्ने आलु एकैचोटि २२० पुग्छ । चिनियाँ बजारमा जनताउपर त्यस्तो अत्याचार अहिलेसम्म छैन । सरकारबाट बजार अनुगमन राम्ररी हुन्छ । किसानले नियमानुसार सरकारलाई अनिवार्य कर तिर्नुपर्छ, रगत पसिना र आफ्नो मेहनतले उब्जेको फल सबै आफ्नो हुन्छ । कहिलेकाहीँ बाली बिग्रियो भने कर मिनाहा हुन्छ र कृषि विज्ञहरू माटो र हावापानी सुहाउँदो बाली लगाउन सुझाउ दिन्छन् । किनभने, तिनीहरूलाई राम्ररी थाहा छ– कृषिप्रधान देशमा किसान कमजोर हुनु र थला पर्नु भनेको देश नै भोकले ग्रस्त हुनु हो । यस्तो छ, समाजवादी छिमेकी मुलुक चीनका किसानहरूको सुखद अवस्था । दङ्गाफसादबीच बेलाबखत हुने निर्वाचनको आधारमा प्रजातन्त्रको गजबको नमुना भनिने अर्को छिमेकी मुलुक भारतमा भइरहेको तीन सातादेखिको किसान आन्दोलन र त्यसलाई निर्ममतापूर्वक दबाउन मोदी सरकारले गर्दै आएको हर्कतबारे पाठकहरूलाई जानकारी नै छ ।
तर, प्रजातन्त्रवादी भन्ने नेपाली काङ्ग्रेस होस् या कम्युनिस्टहरूको भनिने नेकपा सरकार या त्यसभित्र मन्त्री बनेर जनतालाई झुक्याइरहने मधेसी नेताहरू होस् यी कसैले पनि देश र गरिब जनताको हितमा केही नगरेको सत्य पीडित मधेसी उखु किसानको राजधानीमा हाल भइरहेको न्यायिक आन्दोलनले पुष्टि गर्छ । वास्तविक नेपाली नागरिकभन्दा निकै अधिक भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिन सफल भए पनि यहीँ विषयलाई निहँु बनाएर आन्दोलनको धम्की दिइरहने मधेसवादी राजनीतिक दलहरू विगत सात वर्षदेखि आफ्नो रगत पसिनाले उत्पादन गरेको उखु सम्बन्धित चिनी मिलहरूले खरिद गरिसक्दा पनि भुक्तानी नपाएर मारमा परिरहेका पीडित किसानहरूको बिलौना ती मधेसी नेताहरूको कानमा परेको छैन ।

माटोसँग खेलेर, आफ्नै मेहनत र पसिनाले जमिनलाई उर्वरा बनाएर विभिन्न प्रकारका कृषिजन्य वस्तुलगायत अन्न उब्जनी गरी बाँकी वर्गलाई आफ्नो जीवनयापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्गमात्र धर्ती पुत्र हुन् वा किसान हुन् । आफ्ना पुर्खाले जस्तै माटो र हिलोसँग मित्तेरी लगाउँदै अन्न उब्जनी गर्ने पवित्र कार्य गर्न अल्छी मान्ने, कुटो–कोदालो कुन वस्तुको नाउँ हो थाहै नहुने कसैलाई पनि जात र थरको आधारमा अब धर्ती पुत्र वा किसान, कृषक अथवा ज्यापुजस्तो सग्लो नामले पुकार्न नमिल्ने जिकिर धेरै क्षेत्रबाट आइसकेको छ । किनभने, कृषिकर्म नै नगरी भूमि बेचबिखन गरी अन्य व्यवसाय गर्नेहरूलाई व्यापारी भनिन्छ ।

त्यसैका लागि गरिब किसानहरू राजधानीको माइतीघर मण्डलामा कठाङ्ग्रिने जाडोको परवाह नगरी भोकभोकै सङ्घर्षरत छन् । मधेसी जनताका नेता र पार्टी नाउँका व्यक्ति र सङ्गठन अहिले कुुन दुलोमा लुकिबसेका छन्, कसैलाई थाहै छैन । यस्तै खुराफाती र छली नेताहरूले यो स्पेनिस उखान ‘The butterfly often forgets it was a caterpillar’  को अर्थ नबुझेका होला र ? ती गरिब किसानहरूले उत्पादन गरेको उखुबाट उत्पादित चिनी बिक्री गरेर करोडौँ आम्दानी गरिसकेका चिनी मिलका मालिकहरूले ती मधेसवादी राजनीतिक दल, नेकपा र काङ्ग्रेस पार्टीहरूलाई दिने गरेका आर्थिक चन्दा र दान–दक्षिणाका कारण तिनीहरूका मुखमा बुझो लागेको छ ।
साँचो बोल्न तिनीहरू असमर्थ छन् किनभने तिनीहरूले हरबखत धनाढ्यहरूकै लागि काम गर्छन् र गरिब मजदुर–किसानलाई यसरी नै छक्याइरहन्छन् । यदि यसो नहँुदो हो त उखु किसानहरूले आफ्नो पसिनाको सही मूल्यका लागि सरकार र मिल मालिकहरूबीच भएको सम्झौताको घरिघरि उल्लङ्घन हुने थिएन र तराईदेखि काठमाडौँसम्म आएर चिनी मिलले खरिद गरिसकेको आफ्नो कृषिजन्य वस्तुकोे सही मूल्य प्राप्त गर्न राजधानीसम्म आएर सङ्घर्ष गर्नुपर्ने थिएन । सात वर्षदेखिको बक्यौता रकमको ब्याज हिसाब गर्दा करोडौँ भइसकेको छ ।
नेपाली खुद्रा व्यापारीहरू भन्छन्, “भारतबाट आयात हुने चिनीभन्दा नेपालमा उत्पादित चिनीको गुणस्तर उच्च छ । चिनी जति धेरै सफा र सेतो देखिन्छ त्यति धेरै गुलियोपन कम हुन्छ । यही कारणले गर्दा नेपाली चिनीको तुलनामा भारतीय चिनी एउटै प्रयोजनको लागि बढी प्रयोग गर्नुपर्ने हुन्छ । एक महिनामा नेपालमा उत्पादित चिनी एक किलो पर्याप्त हुन्छ भने भारतबाट आयातीत चिनी डेढ किल्लो चाहिने हुन्छ । अहिले नेपाली बजारमा भारतीय चिनीको एकछत्र कब्जा छ । हरेक वर्ष बिक्री भइसक्दा पनि आफ्नो उत्पादनको सही मूल्य पाउन महाभारत झेल्नु सा¥है कष्टकर भएकै कारण धेरै किसानहरू अब तराईमा उखुखेती नगर्ने भइसकेका छन् । भारतका ठूला चिनी व्यापारीबाट कमिसन प्राप्त गर्ने मधेसी र नेकपाका नेताहरूले खोजेकै यही हो । नेपालमा उखु उत्पादन नभएपछि चिनी कारखाना स्वतः बन्द हुन्छ । अनि, स्वाभाविकरूपले भारतबाट आयात गरिने चिनीले हरेक नेपालीको घरआगन कब्जा गर्छ । सम्भवतः जनताले अब आफूहरूलाई धोका दिने नेता र सरकारको गुलियो पोतेको उधारो आश्वासनमा विश्वास गर्नुभएन । यो वास्तविकता आज मधेसका गरिब किसानले बुझेको हुनुपर्छ अन्यथा अर्काे चुनावमा फेरि पनि ती ठग नेताहरू नै चुनिएर आउँछन् भने यो दुःखदायी नियति आउँदा दिनहरूमा हामी जनताले भोग्नुपर्ने निश्चित छ ।
माटोसँग खेलेर, आफ्नै मेहनत र पसिनाले जमिनलाई उर्वरा बनाएर विभिन्न प्रकारका कृषिजन्य वस्तुलगायत अन्न उब्जनी गरी बाँकी वर्गलाई आफ्नो जीवनयापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्गमात्र धर्ती पुत्र हुन् वा किसान हुन् । आफ्ना पुर्खाले जस्तै माटो र हिलोसँग मित्तेरी लगाउँदै अन्न उब्जनी गर्ने पवित्र कार्य गर्न अल्छी मान्ने, कुटो–कोदालो कुन वस्तुको नाउँ हो थाहै नहुने कसैलाई पनि जात र थरको आधारमा अब धर्ती पुत्र वा किसान, कृषक अथवा ज्यापुजस्तो सग्लो नामले पुकार्न नमिल्ने जिकिर धेरै क्षेत्रबाट आइसकेको छ । किनभने, कृषिकर्म नै नगरी भूमि बेचबिखन गरी अन्य व्यवसाय गर्नेहरूलाई व्यापारी भनिन्छ । तर, अहिले पुर्खाको सम्हाल्दै आएको सो पवित्र परम्परामा ग्रहण लागेको छ । विभिन्न व्यवसाय सञ्चालनका लागि खेतीयोग्य भूमि बेचिन्छ या वर्षाैँका लागि भाडामा दिइन्छ, माटोको उर्वराशक्ति ध्वस्त पार्छ, परिणामस्वरुप कृषि उत्पादनमा ठूलो कमी आउँछ । कृषिजन्य वस्तुका लागि आत्मनिर्भर क्षेत्र परनिर्भरमा परिणत हुन्छ । त्यस्ता धेरै क्षेत्रहरूमध्ये काठमाडौँ उपत्यका प्रथम स्थानमा आउँछ । कृषिको दिगो विकासका लागि हरित क्षेत्र ९न्चभभल दभति० घोषणा गर्नुपर्ने कृषियोग्य भूमिमा अवैज्ञानिक र बेहिसाब ढङ्गले भइरहेको वातावरण अमैत्री निर्माण कार्य र इँटा भट्टाले गरेका वातावरणीय विनास कुनै पनि मानवलगायत सम्पूर्ण जीवजगतको लागि पक्कै पनि शुभ सङ्केत होइन । माथि उल्लेख गरिएजस्तै छिमेकी मुलुक चीनमा कृषिकर्म गरेका किसानहरू परिश्रमकै कारण गाडी किन्न सक्षम छन्, परिवाजनसँग सुखमय जीवन बिताउन सक्षम छन् । जनताको सरकार भनेको यही हो । ऐश आरामकै लागि पुर्खाले सिर्जेको भूमि अथवा धर्तीलाई नै बिक्री गरी यातायातका साधन जुटाउने कार्यमा गौरव गर्नु शरमको कुरो हो, नेपालमा अहिले यसै नवपरम्पराको बिगबिगी छ । यस अर्थमा मधेसी राजनीतिक पार्टी र प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार जनताको हो भने मधेसका सही धर्ती पुत्रहरू आफ्नो बक्यौता रकम पाउन भिख माग्नेजस्तो सिंहदरबार धाउनुपर्ने थिएनन् ।
मौरिसस, जिम्बावे, अस्ट्रेलिया, ब्राजिल, ग्वाटेमाला, केन्या, भियतनाम, फिलिपाइन्स र अन्य उखुको राम्रो उब्जनी गरी चिनीको निर्यात गरी उखु छोक्राबाटै बिजुली उत्पादन गर्ने मुलुकहरूबाट हामीले पनि सिक्न सक्छौँ । क्तचबतभनष्अ भ्झिभलत ष्ल उचयमगअतष्यल mबलबनझभलत विषयमा राम्रो ज्ञान र सीप हासिल गरेका हाम्रै नेपाली विज्ञहरूसँग सरसल्लाह गर्न हालसम्म कुनै पनि सरकारले तत्परता नदेखाउनु खेदजनक छ । मधेसी उखु किसानको समस्या पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली किसानहरूको समस्या सम्झेर नेपाल मजदुर किसान पार्टीले जस्तै गरिब दीन दुःखीहरूको हित र कल्याणका लागि आवाज उठाउने प्रण लिएका सबै राजनीतिक सङ्गठनहरू उनीहरूको जायज मागको लागि ऐक्यबद्धता जनाई आवश्यक सहयोग गर्नु मानवीय कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *