विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
सपनामा महादेवले आदेश दिएको भन्दै भारतको तिलंगानामा राजमार्ग खन्ने एक जना गाउँलेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
तीस वर्षका लखन मनोज नामका फकिरलाई सोमबार खाल्डो खन्ने मेसिन सहित गिरफ्तार गरिएको हो । प्रहरीले मनोजलाई गिरफ्तार गरुञ्जेल १५ फिट गहिरो खाल्डो खनिसकिएको थियो । हैदरावाद र वारांगल जोड्ने राजमार्ग १६३ मा खाल्डो खनिएको हो ।
मनोजलाई सहयोगको अभियोगमा स्थानीय नगरपालिकाका उपप्रमुख र काँग्रेसका स्थानीय नेतालाई पनि नियन्त्रणमा लिइएको थियो । मनोजले सपनामा महादेवले खाल्डो खनिएको ठाउँमा शिव लिङ्ग भएको र त्यो निकाल्न महादेवले आदेश दिएको बयान दिएका छन् ।
जानगाउँ जिल्लाको पेनबार्थी गाउँमा यस्तो रोचक घटना भएको हो ।
भारत धर्मको नाममा पालेका अनेकन अन्धविश्वासले जकडिएको देश हो । अझै पनि करोडौं भारतीय जनता देवता र अलौकिक शक्तिमाथि विश्वास गर्ने गर्दछन् ।
गएका केही सालमा मात्र ठगी, यौन हिंसालगायतका विभिन्न अभियोगमा धेरै फकिरहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुले विशेषतः आफ्ना अशिक्षित गाउँले भक्तहरुलाई ठग्ने र झुक्याउने काम गर्ने गरेका छन् ।
‘यो गाउँका भलादमी भनाउँदाहरुले कसरी यस्तो कुरामा विश्वास गरे र बाटोमा खाल्डो खन्ने काम गरे ? हामीले उनीहरु विरुद्ध मुद्दा दायर गरिसकेका छौं । हामीले सडक तथा भवन विभागको सहयोगमा खाल्डोमा माटो पुर्नेछौं र त्यसको सोधभर्ना गाउँलेहरुबाट उठाउनेछौं’, जानगाउँ प्रहरीका सहायक कमिशनर टी भेनकान्नाले भने ।
हिन्दुस्तान टाइम्स
Leave a Reply