कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
आइतबारबाट देशको राजनीतिक सरगरमी बढेको छ । भित्र–भित्र खीर पाक्न थालेको त अलि अघिबाट नै थियो । तर, आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सत्तारुढ दल नेकपाभित्रको द्वन्द्व निर्णायक मोडमा पुगेको छ । २०७४ साउन १७ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नेताहरू आपसमा ‘मिल्न’ जति कस्सिएका थिए, आइतबारबाट नेकपाका दुवै पक्षका नेताहरू आपसमा ‘फुट्न’ को लागि उत्तिकै कस्सिएका छन् । दुई दलबीचको एकता सभामा केपी ओलीले भनेका थिए,Tआज प्रचण्डजीको गलामात्र अवरुद्ध भएको छ । पुष्पलाल जीवित हुनुभएको भए बुढो मान्छे यहाँ नाच्नुहुन्थ्यो होला ।” आइतबार र सोमबार बिहानदेखि सत्तारुढ दलभित्रका नेताहरूको चर्तिकला हेर्दा पुष्पलालले के भन्नुहुन्थ्यो होला, अनुमानकै विषय रह्यो । कम्तीमा उनलाई यिनका चालामाला देखेर लज्जाबोध पक्कै हुने थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएको तीन वर्ष पाँच महिनामा आज नेकपा औपचारिक विभाजनको घोषणा हुनमात्र बाँकी अवस्थामा पुगेको छ ।
विसं २०५९ असोज ६ गते नेपाली काङ्ग्रेस विभाजित भएर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) गठन हुँदा र २०५४ सालमा तत्कालीन एमाले विभाजित भएर माले गठन हुँदा जस्ता दृश्य देखिएका थिए, आज झन्डै दुई दशकपछि उस्तै दृश्य देखिँंदै छ । पार्टी कार्यालय कसले कब्जा गर्ने भन्ने विषयमा भएका टाउका फोडाफोडाका दृश्य पनि अबका केही दिनमा दोहोरिने सम्भावना छ । आगामी केही समय नेकपाका यी दुई खेमाका नेता–कार्यकर्ताबीच आपसमा हिलो छ्यापाछ्याप, गाली गलौज र खुट्टा तानातानका दृश्यले ‘….लाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था छ । नाममा ‘कम्युनिस्ट’ को फुर्को जोडेका हुनाले यिनका यस्ता धारे हाते झगडाले देशको कम्युनिस्ट आन्दोलनको भने बदनाम गर्ने निश्चित छ ।
काँचो धागो
विसं २०७४ को साउन १७ गते राष्ट्रिय सभाभवनको खचाखच भरिएको हलमा पार्टी एकताको घोषणा सभामा बाहेक दुई दलबीचको ‘एकता’ उपरान्त कतै देखिएन । बेला मौकामा पार्टीका दुई अध्यक्ष एकसाथ देखिएर एकताको सन्देश दिन खोजेजस्तो गरे पनि माथिदेखि तलसम्म नेता–कार्यकर्ताबीच न एकता थियो, न सहकार्य नै । जनवर्गीय सङ्गठनदेखि जिल्ला–जिल्लासम्मको विभाजित मनस्थिति बितेका तीन वर्षका धेरै घटनाक्रमले उजागर गरेकै थिए । सबै तह र क्षेत्रका दुवै दलका नेता र कार्यकर्ताको लागि ‘एकता’ को अर्थ आ–आफ्नो भागको दाबी गर्नु थियो । त्यसबाहेक नेता–कार्यकर्ताबीचको सम्बन्ध आपसमा संशयमा आधारित रह्यो । कसले कसलाई सिध्याउन सकिएला भन्ने खेलमै नेकपाका नेता–कार्यकर्ता केन्द्रित भए ।
विसं २०७४ सालको निर्वाचनमा प्राप्त जनमतलाई शिलालेखमा लेखिएको अक्षर ठानेर नेकपाका नेता–कार्यकर्ताहरूले ‘अब लामो समयसम्म नेकपाकै सत्ता कायम रहनेछ, त्यसकारण जे गर्न सकिन्छ यही मौकामा गर्नुपर्छ’ भन्ने मनस्थितिले काम गरे । भ्रष्टाचार, कमिसनखोरी, ठेक्कापट्टा, अवैध धन्दा गर्नेहरू पनि यही सोचले नेकपामा पसेर ‘कम्युनिस्ट’ को टीका थपे । नेकपाको राजनीतिक आवरणमा त्यस्ता द्रव्यपिशाचहरूले सकेजति लुटे । त्यस्तै मानिसहरूको बुइँ चढेर नेकपाका नेताहरूले आफूलाई शक्तिशाली बनाए । एकै वाक्यमा भन्दा नेकपाले नेता–कार्यकर्तालाई असल कम्युनिस्ट बनाउनेबाहेक सबै काम गरे । त्यसै कारण आफूलाई नेकपाको कार्यकर्ता भनेर हिँड्ने मानिसहरू देखेर असल र इमानदार कम्युनिस्टहरूले लाजले मुख छोप्नुपर्ने अवस्था बन्यो ।
डाँकु दलभित्र डाँकुहरू आपसमा सशङ्कित भएजस्तै नेकपाभित्रका नेता–कार्यकर्ता पनि आपसमा सशङ्कित रहिरहे । कसले कसलाई सिध्याउने होडबाजी कतिबेला सतहमा देखिए, कतिबेला भित्रभित्र चली नै रह्यो । त्यसकारण एमाले र माओवादीको तीन वर्षको ‘एकता’ काँचो धागोले बाँधिएको ‘एकता’ थियो । काँचो धागोले बाँधिएको कुनै पनि वस्तु कुनै पनि बेला टुट्नु नै थियो । अहिले टुटेको मात्र हो ।
जेटका दुई पाइलट
एमाले र माओवादी–केन्द्रबीचको एकता सभामा रसिक पारामा ओलीले भनेका थिए,Tकतिलाई लाग्ला, दुई अध्यक्ष भए, के गरेको भनेर । टेम्पु चलाएजस्तो होइन, जेटमा दुई जना पाइलट हुन्छन् ।” सभामा गडगडाहट ताली र हाँसो लामो समय गुञ्जायमान भएको थियो । नेकपामा दुई जना अध्यक्ष राख्ने व्यवस्थालाई त्यत्तिबेला पार्टीको शक्ति र एकताको आधार मानिएको थियो । तर, दुई जनामध्ये को एक नम्बर र को दुई नम्बर भन्ने विषयमा यसबीच धेरै पटक विवाद भए । सोमबारसम्म आइपुग्दा ओलीले बालुवाटारमा आफ्नो समर्थित प्रतिनिधिसभा सदस्यहरूसामु भनेछन्, त्यत्तिबेला प्रचण्डलाई चित्त बुझाउनमात्र अध्यक्ष भनिएको हो । खासमा उनी उपाध्यक्षजस्तै हुन् ।” एकता सभामा शक्ति मानिएको ‘जेटका दुई पाइलट’ यतिखेर आएर कमजोरी बनेको छ ।
ओलीले प्रचण्डलाई ‘जेटमा आफूसरहका पाइलट’ भने पनि ‘चित्त बुझाउन मात्र अध्यक्ष भनिएको, नभए उपाध्यक्ष सरह हो’ भन्ने मनस्थितिमा सुरुबाटै काम गरेको देखिन्छ । त्यसकारण उनले सरकारमा सकभर प्रचण्डलाई हिस्सेदारीबाट टाढा राख्न खोजिरहे । चालीस प्रतिशतको भाग पाएका प्रचण्डलाई यसमा चित्त नबुझ्नु र अझ लघुताभासी मनोविज्ञानले काम गर्नु पनि उत्तिकै स्वाभाविक थियो । फलतः ओलीले सरकारलाई जति प्रचण्डबाट टाढा राख्न खोजे, प्रचण्डले थप माग र अर्घेल्याइँहरू ते¥साइरहे । पूर्व–एमालेभित्रै भाग र हिस्सेदारी खोजिरहेका अन्य नेताहरू त थिए नै । प्रचण्डको भर पूर्व एमालेका ती नेताहरू बने, ओलीबाट छायाँमा पारिएका पूर्वएमाले नेताहरूको भर प्रचण्ड बने । आज त्यसैको परिणाम राष्ट्रिय राजनीतिमा देखिएको हो ।
भागशान्तिको खोजीमा लाग्दा नेताहरूले जनतालाई दिएको समृद्धि र विकासको आश्वासन नालीमा मिल्काए । समाजवादको सपना ‘ल्हासामा सुन कान मेरो बुचै’ मा सीमित बन्यो । यसबीच न नेताले सैद्धान्तिक एकताको कुरा ग¥यो न कार्यकर्ताले त्यसको आवश्यकता ठाने । आफूले खोजेको भाग पाएसम्म ‘एकता’ र ‘समझदारी’ भयो, नभएको बिन्दुबाट झैझगडा सुरु भयो ।
नेकपा जुट्दा देशको राजनीति जसरी तरङ्गित भएको थियो, अहिले फुट्दा पनि त्यसरी नै तरङ्गित भएको छ । तातो समाचार दिन व्यग्र समाचारमाध्यमलाई यतिबेला दसैँ लागेको छ । पत्रकारहरूलाई भ्याई–नभ्याई छ । सामाजिक सञ्जाल टाउको रन्किने गरी रोचक राजनीतिक समाचार र अन्तर्वार्ता भरिएका छन् । पत्रकारलाई समाचार खोज्न यतिबेला गल्ली र बस्ती चहार्नु परेको छैन । राजधानीकै विभिन्न दरबार र निवासमै समाचार लहलह झुलिरहेका छन् । तर, राजनीतिमा यस्तो अवस्थाबाट आम जनताले यतिबेला भोग्दै गरेको चिसो, कोरोनाको भय र महामारीले छोडेको कहरमा कतिको तलमाथि गर्ने हो ? माइतीघरमा उखुको भुक्तानी माग्न आएका किसानहरूका तस्वीर र समाचार आइतबारबाट नै ओझेल पर्दै गयो । तराईमा शीतलहरले मानिसहरूले ज्यान गएको खबर छायाँमा पर्दै गए । कोरोनाको कारण बन्द विद्यालय पुनः सञ्चालनका चुनौतीबारे छलफल तीलको पहाडमा तोरीको बियाँ हराएझैँ भएको छ ।
राजनीतिक नेतृत्वको बहस र विवादले जनताको जीवनमा कहाँ छुन्छ, किन छुन सकिरहेको छैन ? सत्तारुढ दल फुट्न लाग्यो, चुनावको मिति घोषणा भयो । सडकमा जुलुसहरू निस्के । तर, आम मानिसको जीवनलाई यसले कतै पनि तातो–चिसो बनाउन सकिरहेको छैन । न हर्ष न बिस्मात् । सम्भवतः चुनावअघिका केही दिनबाहेक राजनीति जनताको घरदैलोमा नपुग्दाको परिणाम हुनुपर्छ आजको परिस्थिति । बरु, कति सामाजिक सञ्जाल प्रयोगकर्ताहरू राजनीतिक नेतृत्वप्रति आक्रोश पोख्दै छन्, Tचुनावमा भोटमात्र लिन आओस् न !”
Leave a Reply