साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
सरकारमा गएका पार्टीका सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि ६० प्रतिशत कारोबारी अर्थात् शुभलाभमा संलग्न भएको तथ्याङ्क प्रकाशित भएको थियो । काठमाडौँ उपत्यका र देशका मुख्य सहरहरूमा बढेको एउटा कारोबार निजी आवास कम्पनीमार्फत जग्गा प्लटिङ हो । पूर्वको एक जिल्लाबाट सांसद बनेका सरकारमा गएका एक सदस्यले भने, “काठमाडौँ उपत्यकाको निजी आवास कम्पनीबाट सञ्चालित प्लटिङको ‘वाईसीएल मार्ग’ मा जग्गा किनेको धोका खाएँ । काठमाडौँ र मुख्य सहरहरूमा बिनाअनुमति निजी आवास कम्पनीबाट जग्गा प्लटिङ भइरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले घुस खाँदै जग्गा प्लटिङ गर्न निजी आवास कम्पनीलाई अनुमति दिइरहेको छ । परिणाम वनजङ्कलको विनास, खानेपानीको मुहान सुख्खा, पहिरो, सार्वजनिक र पर्ती जग्गा अतिक्रमण बढ्दो छ । अहिले काठमाडौँ उपत्यका र मुख्य सहरमा बनेका घरहरूमध्ये आधा पनि उपयोगमा छैन । कतिपयले घर भाँडा उठाएर खान ठाउँ–ठाउँमा घर बनाएका छन् । घर निर्माणमा खर्च गर्नु अनुत्पादक सावित भएको छ । भक्तपुरको झौखेल र बागेश्वरीमा बिनाअनुमति निजी आवास कम्पनीको नाममा जग्गा प्लटिङ भइरहेको छ । दुवाकोट, ताथली, बिडोल, सुन्तलाबारीमा हुने जग्गा प्लटिङबारे अध्ययन भइरहेको छ तर स्थलमा डोजर चलिरहेको छ ।
निजी आवास कम्पनीबाट जग्गा प्लटिङको नाममा भइरहेको डोजर सञ्चालनसँगै सार्वजनिक जग्गा, पर्ती, कुलो, खोल्सा, खोला अतिक्रमण भइरहेको छ । देशमा सरकार छैन, सबैतिर माफियाहरूमात्र भएको अनुभूत भइरहेको छ । माफियाहरू स्थानीय दलालहरूलाई प्रयोग गरी कालो रूपैयाँ सेतो बनाउन जग्गा प्लटिङमा लगानी गर्दै छन् । जग्गावालासँग रोपनीको १० लाख रूपैयाँमा खरिद भएको जग्गा निजी आवास कम्पनी वा जग्गा दलालको मुखमा आनाको १०–२० लाख रूपैयाँ हुन्छ । यस्तो गलत काममा सरकारमा गएका पार्टीका नेता, सांसद र सरकारका उच्च अधिकारीहरूको दुरूत्साहन र भागबन्डा रहेको पनि जनताको गुनासो छ ।
Leave a Reply